पुस्तकको प्रकाशन मितिमा प्रथम संस्करण २०७१ साल चैत्र लेखिए तापनि सहरमा लाटो पहाडको चर्चा शिल्पि थिएटरमा नाटक चल्न थाले पछि मात्र हो कि भन्ने मेरो अनुमान छ । हुन त म शहरबाट अलि टाढाको सानो सहरतिर बस्ने भएरै पनि मैले किताबको बारेमा जानकारी अलि ढिला पाए हुँला । अझ यसपालाको नयाँ साल लाग्ने बित्तिकै आएको बिध्वसंकारी भुकम्पका कारण आफनो कमाइको मेसो मिलाउँदै पनि म ठिक्क थिएँ । त्यसैले पनि यो पुस्तक बारे थाहा पाइन हुँला भन्ने निश्कर्ष निकालेकी छु । जे होस् पुस्तक हात पर्यो र पढिसक्दा नलेखि रहनै सकिनँ । पुस्तक किन्नेमा पनि अर्कै कथा जोडिन आई पुग्यो ।
Showing posts with label पुस्तक कुनो. Show all posts
Showing posts with label पुस्तक कुनो. Show all posts
Friday, September 25, 2015
Tuesday, April 2, 2013
Monday, March 25, 2013
From System to structure
According to Dumont (1980), the caste system played
a main role to exist the hierarchy in a society. He claims caste divides the whole Indian
society into a larger number of hereditary groups distinguished from one
another and connected together by three characteristics:
1.
Separation on the basis of rules of the caste in matters of marriage and contact
whether direct or indirect.
2.
Interdependent of work or division of labor each group having in theory or by
tradition, a profession from which their members can depart only within certain
limits.
3. Hierarchy
which ranks the groups as relatively superior or inferior to one another.
Monday, March 18, 2013
Friday, March 15, 2013
How is society possible?
According to Simmel
(1910), human being has a prior knowledge so the nature is possible due to
human generality and thinking. So the
empirical society also possible due to the analogues with nature and it is also
the aphoristic condition. But in Kantian theory it cannot be characterized by
simple phrase. Here also exist the same rules as nature, that a society only
through the process of human consciousness. The consciousness processes
wherewith socialization. It is possible due to reciprocal determination of
individual, the reciprocal significance of the individual for the totality of
the other individuals. so it become a kind of principle which is not recognized
in the abstract, but its lie on society and expresses itself in the real
practice. This kind of structure depends up on generality, a certain degree of
individuality and its function. The
causal interdependence in a social things, behavior and practice determined social
element being and doing of every other. Thus it brings into existence other
external network of society and transformed into a teleological
interdependence. Every human has
personal attitude, egos, individual bearers because all human beings are
creature of nature and they all grown in a soil of personality which is self-
exist and self-determining. All this above subjectivity determined the life-
process at which point the peculiarity of the same becomes a necessary member
in the life of the universe. So the fundamental category gives to the
