Tuesday, June 19, 2012

मेरा जीवनका पाना


र्सवप्रथम नेपाली बिर गोर्खाली नारी गौरा प्रसाइलाई क्रान्तिकारी लाल अभिबादन अनि सलाम गौराको संर्घष, हिम्मत साहसलाई सलाम अझ एउटा नेपाली समाजमा हर्र्की बढेकी चेलीले कोठी सम्म पुगेर आफ्नै अस्मिता लुटाइएका जीवनका तिता भोगाईलाई पृष्ठभुमी बनाइ पाठक सामु राख्ने हिम्मतलाई झन धेरै सलाम

हामी मानब जाति सबैको व्यक्तिगत पानाहरु हुन्छन्, आफ्ना आफ्नै किस्सा अनि संग्रह फरक यत्ति हो कि कतिले जिबनका पानाहरुलाई र्सार्थक रुपमा पल्टाउछन् कतिले निर्रथक बनाई पल्टिन दिइ रहन्छन् कति को अर्थ हिन पाना आफै आफै पल्टिइ रहन्छन जीवन भोगाईका क्रममा कतिले जीउनकै लागि साहसिलो पाइला चाल्नु पर्ने हुन्छ कसैले सरल सुकोमल गलैचामै मात्र गुजारा गर्न पनि पाएका हुन्छन् यस्तै जीवनाका कथा, गाथाको संगालो हो मेरा जीवनका पाना गौरा प्रर्साईको यस उपन्यासका महिला पात्र जो आफै भएर लेखिएको वास्तवमै शाहसिली नीडर साच्चै नेपाली नारी हुन् जसले आधी हुरी, भेलबाढी चटान सँग संर्घष गरेर समाज परिवर्तनको लागि लडेकी छन् उनि साच्चै महान छिन् उनको यो संग्रह भित्रका हरेक कथाहरुले महिला भित्रको दैवि शक्तिलाई उदाँग पारेकी छन्


हरेक शिर्षका हरफहरुले जिउमा रौ ठाडो हुन्छन् विभिन्न शिर्ष भित्रका हरफहरुले भुमिगत जिवन कति कष्टकर हुदो रहेछ भन्ने कुरा र्छलग पारेको

भूमिगत थिए जोगिएर हिड्न हम्मेहम्मे थियो पेट दुखाईले सबैलाई चिन्तित बर्साई झन असुरक्षित बनाएको थियो बाहिर निस्केर औषधि गर्ने सम्भावना थिएन पुलिसबाट बच्नको लागि भकारी सबैभन्दा उचित ठाउ रोजियो घुन, पुतलि, मच्छड धान सँग सँगै बस्यौ खुटा तन्काउदा भित्तामा गिलो गिलो भेटेकि थिए अहो त्यहा भन्दा पनि अझ दह्रो भुमिगत बसेको रहेछ टाउका देखि पाइताला सम्म नै बारुलाले खनिएछ दुखाईले चिच्याउदै बाहिर निस्कदा रातको चिच्याहट टाढा सम्म सुनिएछ गाउलेहरु मेरो रुवाई सुनेर घरमा आइ पुगे त्यति बेला सम्ममा मेरो अनुहार शरिर बेलुन फुलेझै फुलेर विरुप भइ सकेकी थिए भतभति पोलेर पानीमा लडीबडी गरु जस्तो लागेको थियो

दिनहु धान काटथ्यौ, गाइबस्तुको भकारो सोहोर्ने देखि मलको भकारो पनि बोक्नु पथ्र्यौ नागाल्याण्ड छिर्दा हामी खर्च विहिन थियौ त्यहा नागाहरु सित अनुमति नलिइ अन्यत्र जस्तो  खुल्ला काम गर्न पाइन्नथ्यो, उनिहरुको अनुमति पाएर, दाउरा काट्यौ, ढुगाँ बोक्यौ, तर रात बस्ने ठाउ थिएन जँगलमै सुत्यौ नागाहरु साह्रै रुखा थिए, हामीलाई सीधै राडको सेफा भनेर बोलाउथ्यो अझ तिनीहरु भन्दा पनि नेपालीको ब्यवहार कडा थियो यस्तो लाग्थो विदेशमा पसे पछि बाघभालु भेटिए पनि आफ्नो जात नभेटियोस

नागाल्याण्डको बसाइ सुखद भएन ओढ्ने ओछयाउने थिएन भातको साटो गिटठा भ्याकुर बनतरुल खान्थैा दिनभर कमाएको पैसाले भने जति चना पिठो पनि आउन्नथ्यो


