मानिस प्राणि मध्येकै सर्व श्रेष्ठ प्राणि भएकोले पनि होला मिठो खाने, राम्रो लाउँने र आनन्द दायक जिवन शैली कै सबैले अपेक्षा गर्छन तर समय र भाग्यले सबैलाई कहा साथ दिन्छन र? हरेकको सपना हुन्छ सुखि र खुसिमय जिवन यापन गर्ने त्यही सुखि र समृद्दी चाहार्दै चाहार्दै भौतारिन्छन युवाहरु । यसक्रममा कोहि लाग्छन सात समुन्द्र पारी कोही नजिकैको सहर तिर । तर मानिस जातैले एक लोभी प्राणी हो जसलाई कतिले पनि पुग्दैन । एक छाक टार्न नपुगेको अवस्थामा छाक मात्र टार्न पाए म सन्तुष्ट हुन्थे भन्छन छाक टार्न पाए पछि होइन शरिर ढाक्न एक टुक्रा कपडा पनि पाए हुन्थ्यो भन्छन शरिर ढाक्न पाए अहो शिर लुकाउने यसो ओत पाए हुन्थ्यो भन्छन त्यो सबै पुग्दै गए पछि बिलासिताका सामानको आवश्यकता महशुस गर्न थाल्छन त्यो पनि पुरा भए अझै राम्रो र उच्चस्तरको हुनु पर्छ भन्छन । गाउमा एउटा घर हुनेले शहरमा पनि घरको आवश्यकता देख्छन् शहरमा जोड्न पाए अझै ठुलो सहर ताक्छन् हुदा हुदा सके बिदेशै ताक्छन जहा अझै धेरै सुख सुबिधा होस यसको अर्थ हामी कतिमा पनि सन्तुष्ट हुन सक्दैनौ तर हुदै भएन भने पनि मरेका त छैनौ । सँसारमा मुस्किलले ५ प्रतिशत व्यक्ति होलान जो आफु सँग जे छ त्यसबाट पुर्ण सन्तुष्ट मानेर बसेका छन् ।
खैर केही छैन। म प्रसँगबाट बाहिरिन लागि सके खासमा म आजका युवा जो नेपालमा भएकोले नपुगेर बिदेशमा अलपत्र पर्न जान चाहनेहरुको लागी केही मैले देखेका भोगेका र जानेका कुरा सेयर गर्न लागेकी थिए । यो देश एउटा साच्चै राम्रो फुलबारी (बगैचा) हो जहा हजारौ जातका फुलहरु (युवाहरु) छन् जसले फुलबारी (देश) लाई सुसोभित र सु सज्जित बनाएका छन र यहा केहि नराम्रा फुलहरु पनि छन् जसले बगैचाको सौन्दर्यलाई नस्ट पनि गरेका छन् । आजको युगमा बिदेश जान नचाहने युवाहरु कमै मात्र होलान जो मैले भेटेकी छु । र धेरैले गएर कमाएका पनि छन् नकमाइ परदेशबाट फर्किने म जस्ता नालायकहरु पनि थुप्रै छन् जो अझै पनि मै जस्तो आफुलाई पहिचान गर्न नसकेर भौतारीदै दौडीरहेका पनि होलान्। यहा रोजगारी छैन भन्दै धेरै जसो युवाहरु विदेशिए पनि आफ्नै पहलमा नेपालमै बसेर स्वरोजगार मुलक काम गर्ने युवाहरुको पनि कमि छैन । यसरी हेर्दा यहा दुइ थरिका युवाहरु पाइन्छन् पहिलो जो बिदेशिएर आफ्ना सपना जो पुरा गर्छन र दोश्रो जो स्वदेशमै केही गरेर स्वाभिमान सँग बाचेका छन् । तर बिदेशिनेहरु पनि कोही सधैका लागि प्यारो मातृ भुमि त्याग गरेर जान्छन् कोही आफुलाई आवश्यक शिक्षा र अर्थ हासिल गर्न मात्र जान्छन् र पुन आफ्नै मातृ भुमिलाई पबित्र पार्न फर्किन्छन।
वास्तबिकता के हो बिदेश नपुगेकाहरुले सजिलै बिश्वास गर्दैनन र गर्न पनि मुस्किलै हुन्छ किन भने हामिले यहाबाट जे देख्छौ । त्यसैले भनिएको होला आखाले जति र कानले सुने जति सबै सत्य हुदैनन । तर जसले भोगेका छन् तिनले सजिलै बिस्वास पनि गर्छन् बिदेशमा कस्तो हुन्छ? हजार सपनाको गुन्टा बोकि साकार पार्न बिदेश पुगेका बिधार्थीहरु के गर्छन् त त्यहा?