consciousness of the individuality and it distinguishes the individual as
become a social element and society is possible.
Riference:
Simmel, Georg (1910) "How is Society
Possible?" American Journal of Sociology. Vol. 16. No. 3, pp. 372-391
Thursday, January 17, 2013
Monkey maane Magar ki Bandar? How tricky and silly words touch you?
Most of the silly
words touch easily for human being because human beings are so emotional and
sensitive. Especially when the people come across with their related things or
some related topics. I came across with the same thing once. If someone ask you is monkey means Magar in
Nepali? Then what will be your answer?
Tuesday, June 19, 2012
मेरा जीवनका पाना
र्सवप्रथम नेपाली
बिर गोर्खाली नारी
गौरा प्रसाइलाई क्रान्तिकारी लाल अभिबादन अनि सलाम । गौराको संर्घष, हिम्मत र साहसलाई सलाम अझ एउटा नेपाली समाजमा हर्र्की बढेकी चेलीले कोठी सम्म पुगेर आफ्नै अस्मिता लुटाइएका जीवनका
तिता भोगाईलाई पृष्ठभुमी बनाइ पाठक सामु राख्ने हिम्मतलाई झन धेरै सलाम ।
हामी मानब जाति सबैको व्यक्तिगत पानाहरु
हुन्छन्, आफ्ना आफ्नै किस्सा अनि संग्रह । फरक यत्ति हो कि कतिले जिबनका पानाहरुलाई र्सार्थक रुपमा पल्टाउछन् कतिले
निर्रथक बनाई पल्टिन दिइ रहन्छन् त कति को अर्थ हिन पाना आफै आफै पल्टिइ रहन्छन । जीवन भोगाईका क्रममा कतिले जीउनकै लागि साहसिलो पाइला चाल्नु पर्ने हुन्छ त कसैले सरल सुकोमल गलैचामै मात्र गुजारा गर्न पनि पाएका हुन्छन् । यस्तै जीवनाका कथा, गाथाको संगालो हो मेरा जीवनका पाना । गौरा प्रर्साईको यस उपन्यासका महिला पात्र जो आफै भएर लेखिएको छ वास्तवमै शाहसिली र नीडर साच्चै नेपाली नारी हुन् जसले आधी हुरी, भेलबाढी चटान सँग संर्घष गरेर समाज परिवर्तनको लागि
लडेकी छन् । उनि साच्चै महान छिन् उनको यो संग्रह भित्रका हरेक कथाहरुले महिला भित्रको दैवि शक्तिलाई उदाँग पारेकी छन् ।
Saturday, September 24, 2011
‘सिक्लेसको ठिटो’

आफ्नै रफ्तारमा चलिरहेको समयको साथ लाग्दै कहिले दक्षिण त कहिले पश्चिम कहिले पुर्व त कहिले कता निरन्तर कहिले सार्थक त कहिले निर्थक यात्राको यात्री म ज्ञानगुणका लागि किताब नहेरेको पनि धेरै भएको रहेछ । बजारमा राम्रा राम्रा किताबहरु आएर पनि सकि सकेको हुदो रहेछ । म आफ्नै दुनियामा एउटा चार दिवारको बन्द बक्स भित्र नै सम्पुर्ण सँसार समेटी रमाउदी रहेछु । साथी भाइले फलानो किताबमा भनेको जस्तो फलानो लेख जस्तो भनेर सुनाउदा पो झसँग हुदी रहेछु । ए बा म पनि यहि दुनिया मै पो छु नी ।
हुन त कहिले समयले नै साथ नदिदो हो। कहिले अर्थले त कहिले थाहै नपाउदो हो । बल्ल तल्ल साथीभाइको सरसँगतबाट सुने पछि थाहा हुन्छन राम्रा पुस्तकहरुको नाम । यसरी नै सिक्लेसको ठिटोलाइ पनि नियाल्ने मौका प्रकाशन भएको झण्डै एक वर्ष हुनलाग्दा मात्र पाए त्यो पनि अरु नै मार्फत । किताब उपलब्ध गराइदिनु हुने मेरा मित्र गोबिन्द छन्त्याल यसको लागि धन्यबादका पात्र बनेका छन् । पुस्तक हात लाग्ने बितिकै सबै नियाल्न पाएको भए हुन सक्छ मैले यो मेरा भावना अगाडि नै लेख्ने थिए हुँला समय पनि कस्तो मैले पुस्तक हातपारेको भोलि पल्टै मेरी एक सहेलीकी भतिजीले एस एल सी पास गरिछन् हेटौडामा बनबिज्ञान अध्यनको लागी प्रयासरत छोरीलाइ कताबाट wwf को स्कलरसिप भर्ने भुत पनि सवार भइ सकेको रहेछ। खै कसले हो चन्द्र गुरुङको बारेमा लेखिएको ‘सिक्लेसको ठिटो’ भन्ने पुस्तक पढेमा केही ज्ञान पाइन्छ भन्देछन् । मेरा हातमा रहेको यो पुस्तक मैले नजर लाउनै नपाइ उनले उछिनी त गइन। म परे मनकी धनी लौ न त गरिखाउ भनेर पढ्न दिए तर फर्किनलाइ झण्डै एक महिना लाग्यो । उपलब्धि के त? भन्दा पढिस पढिनस नानी पढे मात्र । किन भने इन्ट्रान्स दिएर फर्केपछि बनबिज्ञानको मोह त्याग भएर स्थानिय स्कुलमै बिज्ञानमात्र पढ्ने भुत चढेछ र भर्ना भइछन् । जे होस ज्ञान बाड्नु नराम्रो होइन । ला.........................