पानाहरु सँगै कहानीमा लिन हुदा मानिस भित्रको अत्याचार कति सम्म हुदो रहेछ भन्ने कुरा राम्रो सँग बुझ्न सकिन्छ पुलिसको ज्यादति, पुरुषजातिको ज्यादति अझ अराष्ट्रिय तत्व हुदाको पिडाहरुलाई मुनिको हरफहरुले स्पष्ट देखाएको

उपचारको लागि बगांलि डाक्टरकोमा पुगियो, त्यहा घरवालीले नोकरनी बनाई, भए नभएका काम लगाउथी, अरुकाम संगै खोर्सनको धुलो पिस्न लगाउथी, खोर्सर् पिस्न नसक्दा लात्ताले हानेर त्यहि धुलो खोर्सर्मा पानी फिटेर अनुहारमा छ्याप्थि

मैले आफ्ना साथीहरुको बारेमा नभने पछि लात्तिले हाने, बेल्टले हाने, बुटले किचे, पाइतालामा केले ड्याम्म हानेका थिए तोरीको फुल देखे ।मुख च्यापच्यापती सुकेको थियो, आखा चिम्लेरै बर्बराए, पानी पानी यो रन्डिलाई मुखमा गएर मुती दे, पानी खाने रे मेरा खुटाले टेकिन थाले, बुटले किल्चदा रडले हान्दा पनि थाहा पाउन छाडे, कोठा भित्रै र्सपले झै घस्रिएर हिड्न थाले
साँझ परेपछि मलाई पहिलेकै ठाउमा ल्याएर फकिदिए रातभरि रोएरै विताए क्रान्ति कति महगो हुदो रहे, मैले त्यहि दिन थाहा पाए। भोलि पल्ट देखि फेरी उहि क्रम दोहोरियो त्यहि आलपिन, करेन्ट बुट कोर्रर्ााड डोरी आदि आदि, नक्सलपन्थि भनेको कति भयावह जन्तु थियो त्यति बेला। जाबो कुटाइ खादाखादा धुकधुकि मात्र बाँकि रहेकी केटीलाई नेल हतकडि लगाएर लडाउथे त्यहि माथी चौविसै घण्टा राइफल सोझ्याएर बस्थे 
एउटा प्रहरीले मलाई च्याप्प समातेर घिस्यायो एकछिन चर्खा घुमाएझै घुमाएर भुइमा लडायो अर्काेले चुल्ठामा समातेर घिस्यायो पल्लो कोठामा लगेर मिल्काइ दियो ऐया ऐया भन्दै थिए, एउटाले टुक्रुक्क बसेर मुख थुन्यो अरुले लात्तले मुखुण्डोलाई झै भकाभकी हाने राजनिति गर्दिन भनेर माफि माग्छेस कि मारिदिऊ भने मेरो बोल्न सक्ने अवस्था थिएन
उडुस उपिया, किरा हिड्थे झिगा मच्छड मुख भित्रै पस्न खोज्थे हाइ गर्दा पनि हत्केलाले छोप्नु पर्थ्याे तिनै उडुस उपियाका ताती हेरेर बस्थे मारेर साध्यै थिएन दिउसै ढाड माथी चढेर सैसैला खेल्थे राती कसरी सुत्नु धारो पानी साबुन देशद्रोही, अराष्टीय तत्व झापाली भनेर तड्पाई तड्पाइ मार्न वा आत्म र्समपन गराउन थुनिएकी थिए यस्तो अवस्थामा पनि शान्त भएर बस्न पाउदिन थिए कहिले डोरी हल्लाउदै आएर स्वाठ स्वाठी कुट्थे कहिले सिस्नाको मुठा भिजाउदै चुठ्थे .................................

पानाहरु पल्टदै जान्छन्, आफ्नो शरिरमा चिटचिट पशिना निकाल्छ थररर कापेर मुटु नै भकानिन्छन् यो पिडा आफैले भोगि रहेकी छु कि भन्ने पनि लाग्छ एउटी निरिह महिलालाई कसरी पुरुष भन्ने जन्तुहरुले ठाउ पाउने वित्तिकै उडुस उपियाले झै चुस्छन् भन्ने कुराहरुलाई पनि यी पंत्तिहरुले सजिलै चित्रण गरेका छन्,
           
मध्यरात भए पछि फेरी एक हुल केटाहरु आए एउटाले मेरो छेउमै आएर च्याप्पै हात समाते चिच्याउन आटेकी थिए अर्काले मुख थुन्यो तेस्रोले नमिठो गन्ध सुघायो, एकै चोटि विहान विउझिदा एउटा घरको कोठामा थिए
एकदिन दुइ जना प्रहरी मेरा कोठामा आए। आज तलाई अदातलमा लान्छौ, मेरा खुटा टेकिएनन्, घिसारेर बाहिर निकाले अलि परको घरमा छिराए, त्यहा बाह्र जना प्रहरी रहेछन्, उनीहरले मलाई जिस्काउन थाले, छेडछाड गर्न थाले मेरो लुगिं र्सट तानेर धुजा धुजा पारिदिए दुइ जना प्रहरीले हतार हतार पेन्ट खोल्न थाले
एक दिन मलाइ डाक्टरले क्लिनिकमा बोलाए, एक्लै रहेछ भित्र पश्नासाथ ढोकाको चुकुल लगायो मैले किन लगाएको भन्दा नभन्दै उसले सीधै छातीमा समात्यो, घिस्याउदै भित्र लग्यो बेडमा सुतायो