मेहनत गर्छन् ।
बस् मेहेनतै नाथे त हामी जति पनि गर्न तयार छौ जहा हाम्रो सपना साकार हुन्छ र चाहाना पुरा हुन्छ भने हो यसै भन्छन आजका सबै युवा जो बैदेशिक सुख सुबिधामा लोभिएका हुन्छन ।
तर त्यति सजिलो कहा छ र? जुन हामी यहाबाट डलरको हिसाब गर्छौ त्यसले त्यहा जिवन जिउन नै पनि पुग्दैन । अरु सुख सुबिधा त बाइ वान गेट वान फ्री मात्र हो । बिदेश जाने बिधार्थीहरुलाई एक बर्षको लागी घरबाट तिरिदिएका हुन्छन र तीन महिना सम्मको लागी पकेट खर्च पनि बैकमा जम्मा गरि दिएका हुन्छन । तर त्यति रकमले तीन महिना पुग्न नि सक्छ र नपुग्न पनि किन भने सामान कस्तो किन्ने? आफु कसरी बाच्ने भन्नेमा पनि भर पर्छ । सुरुमा जुन देख्यो त्यहि राम्रो हुन्छ आफु सँग गोजि तातो हुन्जेल हामी नेपालीको बानी नराम्रो । जब त्यहा पुगेको महिना वा दुइ महिना बित्छ त्यस पछि एसियन त्यसमाथि नेपाली हुनुको पिडा महशुस हुन थाल्छ । हरेक पटक बाच्नको लागी काम खोज्न जादा रित्तै फर्काइन्छन् त्यो भन्दा पिडादायी अवस्था सायदै भोगेका हुन्छौ हामी नेपालीले । हरेक महिना काम नपाउनुको रन्कोमा घरबाट तेरो पढाइ कस्तो हुदैछ काम पाइस पाइनस र अव त पैसा पठाउन थाल है भन्न थाले पछिको मनोबैज्ञानिक उपचार सायदै पाउछन त्यहा । अझ एउटा सेमेस्टर सकिए पछि अर्को सेमेस्टरको पैसा कलेजले माग्न थालोस अनि पढाइ पनि भने जस्तो चित नबुझ्दो होस त त्यो भन्दा अर्को दशा पहिला कहिले भोगेको हुन्छ र कसैले?
आज भोली सामाजिक सञ्जाल फेसबुकमा सबैले हेर्ने गरी राखिएका राम्रा ठाउमा चिटिक्क परेको सुकिलो मुकिलो कपडा अनि सुन्दर ब्याकग्राउण्डमा खिचिएको सुन्दर फोटोको पछाडी कुरुप र पिडादायी वास्तबिकता कहा प्रदर्शन हुन्छ र अरु सामु? राम्रो कामको खोजिमा भौतारिदा भौतारिदा केही नपाए पछि बहुलाहा झै जे काम पाए पनि गर्छौ भन्ने बाध्यता आइ पर्छ आफु सामु । त्यस पछि लाग्यो कामको टुँगो जे भेटिन्छ त्यही अनि घरको यादले सताउन थाले पछि लोभ गरेर राखेको पैसाले फोन गर्यो घरबाट सोध्छन् कस्तो छ बाबु/नानी तिमीलाई ? लँका पारी जे जसरी बसे पनि कस्ले देख्छ र? फेरी मुटु माथी ढुँगा राखि भन्दियो अ यहा सबै राम्रो छ चिन्ता नमान्नु । नेपालमा आमा बुवाको पैसाले स्कुटि र मोटरसाइकलमा सररर सवार गर्नेहरुलाई ठुलठुला भाडा माझ्नु, ठुला ठुला प्लास्टिक्सको झोलामा अरुले खाएर फालिएको फोहोरको कागज डब्बा उठाउनु तथा ठुला ठुला बेडलाई ढाड दुख्ने गरी उचाली धुलै धुलो भएर भ्याकुम क्लिनर उचालन्नु भन्दा मर्नुको अवस्था कहिले आउला र? त्यसो होइन भने केयरवर्करको रुपमा अरुको सरसफाइ गरिदिनु होस त्यो भन्दा अरु कुन बेला घरको मिठो याद आउछ र जिवनमा? किन भने त्यति बेला ति धुलाबिनाका चिल्ला सडक, भौतिक सुबिधा सम्पन्न महलहरु तथा ति दृष्यमा देखिने रँगिन सँसार त केही पनि हुदैनन