म त किताब भित्रका कुरा लेखुला भन्थे बहकिएर अन्तै कतै पुगेछु ।
२०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो तिनै हस्ति मध्यका एक हस्ति हुन चन्द्र गुरुङ र उनैको जीवनकथा जीवनगाथाको सँगालो सिक्लेसको ठिटो । नेपालकै एक बरिष्ठ लेखक मञ्जुश्री थापाले अंग्रेजीमा लेखिएको पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को दिपक अधिकारीले नेपालीमा अनुवाद गरेका हुन् ‘सिक्लेसको ठिटो’ लाइ ।
१८४ पृष्ठको मोटो पुस्तकमा विभिन्न १८ सन्दर्भहरु छन् । पुस्तकले घुन्सा दुर्घटनाका फ्ल्यास ब्याक देखी सुरु भएर उनको ब्यक्तिगत जीवन सम्मका धेरै कुराहरु बोकेकाछन् । पुस्तकले नेपालको वास्तविक प्राकृतिक अवस्थाको राम्रो चित्रण गरेको छ । पुस्तकले लेकमा बस्ने मगर÷गुरुङ समुदायको सामाजिक चेतना र बिकासक्रमलाई पनि रोचक रुपमा समेट्न भ्याएको छ । मुल पात्र चन्द्र एक त्यसका ज्वलन्त उदहारण हो । उनका सँगैका कतिपय सहपाठीहरु अहिले पनि त्यही गाउघरको चौघेरा नाघ्न सकेका छैनन तर चन्द्र छोटो समयमै एक विश्वव्यापी नागरिक बनिसकेका थिए ।
गाउको परिवेश आमा समुह गठन प्रकृया र त्यसले ल्याएको सकारात्मक प्रभाव कर्मचारी तन्त्र नाताबाद कृपाबाद तथा बिगतका दिनमा आरक्ष तथा निकुञ्जमा हुने गरेका सिकारको बारेमा पनि मनग्य थाहा पाइन्छ । अन्नपुर्ण सरक्षण क्षेत्र विस्तार देखि सरक्षणका हरेक क्रियाकलापमा सँलग्न रहेका चन्द्रको ब्यक्तिगत जिबन भने त्यति सफल भएको देखिन्न । हिड्दा बस्ता माया पिरती बसे पछि दुइ बिबाह गर्न पुगेका चन्द्रको दुवै सँग राम्रो घरजम हुन सक्दैन तर पनि देशको प्रकृती सँरक्षणको पाटोमा कति पनि प्रभाव पर्न दिएको छैन ।
नेपालको आदीवासी जनजाति मध्यको अन्नपुर्ण क्षेत्र भित्र सिक्लेसको गुरुङगाउमा जन्मेका चन्द्र अध्ययन तथा कामको सिलसिलामा युरोप अमेरिका सम्म पुगेर पनि घुमिफिरी रुम्जाटार भने झै आफ्नै देशमा फर्केर नेपाल र नेपालीका हितका निमित धेरै कुरा गरि नेपालकै एक कुना जहा हत्तपती मानिस पनि पुग्न नसक्ने ठाउमा पुगेर आफ्नो जिवनको इहलिला समाप्त गरेका छन् ।
पुस्तक एक जीवनी उपन्यास तथा निवन्ध सँग्रह जे भने नी हुन्छ किन भने यस पुस्तक आख्यान वा गैरआख्यान दुवै भिन्न भिन्न बिषय रुचाउने दुवैले रुचाउन सक्ने पुस्तक बनेको छ । यो एउटा सकारात्मक सोचको निम्ति प्रेरणाको श्रोत हो । देशको लागी वा आफ्नै लागि पनि केही गर्छु भन्ने भावना भएका ब्यक्तिहरुका लागी साच्चै एउटा राम्रो मार्ग दर्शन बन्ने छ ।
प्रेरणादायि पुस्तक लेखनमा लेखक मन्जुश्री थापाले २० वर्ष अघि देखीको आफ्नो मित्रताले भ्याए सम्म कुनै कुरा खोट नराखी सिक्लेसी ठिटो चन्द्र गुरुङको बारेमा हामी सामु बाड्ने हर प्रयत्न गरेको देखिन्छ । यो भन्दा अगाडी दिपक अधिकारीले अनुवाद गरेका पुस्तक नपढे पनि सिक्लेसको ठिटोलाइ भने पूर्ण न्यायदिएको छ भन्दा अत्युक्ति नहोला । साथै म जस्ता अज्ञानि अर्धज्ञानी अग्रेजी पुस्तक पढ्न अल्छेहरुलाइ पनि अनुवादकले अति धेरै गुण लगाएका छन् यदि यो पुस्तक नेपालीमा अनुबाद नभएको भए सायदै पढ्थे हुँला यदि पढि नै हाले पनि म जस्ती आलाकाचाले अधकल्चोमात्र बुझ्थे हुँला र यो अधकल्टो ज्ञान भनेको भयानक पनि हुन सक्थ्यो मेरा लागि । हुन त मैले यो पुस्तक पढेर देशकै लागि त केही नगरुला तै पनि आफ्नो व्यक्तिगत जिवनमा केहि थोरै मात्र भए पनि सकारात्मक सोच ल्याउन सकुला यहि नै मेरो लागि ठुलो हुने छ ।