१५ वर्षो कलिलो उमेर देखि नै साँगठनिक रुपले अगाडी बढेर भुमिगत जिवन, जँगलि जीवन, नारकिय जीवन आदी सबै जिवन गुजारेर बस्दा पनि नेतृत्वमा रहेका पुरुषहरुले गरिएको दर्रि्र ब्यवहारले हाम्रो देशको राजनेताहरुको चरित्र पनि र्छलग्याएको
..................साथमा हुनुहुन्थ्यो कमरेड झलनाथ खनाल दाजु बहिनी जस्ता भएर हामी बसमा चढ्यौ भारतको गोरखपुरबाट रेल समात्यौ काठमाण्डौबाट नै अस्वस्थ थिए ज्वरो आइ रहेको थियो ख्वानख्वान खोकी रहेकी थिए चिसो पानी खान हुन्न थियो तातो खाने व्यवस्था थिएन जति पल्ट खोकि लाग्थ्यो उति पल्ट झलनाथ नाक खुम्च्याउनु हुन्थयो कति खोकेको भन्नु हुन्थ्यो उता र्फके खोक्नुस भन्नु हुन्थ्यो अभिभावक जस्तो मान्छे सँग हिड्दा पनि उपेक्षित भए पार्ट अगुवाहरु पनि यस्ता अव्यवहारिक हुन्छन भन्ने कुरा मलाई थाहा थिएन ........................................

जे होस कथा मार्मिक एउटि महिला भएर भुमिगत राजनिति गर्दाको वास्तविक इतिहासका पानाहरु र्ससर्ती पल्टाउन पाइन्छन् १२० पृष्ठको पुस्तक को पहिलो प्रकाशन २०६८ सालमा भएको यस पुस्तक भित्रका गहनतालाई हर्ेदा मूल्य पनि सस्तो रहेको १८५ मात्र यसलाई प्रकाशन गरेको साझा प्रकाशनले


8 comments:

Anonymous said...

I think that is among the so much important information for me.
And i am happy reading your article. However want to statement on few
general issues, The site taste is perfect, the articles is truly great : D.
Excellent job, cheers

my web page find dating websites

Anonymous said...

I have seen lots of useful factors on your
web page about personal computers. However, I've the impression that notebook computers are still not quite powerful more than enough to be a wise decision if you usually do things that require loads of power, for example video croping and editing. But for internet surfing, microsoft word processing, and many other popular computer functions they are just fine, provided you never mind the little screen size. Appreciate sharing your thinking.

Feel free to visit my page ... dating site dating site

Anonymous said...

Hi there! I simply would like to give a huge thumbs up for the good info you will have here on this post.
I will probably be coming back to your blog for more soon.


Look at my homepage :: http://fioridipoesia.altervista.org/

Anonymous said...

I do not even know how I ended up here, but I thought this post was good.
I do not know who you are but definitely you are going to a
famous blogger if you are not already ;) Cheers!


my webpage :: free dating sites in usa

Anonymous said...

Pretty section of content. I just stumbled upon your weblog and in accession capital to assert that I get actually enjoyed
account your blog posts. Anyway I will be subscribing to your augment and
even I achievement you access consistently rapidly.


Check out my weblog - facebook for sex

Anonymous said...

Thanks for your ideas. One thing we have noticed is always that banks in addition to financial institutions
know the dimensions and spending behavior of consumers as well
as understand that a lot of people max away their credit
cards around the holidays. They sensibly take advantage of that fact and then start floodin

Here is my web blog - fuckbook

Anonymous said...

Good � I should certainly pronounce, impressed with your web site.
I had no trouble navigating through all the tabs and related information ended up being truly easy to do to access.
I recently found what I hoped for before you know it in the least.
Reasonably unusual. Is likely to appreciate it for those who add forums or something, website theme .

a tones way for your client to communicate. Nice task.

.

Also visit my web blog fuck book

Anonymous said...

I would also love to add if you do not already have
got an insurance policy otherwise you do not belong
to any group insurance, chances are you'll well gain from seeking the aid of a health broker. Self-employed or people who have medical conditions generally seek the help of one health insurance agent. Thanks for your st.

my web blog: skype sex