मानिसको सामु तर पनि बाध्यबस मैले राम्रै काम पाएको छु त भन्नै पर्छ । थुप्रै थुप्रै साथीहरु छन जो केयरको काम गर्छन केयर भनेको स्याहार सुसार । हुन त बुढापाकाको भनाइ अनुसार असक्तहरुको स्याहार सुसार गर्न पाउनु धर्म होला तर कहिल्यै काम नगरेको कलिलो हातमा ठुलाहरुले दिसा पिसाव गरेर राखिएको फोहोरको छ्यालब्याललाई हातले सफा गरिदिनु पर्दा तथा फोहोर घाउलाई मिचिमिची सफा गरिदिनु पर्दा कसको आत्मा नरोला र? बृद्द बृद्दाको लागी त के भो र तर मानसिक सन्तुलन खलबलिएका डिप्रेसनमा परेका अधबैसहरुलाई स्याहार गर्नु भन्दा गाह्रो काम के होला र? अझ त्यसरी समय बिताउनु छ तर पढाइमा पनि रिजल्ट फेल आइदिदा त्यो भन्दा दुखको समय कहिले ब्यतित गरेका छौ र हामी नेपाली ले? हो उनको पनि मन बेला बेला कुडिन्छ र रुन्छिन तर अझै पनि कसम खुवाउछिन घरमा आमालाई के काम गर्छ नभनि देउ, रिजल्ट कस्तो आयो नसुनाई देउ । नेपालमा हुदा मोटर साइकल र गिटारको साथमा चौबिसै घन्टा बिताउने अरु साथीहरु जो अचेल रात र दिन नभनी भाडा मस्काइ रहेछन् उनको पनि कथा त्यस्तै छ नेपालमा साथीहरुलाई कसैलाई नभनि देउ । हो काम भनेको ठुलो सानो हुन्न तर त्यही काम यहा नेपालमा त्यति गरे के हुन्थ्यो र ? कामको दाम त्यहा जति हुदैन त्यही होइन? होइन यहा त्यहिकाम गर्दा हामी साना भइन्छौ त्यसैले त घरमा साथीहरु सँग नभन्नु भन्छन् तर त्यसो होइन आत्माले सन्तुष्टि मान्छ भने जुन काम गरे पनि हुन्छ किन भने जिउनु ठुलो कुरा हो। पाठ सिक्नु महत्वपुर्ण कुरा हो । यि दुखद कहानी जो बिदेश जान चाहनेहरुको लागी ।
अव लागौ बिदेश गएर त्यहाको दुखबाट धेरै राम्रा कुरा सिकेर नेपाली समाजलाई सिकाउन चाहनेहरुको केही कथा । सबैले दुखै मात्र पाएका छैनन सुख पनि पाएका छन् बिदेश गएर । नेपालमै पनि थुप्रै होलान परदेश लागे पछि यहाबाट जो सपना बोकेर गएका थिए त्यसलाई सजिलै साकार पारे। ति धेरै भाग्यमानि हुन् जो जे सपना लिएर गए त्यसलाई सहजै प्राप्ति गरेर फिरेका छन् । तर त्यो भाग्य न त भगवानले बरदान दिएका हुन न त त्यो कसैको आशिर्बाद ले नै त्यो त बस उनिहरुको कडा मेहनत र परिश्रमको मिठो फल हो जसलाई पाउनका लागी धेरै समय खर्चिनुका साथ धेरै पसिना बगाएका छन् । मेरोसेरोफेरोमा भएका केही उदाहरण यहाहरुको लागी पेश गर्छु १. डा प्रत्युष वन्त : उनि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्ने करोडौ नेपाली तथा गैर नेपालीको लागी एक आदर्श ब्यक्ती हुन् जसले आफ्ना युवावस्था आफ्नै लागि खर्चेता पनि अव आउने पिढिका लागी नमुना आदर्श बनेर उभिनेछन्, आज सम्म बौदिक सर्कलमा मात्र परिचित नाम अबको बिस बर्ष पछाडी सबैले चिन्ने छन् । उनले अमेरीकाको प्रसिद्द बिश्वबिधालयबाट बिधाबारिधि गरेका छन् चाहेको भए उनले त्यतै सानदार जिवन शैलि बिताउदै बस्न पनि सक्ने थिए