Wednesday, August 25, 2010
जीवन काँडा कि फूल

जीवनको भोगाई र अनुभवले गर्भधारण गरी पैदा गरीएको झमकको एक शसक्त र उत्कृष्ठ लेखनशैलीले भरी पुर्ण दशौ(म गलत छुइन भने)सन्तान हो जीवन काँडा कि फूल। आफै कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला? हो यहि पिडा र भोगाइको पोखाइ हो यो निबन्ध ।
जम्मा ४७ वटा छोटा छोटा निबन्धको सँगालो भित्र जीवनको आरम्भ र म,हजुरआमा र लिङ्ग भेद, अवसानपछिको अभ्यास,शुन्यताभित्र जीवन, आशाको त्यो त्यान्द्रो सम्म, आशाका किरणहरु, अक्षरसँग पलाएको हर्ष, शब्दको उत्सव, धामी झाक्री र डाक्टरहरु, समाजले बुझेको सौन्दर्य भित्र म ,टालेका पाइजामा र लाज, कापी कलम पाएको त्यो पल, भूत प्रेत भगवान र विश्वास, विभेदको युद्दमा म एउटा बोझ, जातीय बिभेदहरु विच म, किशोरावस्थाका चेतना र उत्सुकता, नाम सँग बिद्रोह,ऋतुधर्म र बैस, सम्भावनाहरुको खोजी, पुस्तक सँसारमा प्रबेश, सिर्जनाका कोपिला, फराकिलो बाटाको यात्रा, अक्षरहरुमा जीवनको रङ, पत्रहरुमा मन पोखिदा, विस्तृत जगत्तिरका पाइला, ज्ञानको भोक र काठमाण्डौ बस्ने प्रस्ताव, पढ्न उमेरले छेक्तैन, समाजको दृष्टीमा अपाङगता, स्वाभिमान र श्रम, धार्मिक आस्था भित्र मान्छे र देउताहरु, स्वतन्त्रता भोग्ने रहर, कलम र मृत्युको सन्त्रास, रगताम्य समयसँग स्तब्ध मन, सङ्कटकाल र सन्त्रास्त समय, अध्यारो बाट मुक्तिको स्वर, कान्तिपुर पब्लिकेशन छिरेँ, रङ्ग कुची र क्यानभास, मान्छेको दिमागमा बसेको काती, बन्दुक सँग शब्दको परेड, धनकुटा जल्यो, आस्था आँसुसँग बर्सियो, अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान, धुम्म आकाश उघ्रिएपछि मान्छेहरु,द्वन्दका घाउहरु छामेको अनुभूति, जीवनका आभाहरु ,सहमतिका हातहरु, जीवन काँडा कि फूल शिर्षकहरु समेटिएका छन ।
यो काँडामय जीवन अरुको नभै आफ्नै यी करिव उनन्तीस बसन्तको यात्रा पार गर्दाका यात्रा सँस्मरण हुन् । निवन्ध भित्र एक साँपे बालकबाट के कति जीवनका आरोह अवरोहहरु पार गरेर एक सफल साहित्यकार झमक घिमिरे सम्म आइपुगिन भन्ने कुराको बृतान्त कोरीएका छन् । अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निश्किएको ज्वाला हो जीवन काँडा कि फूल ।
पुस्तक यति गहन छ त्यो त पढि सके पछि मात्र थाहा हुन्छ । मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाइ दवाइरहदा दविएको ब्यक्तिको भावनामा कति ठुलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ । अभावको पीडालाई टार्नको निमित्त आफ्नो शरिर लिलाम बिक्रि गर्ने र जीवन सँग हार खाएर आत्महत्या गर्ने कायरहरुको लागी पनि एउटा गतिलो झापड हो भन्दा अत्युक्ति नहोला ।
गरिवीको भुमरी भित्र पिल्सिनु पर्दाको पिडा अझ चेतनमन भित्र भौतिक शरिरको अशक्तपनालाई आफ्नै जीवनको भोगाइ झै गहिराइमा पढ्न सकिन्छ यहा । " बहिनीका छेउमा गएर उसले पल्टाइरहेका कितावका पानाहरु यसो हेर्थे। त्यहा भएका अक्षर शब्द वाक्य पढ्न र लेख्न म पनि जान्दथेँ। मलाइ उसलाइ जस्तो कापी कलम किताव कस्ले दिओस र । मेरो लागी त कापी कलम किताव भन्नु नै खुल्ला धरती र त्याहा भएका ढुगाँ माटो सिन्का र स्वयम आफ्नै मसिना खुट्टाका ओला थिए पृ७१ ।" जो कोही पुस्तकको गहिराइमा डुवुल्कि मार्दा दुख र पीडाको तलाउमा राम्रै सँग पौडी खेल्न सकिन्छ । पढ्दै जादा उनको जीवनमा आफुलाई नै पाउदा खेरी मुटु भक्कानिएर पीडाका छालहरु साउने भेल झै आशुका धाराहरु त कति बग्छन कति? " हाम्रो धार्मिक सँस्कारले अघिल्लो जन्ममा पाप गरेपछि पछिल्लो जन्ममा लाटा लठेव्रा अङ्गभङ्ग भएर या आइमाइको रुपमा जन्मिन्छन भन्ने कुरो हाम्रा दिमागमा कोचिएको छ । म त्यही अघिल्लो जन्मकी महापापी मान्छे जसले पाप कर्महरु गरेकाले पछिल्लो जन्ममा आफ्न धेरै अङग निष्कृय मात्र होइन आइमाइको रुपमा जन्मिएकी भन्ने सबैलाइ विश्वास थियो । त्यसैले गाउका दोजीया आइमाइहरु मलाइ देख्न चाहदैन थिए । वा कतै देखे भने उनीहरुका गर्भका शिशुहरु पनि म जस्तै अशक्त जन्मिन्छन भन्ने अन्धविश्वास या सन्त्रासले उनीहरु टाढैबाट हिड्थे। नानी जन्मिए पछि पनि मेरो छेउ मोच लाग्छ भनेर आउदैनथे । मेरी आमालाइ पनि उनीहरुका नानीहरु छुन दिदैनथे रे । पिढी छेउछाउ बस्न दिइदैनथे रे । कति पछाडी छ नेपालीहरुको चेतनाको स्तर? अहिले सम्झिदा ती सबै घटना परिघटनाहरु अहिल्यै घटे जस्तो लाग्छ र मनमा त्यसै त्यसै निचोरिएर आउछ पृ ७३।"
अझ आफु सपाङ्ग भएर पनि समाजलाई बुझ्न नसक्नुको पिडा, आफु साक्षर तथा समाजको शिक्षित ब्यक्ति कहलिएर पनि समाजको कुरिती कुनियतीलाई चिन्न नसक्नुको पिडा अझ आफु सकुशल सग्ल शरिरको धनि भएर पनि केही गर्न नसक्ने लाछीपनाको पिडातथा आत्मग्लानीले चौपट्टै पिरोल्दछ । यसअर्थमा यस पुस्तकका हरफहरुले हामी जस्ता देखिनमा सग्ल शरिर मानिसमा हुन पर्ने प्राय सबैगुणले सम्पन्न भएर समाजमा शिक्षित शव्दको बिल्ला भिरेर बसेका ढोँगी मपाइहरुलाई पनि गतिलो चड्कन दिएको छ ।
आजको एक्काइसौ सताव्दीमा आमाको गर्भबाट भुइमा झरी नसक्दा देखी भौतिक सुख सुविधामा बालबच्चाहरु हुर्किन थालेको समाजमा एउटा मुर्ती जो सबैको सरापको केन्द्रबिन्दु बनेको हुन्छ उसले सबै सबै देखेभोगेका ब्यवहारबाट सिकेर ज्ञानको भण्डार भरि पूर्ण पार्न सफल कथा जोडीएको छ यहा। ज्ञान तथा सिकाइ भन्ने कुरा हरेक पल हाम्रै आखा अगाडी हुन्छन भन्ने कुरालाई स्पस्ट सँग बुझ्न सकिन्छ यस पङ्क्तिहरुबाट "जब घाम डाँडा माथी आउथ्यो त्यो के होला भनेर हेरीरहन्थे। मानिसहरु त्यसतर्फहेरेर उ हेर घाम डाँडा माथी आइसक्यो भन्थे तब म त्यो त घाम रहेछ भन्थे अनि भुइमा लेख्थे घाम। आँगनको डिलमा पहेँला नीला सेता राता बिभिन्न बोटबिरुवाका फुलहरु फुल्थे म त्यो देखेर एकदम रमाउथे तर तिनका रङ छुट्याउन सक्दिनथेँ मान्छेहरु भन्थे यो टाँकीको रुखमा कति राम्रो सेतै फुल फुलेछ। बल्ल म यो रङ सेतो रहेछ भनेर चिन्थेँ ।
मलाइ जव आमाले नुहाइदिन्थिन तव म पानीको अनुभव गर्थे, मलाइ प्यास लाग्दा बहिनीले पानी पिलाइ दिदा तिर्खा मेटिएर आनन्दको अनुभव गर्थे । अनि मान्छेहरु भन्ने गर्थे कति तातो घाम लागेको उफ कस्तो गर्मी? अनि म मनमनै विचार गर्थे ए यो पो रहेछ तातो भनेको । अनि भुइमा कोर्थे तातो ।"
पुस्तक पढ्दै जादा केही अँशमा पङ्तिकारको अहँमपना पनि देखिन्छन् । उनको यो आदम्य साहस र आफू माथि कै विश्वासले गर्दा आजको यो चुली उनले चुम्न पाएकि छन। हजार मनले उनको दिर्घायुको सट्टा यो यस्तो कष्ट सहेर बस्नु भन्दा मरेकै जाती भनेर उनकै अगाडी मरणको कामना गर्दा पनि मर्न नसकी हिम्मतले बाचेर आइन । हुनत एउटा यस्तो अन्धविश्वासले ग्रस्त समाजमा लाखौ पटक हरेक हण्डर तथा ठक्कर खाएर आफूलाइ समाजमा राष्ट्रमा चिनाउन त्यति सजिलो छैन । तर यहा सम्म ल्याउनमा अन्य सहयोगीहात साथै उनकै आमाको त्यो न्यनोकाख पनि महत्वपुर्ण छ । यस पुस्तकमा धेरै जस्तो बाबा र आमाको बारेमा साथै भगवानको बारेमा अलि बढी नै नकारात्मक भावना उत्पन्न भएको हो की जस्तो देखिन्छ । भन्न त जन्म दिनु मात्र ठुलो कुरो होइन पनि भन्छन तर पनि यदि उनकी आमाले १० महिना सम्म कोखमा राखेर साथै समाजको नानाथरी बचन खाएर उनलाइ यो धर्तीमा पाइला नटेकाएकी भए ------- । जे होस दुख कष्ट भोग्नेलाइ मात्र थाहा हुन्छ देख्नेलाइ भन्दा ।