तर उनले त्यसो गरेनन् । मातृभुमि फर्केर धेरै पसिना बगाइ आफ्ना साथै अरुका लागी पनि काम गरेका छन् चाहेमा उनले लाखौको सवारी साधनमा सवार गर्न पनि सक्ने थिए तर उनि नेपाली माटोलाई माया गर्ने हुनाले, नेपालिपनलाई रुचाउने हुनाले, स्थानिय बस्तु लाई प्रोत्साहन दिने हुनाले होला उनी पैदल हिड्न रुचाउछन् साइकल तथा टेम्पो चढ्न रुचाउछन् । २. महाबिर पुन; म्यागासेसे पुरस्कारले सम्मानित पुन नेपालीहरुको लागी खासै नौलो नाम होइन । सरल र सरस जिवन जिउनेकला सिकाउने गुरु उनको पनि भौतिक सुबिधा सम्पन्न ठाउमा रमाउने चाहाना थिए होलान् परिवार तथा सन्तानलाई सुख सयलमा हुर्काउने सपना थिए होलान् ता पनि नेपालको बिकट अर्थात दुर्गम ठाउमा फर्केर आफु सँग भएको ज्ञानको ज्योतिले सम्पूर्ण छायामा परेका नेपालीलाई उज्यालो ल्याउनमा तल्लिन छन् । ३. भास्कर गौतम: मधेश अध्ययन अनुसन्धानमा रुचि राख्ने सबैका लागि चिरपरिचित नाम जो एक मध्यम बर्गिय परिवारमा जन्मेर सरकारी बिधालय पढेर पनि बिश्वलाई पानी पधेरा बनाउन सफल छन् । ४. अनिता थापा / आन्विका गिरी : हाललाई यी नामहरु पनि सिमित बर्गको लागि मात्र परिचित छन तर भबिष्यमा आम नेपाली महिलाहरुको रोल मोडेल भएर उभिने छ भन्नेमा मलाई बिश्वास छ । खैर यस्ता अदृष्यरुपमा चम्किरहेका नेपाली ताराहरु अरु पनि थुप्रै थुप्रै थुप्रै छन् हाम्रो समाजमा जसको सहि पहिचान हुन बाँकी नै छ ।
अब लागौ नेपाल मै बसेर आफुले देखेका सपना साकार पार्न चाहन्छन् । नेपाली युवाहरु बिदेशै मात्र जान चाहदैन केही छन् स्वदेशमै पनि केही गरेर देखाउछन् । आजभोलि दैनिक पत्र पत्रिकाहरुमा हरेक दिन एउटा एउटा जोसिलो युवाहरुको वारेमा समाचार छापिन थालेका छन् जो आफ्नै बौदिकतालाई प्रयोग गरि अहो रात्र खटेर समाजलाई उज्यालो दिन खोजि रहेका छन् उदाहरणको लागी गगन थापा, राम कुमारी झाक्री, बिनोद दास, अन्य थुप्रै थुप्रै यहा लिस्ट बनाउन नथालौ जसलाई हामी सबैले चिन्न सक्छौ । जो फुलबारीका सबसे राम्रा र सुन्दरफुलहरु हुन जसले बिदेशीने मित्रहरुले भने जस्तो अपाङ्ग नै भए पनि आमाको न्यानो मायालाई चिनेका छन् र सम्मान गर्न जान्दछन् । तर फेरी पनि उदाहरण नै दिनु पर्दा आफ्नै सेरो फेरोको केही ब्यक्तीहरु १. बिदुर सुवेदी: पुर्वि पहाडी जिल्लाहरुमा मानब अधिकारको क्षेत्रमा चिर परिचित नाम । जसले आफ्ना पढाई र करिअरलाई दाउमा राखी समाजका पिडित तथा असहायहरुलाई मानव अधिकारको शिक्षा प्रदान गर्नमा अहो रात्र खटि एउटा सँस्था जन्माएका छन् । चाहेका भए उनले काठमाण्डौलाई नै आफ्नो कर्म थलो बनाउन सक्ने थिए, अझ चाहेकाभए उनले बाहिरी देश मै अध्ययन गरि उतै बस्न पनि सक्ने थिए तर आफु जन्मेको धर्ती नै प्यारो हुनाले केही गरौ भनि लागी परि रहे आफ्नै ठाउमा। २. बिजय देवान: जो साढे दुइ दशक पनि पार नगरी राष्ट्र