उनको लेखाइमा रहेका हरेक शव्द शव्दले हामी आफैलाइ कोपरीरहेको भान हुन्छ केही गरौ गर्न सक्छौ भन्ने उत्प्रेरणा दिइ रहेको हुन्छ । मैले यो भन्दा अगाडी यस्तै आत्मजिवनी जगदीश घिमिरेज्युको अन्तरमनको यात्रा पढेकी थिए । मलाइ लागेको थियो यतिको पुस्तक कसैले लेखेका छैनन र कसैले लेख्न पनि सक्ने छैनन तर म पनि यसै समाजबाट हुर्किएकी एक कथित साक्षात्कार युवा न परे । तर जब यो पुस्तक पढि सके थाहा पाए यस्ता अन्तरमनमा यात्रा गर्ने जगदिशहरु अरु पनि रहेछन् अझ उनको भन्दा पनि दर्दनाक पिडा बोकेर हिडिरहेका यात्रीहरु त्यसैले त भन्न मन लाग्यो धन्य सृष्टिकर्ता तिमीले एक यस्तो नारी धरतीमा पठायौ जसले आफु देख्नमा अपाङ्ग भएर पनि कथित सपाङ्गहरुको लागी एक पथप्रदर्शक बनेर समाजमा उभिन सफल छिन् । नारी मात्र भएर हैन एक समाजसुधारक मानव जातीकी प्रतिक भएर उभिन सफल छिन । झमक तिम्रो कलम र विवेकलाइ लाखलाख सलाम ।
उनकै पुस्तकको एक कविताँश शव्द सुमनको रुपमा
तिमी सधै सधै सुनगाभा भएर भिरको कापमा फुली रह
जसको सुन्दरतालाइ सबै सबैले मन पराओस
तर टिपेर कसैले पनि अनायास च्यातेर नमिल्काओस
तिमी युग युग यो धरतीकै आँगनमा बाची रह
आउने उज्यालाका आभाहरु पछ्याउदै पछ्याउदै
अभिसप्त पलहरुलाइ थाङ्नामा मिल्काउदै
यौटा जीन्दगी खोज
जुन यस्तो जीन्दगी होस
त्यहा पिडाको प पनि उच्चारण गर्न नपरोस
तिमी ध्रुवतारा झै सधै सधै चम्की रह
यसरी नै चम्किलो प्रकाशमय ज्योतिमय
मन्द शितलता प्रदान गर्ने जुन जस्तै
तर अन्धकार बनाउने ग्रहणको सामना गर्न नपरोस
अन्तमा भन्नै पर्ने एक शव्द समय भए पनि नभए पनि जीवन दर्शनकै लागी भए पनि यो पढ्नै पर्ने पुस्तक हो । यसलाइ प्रकाशन गर्न सहयोग गर्ने सहयोगीहातहरु पनि धन्यवादका पात्र बनेका छन् । जय होस झमकको, जयहोस सारा नेपालीको, जयहोस नेपाली साहित्यिक आकाशको ।
Saturday, August 21, 2010
छापामार युवातीको डायरी
गएको यो महिनामा धेरै दिन पश्चात नेपाली कितावहरु हात परेको थियो । जसमा पहिला करिव महिना दिन जति अगाडी दुइ उर्गेनको घोडा र मयुर टाइम्स नरेश खपाङ्गी दाइ बाट पाएँ । फेरी एक दिन नेपालबाट एक जना साथी सँग अनलाइन गफ भो । कुरा कुरामा केही कितावहरुको नामहरु थाहा पाए । नेपालबाट छिमेकि दिदी आउदै हुनुहुन्थ्यो यहि मौका हो भन्ने लागेर भाइलाइ कितावको नाम दिए । बिकाश भाइले मैले भनेका प्राय सबै कितावहरु पाठाइ दिएछ । गत हप्ता मात्र फेरी अन्य पुस्तकहरु हात पर्यो यसमा झमक घिमिरे दि को जिवन काडाँ कि फूल, कृष्ण धारावासीको आधाबाटो अनि तारा राईको छापामार युवतीको डायरी । कितावको मोटाइ हेरेर सानो बाटै सुरु गर्ने जमर्को गरे ।
आफ्नै कोर्षको परिक्षा पनि नजिकिएको बेला थुप्रिएको छ कितावहरु । तर पनि मन थाम्न सकिन आखा अगाडी आइ पुगेका कितावको थुप्रोमा मन कसरी थामियोस र? समाचारहरुमा छापामारक युवतीको डायरी बारेमा पडेकी थिए । यसो कितावको साइज हेर्दा छापामार युवतीको डायरी नै थोरै पेजको देखे यहि बाट सुरु गर्ने निधो गरे ।
यो कितावकी लेखिका सानै उमेरको भएकोले पनि मलाइ अलि बढी रुचि जाग्यो । किताव पढ्न सुरु गरे यो एउटा उपन्यास हो । यो एउटा यस्तो कथा जहा एक जना छापामारकै जिन्दगीलाइ नजिक बाट नियाल्न सकिन्छ । सरल र सरस भाषामा लेखिएको उपन्यास जसलाइ जो कोहीले सजिलै बुझ्न सकिन्छ । गणेश रसिक दाईले भने झै अबोध निष्कपट र गहिरो सँबेदनामा डुबेको छ। यो गाथा लेखिका ताराको मात्र नभै विगत एक दशकमा अग्रगामी छलाङ मारी देशको आमुल परिवर्तका नाममा छापामार भएका सम्पुर्ण नेपाली चेलीहरुको कथा हो ।
लेखाइ तारा बैनीको उमेर जस्तै कलिलो भए पनि धेरै कुरामा बास्तबिकता छ । पुस्तक पढ्दै जादा म आफ्नो मातृभुमी धनकुटा पनि पुगे । सल्लेरी, हुलाक टोल अनि रानीवन डुले । पुस्तककै कुनै खण्डमा पुग्दा खेरी करफोक शव्दले मेरो आदरणिय तथा आत्मिय दाइ रमेश राइलाइ पनि सम्झन पुगे । लेखिका तारा उनै दाइका गाउले बहिनी रहिछन । दाइ सँगको ति तिता मिठा पलहरु, चौतारीमा काम गर्दा लड्दै झगड्दै ललितपुरको समिट होटल हुदै धोबिघाट धाउदाका दिनहरु ताजा भयो । पुस्तकको धेरै वटा खण्डमा पुग्दा भने सेना र पुलिस ब्यारेक भित्रका भेदभाव अनि सानाले ठुलालाइ गर्नु पर्ने सम्मान बारेमा वास्तबिक चित्रहरु नाचे । म नेपालका प्राय सबै क्षेत्रहरु घुमेकी छु जहा जहा दाइको सरुवा हुन्थ्यो दाइ की प्यारी बहिनी म उहाको कार्यस्थान चाहार्न पुगी हाल्थे । त्यसरी जाने क्रममा मैले आफ्नै आखाले देखेका वास्तविच चित्रहरु कोरीएका छन डायरीका पानामा । कतिपय शाक्याशँहरुले मेरी दुइ जना उनैको उमेरको प्लस टु सकि सकेका बहिनीहरु सँग तुलना गरेर हेर्न बाध्य भए, उनीहरु लेखिका कै उमेरका छन तर आज सम्म आफ्नो लुगा राम्रो सँग धुन जानेको छैन । देश र जनताका बारेमा कुरा गर्नु त कता हो कता कतिपय बाक्यहरु यो भनेको के हो भन्न पछि पर्दैनन् । उनिहरुलाइ न त देशको चिन्ताको हावाले छोएको छ न त परिवार यहा सम्म कि आफ्नै भविष्यको । उनीहरुलाइ राम्रो लाउन र मिठो खान इन्टरनेटमा च्याट गर्न पाए सँसार सकियो । यति मात्र हैन म आफै सँग तुलना गरे उनको अगाडी के हो मेरो परिचय? उनको दिमाग भित्र एतिका धेरै कुराहरु छन् यति धेरै परिपक्वता तर हामी मा ?
उपन्यास लेख्नु कुनै चानचुन कुरो होइन । अझ उनी ७ कक्षा सम्म मात्र पढेकी २० वर्षिया निम्न वर्गकी एक गाउले चेली उनको यो साहसलाइ कदर गर्नै पर्छ । यो कितावको बारेमा सुने हात पर्यो पढ्दै जादा उनको यो लेखाइले म आफै पनि विश्वास गर्न सक्दिन कि यो एक निम्न माध्यमिक तह सम्म अध्ययन गरेर छोडेको ब्यक्तिले लेखिएको हो भनेर । उनको लेखाइमा केही बचपना नै छ भने धेरै कुरो परिपक्व ब्यक्तिको झै । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्ने उक्तिलाइ यसले चरितार्थ गरेको छ । परिपक्व शव्दभण्डारका कारण यहा भित्रका कतिपय शव्दहरु पढ्दा लाग्दैन कि उनी २० वर्षकी कलिली र निम्न माध्यमिक तह सम्म अध्ययन गरेकी लेखिका हुन् ।मैले बल्ल थाहा पाए कि म मा कति धेरै सँकिर्ण सोच रहेछ । मैले अहिले सम्मको मेरो सँगतले सिकाएकै यहि थियो कि लेखक तथा साहित्यकार भनेका बालकृष्ण सम, डा गोबिन्द भटराइ, कृष्ण वस्ति , आचार्य प्रभा आदी आदी मात्र ले लेख्न सक्छन म लगाएत हामी साना उमेरका मानिसहरुले यस्ता ठुलाकाम गर्न सक्दैनन् भन्ने ज्यादै सानो सोचाइ रहेछ । यस पुस्तकमा पाइएका अली मन छुने बाक्यशँहरु यहाहरु सँग पनि बाड्न चाहन्छु
त्यो हेराइमा वर्गीय मायाको अथाह सागर थियो । त्यो बेलाको साथीहरुका पीडालाइ मैले महसुस गरेकी थिएँ । उनिहरुका आखामा मलाइ बचाउन नसक्नुको पिडा थियो । त्यो असहज अवस्थामा आमुल परिवर्तनको खोजी र नया नेपालको निर्माण गर्न हिडेको भन्न चाहीनँ पृ १९।
जनताको कर र पसिनाले बाँचेको सेनाकव असभ्य अभद्र ब्यवहार र नमीठो बोलीचाली देखेर म छक्क परेँ। मलाइ लाग्यो यी सैनिकहरुले देश र जनता प्रतिको कर्तब्य बुझिदिए तानाशाहीहरु यसरी जम्ने थिएनन् अकालमा गरिवका छोरा छोरी पनि मर्ने थिएनन् होला पृ २२।