सेवामा अहो रात्र भोलुन्टर्ली खटिरहेका छन् । उनको बारेमा एकाध समाचार छापिए पनि अहिले उनलाई धेरैले चिनेका छैनन् तर उनि पुर्बको महाबिर हुन् भन्दा अतिउक्ति नहोला । उनी बिगत ५ बर्ष देखी वायरलेस नेटवर्क र इ बुक हरुको काम गरिरहेका छन् । ३ बिशाल श्रेष्ठ: आफ्नो उमेरले दुइ दशक भर्खर मात्र पार गरेका युवा पारखी जो बिज्ञान र गणित मुख्य बिषय लिएर इन्जिनियर बन्ने धुनमा लागेका थिए तर समयले उसलाई अलग धार र पाटोमा थन्काई दिएको छ । सञ्चारको जगत रेडियो प्राबिधिक तिर र हालै मात्र आफ्नै लगानी र शिपमा रेकर्डिङ स्टुडियो खोलेका छन् आफ्नो पौरख आफ्नै माटोमा खर्चिनका लागी । यि त केही उदाहरण मात्र हुन जो तत्कालै मेरो मनले सम्झिहाले उनिहरु भन्दा पनि महान हस्ति र पौरखीहातहरु हाम्रो गाउ समाजमा यत्र तत्र छरिएका छन् सिको गरौ उनीहरुको ।
साँच्चैनै नेपालमा पनि लगनशिलता र मेहनतका साथ कामगर्न सकियो भने पर्याप्त सुख र सुबिधा यहि नै पनि पाउन सकिन्छ । आफ्नै परिश्रम र पसिनाले भिजेका यि धर्तिले पक्कै पनि एक न एक दिन कदर गर्ने छ। आखिर सम्पतिले कस्लाई पुगेको छ र यहा? मन्त्रि जस्तो गरिमामय पदमा पुगेर पनि भ्रष्टाचार गर्न छाडेका छैनन्, हत्या अपहरण गर्न पनि छाडेका छैनन ति त खुला रुपमा आएका समाचार हुन समाचार नबनेका कैयौ छन् जो सम्पतीको लागी दौडि रहेछन् तर यहि देशमै एक छाक खान नपुग्नेहरु पनि त बाचेकै छन् नि हाम्रै जस्तो जिवन त्यसैले सबै भन्दा ठुलो कुरा आत्म सन्तुष्टि हो त्यसैले
केही गरौ स्वाभिमान सँग यहि देशमा
नबेचौ आफ्नो आत्म सम्मान परदेशमा
कठिन छ तर ब्यवहारमा लागु गरे खेर जादैन:
मानिसको सबै भन्दा ठुलो सत्रु अल्छिपना हो त्यसैले अल्छिपनाबाट टाढै बसौ ।
देखा सिखिले ठुला ठुला दुर्घटना निम्त्याउन सक्छ त्यसैले हामिले अरु घोडा चढेको देखेर धुरी चढ्नु हुन्न ।
आफ्नो घाटी नहेरी हाड निले अड्किन सक्छ त्यसर्थ घाटी हेरी हाड निल्ने बानी बसालौ ।

3 comments:
Greate article. Keep writing such kind of information on your blog.
Im really impressed by it.
Hey there, You have done an incredible job. I will certainly digg it and for my part recommend to my friends.
I am sure they will be benefited from this website.
My webpage - transfer news chelsea today
thanks a lot will hit your blog too
Howdy! This is kind of off topic but I need some advice from an established blog.
Is it very hard to set up your own blog? I'm not very techincal but I can figure things out pretty fast. I'm thinking about making my own but
I'm not sure where to start. Do you have any ideas or suggestions? Cheers
My blog ... football kit honduras
my site: kebab shop jersey
Post a Comment