तिमीलाइ छुटने मन छ कि छैन? म नबोली बसेँ । कसरी आफ्नो स्वार्थका लागी साथीहरुलाइ चिनाउन सक्छु र पार्टीको विश्वासमा म घात गर्न सक्दिन थेँ । एकाएक मेरो शरीर तातेर आयो । फेरी बोले छुट्ने मन छ छोडी दिनु हुन्छ भने ? छुट्न मन छ भने तिम्रा साथी चिनाउ । म त भर्खर त्यता हिडेकी त्यति थाहा छैन मैले कसरी चिनाउने सर म सक्दिनँ पृ ७३।
मैले समाजको कुरीति र कुसँस्कारको घेरा भित्र आफुलाइ जति नै बाँध्न खोजे पनि सकिनँ । र तिनै घेरा र सिमानालाई तोड्दै कुल्चदै म जनयुद्दमा सरिक भएँ । गरिवीको ज्वालामा पिल्सिएर आधापिल्टो हुदै साहुको ब्याजले थिचिएका निमुखाको नया सत्ता निर्माण गर्न सबै त्यागेर म युद्दमा हिडेँ पृ १२७ ।
तत्कालिन शाही सेनाको बख्तरबन्द गाडीले पनि जनतालाइ मौन सम्मान टक्राएर फर्क्यो । आन्दोलित जनता सडकमा नाङ्गो छाती थापेर सुतेपछि सेनाको बन्दुक पनि निकम्मा बन्यो । जनता सेनाको अगाडी पहाड बनेर उभिए । चट्टान बने जनता जसलाइ फोरेर जान सक्ने क्षमता शाही सेनाको थिएन । चौतर्फी दवाबले शाही शरकारले दमन गर्ने नीति अपनाए पनि क्रमश उ एक्लिदै गयो । विदेशी सहयोग पनि काटिदै गयो । आर्थिक नाकाबन्दि बैदेशिक दवाव बढ्दै गयो पृ १४०।
मौनतामा आँशु खसिरहदा सिरानी भिज्यो आफु महान् जनयुद्दको लाल सिपाही हुँ भन्ने नै बिर्सेछु । आँखाभरी आमाको मायालु तस्विर खेलिरह्यो पृ ९० ।
ढुङ्गाको मूर्ति अगाडी वरदान माग्नु बेकार थियो । सरकारको अन्धो भक्त जसले न्या दिन जान्दैन निर्दोष हो उ भन्ने जान्दा जान्दै । तर मैले यहाँ जेलरलाइ दोष दिन खोजेको हैन उनी पनि दास थिए । दास भइकन पनि मालिक बन्थे पृ १०० ।
मलाइ नमीठो लाग्यो सोचेँ कैदीहरुको मन मुटुबाट समबेदना भन्ने कुरा हराइ सकेको रहेछ। रुन मन लाग्यो । मैले चारै तिर नियाले । मान्छेको जस्तै छ उनिहरुको रुप तर हृदय दानवको जुन मैले रामायण र पुराणहरुमा सुनेकी थिएँ पृ १०६ ।
असोज लाग्यो छुट्छु कि जस्तो आशा पलायो मेरो मनमा। सम्झेँ वारीका डिलमा पहेँलै भएर सयपत्री फुलेका होलान। आँगन वरिपरि चाँहि मखमली फुलेका होलान् । मन उडेर घर गाउमा पुग्यो । गरिव दुखीका लागि गलाको पासो बनेर र हुने खानेका लागि खुसि बोकेर २०६२सालको दशै आयो । मैले मरी आमालाइ सम्झे । कस्तो भयो होला आमाको छाती मलाइ सम्झेर । गाउले साथीहरु रमाइलो गर्दै होलान आफू भने जेल भित्र पृ ११२।
हजारौको रगत र बलिदानले अघि बढेको सङ्घर्षमा लक्ष्मि र होमा जस्ताको मुटु दुखाउने खेल पनि जारि थियो । प्रशासनले हामी माथी आधिपत्य जमाउन नसक्नु नै प्रतिकुल षडयन्त्र गरेर हामीलाई बिराटनगर जेल सरुवा गरियो । हमुरो उपस्थितीमा उनीहरुलाइ चल खेल गर्न सहज थिएन । जेल बिकृति मुक्त हुनपर्छ भन्ने हाम्रो धारणा थियो पृ ११५ ।
राजनीतिक दलले प्रितगमन बिरुद्दको आन्दोलन चर्काउदै थिए । राज्यले दमन अझ बढाउदै थियो । जनताहरु बिद्रोहमा जुटि सकेका थिए मात्र बिष्फोट हुन बाँकी थियो । पृथ्वी तातिएर ज्वालामुखी फूट्न लागेको जस्तो भान हुन्थ्यो पृ १२६।
जे भए पनि जेल जिवन साह्रै पीडादायी हुन्छ । जेलमा शोषित र शासक दुइ पक्ष हुन्छ । छुवाछुत भेदभाव धनी गरिव विचको असमानताको खाडल त्यहा झन ठुलो हुन्छ । प्रशासनको सहयोगमा हुकुमी शासन चल्छ जेलमा । सोझा सिधालाइ यनीहरु दास बनाउछन् जेलका प्रहरीहरु पनि त्यस्तै हुदा रहेछन । सत्य सेवा सुरक्षणमको सपथ खाएका एकाध बाहेक तिनै मन्त्र भलेर कैदी बन्दी माथी प्रहार गर्थे । हुन त बोट गुणाको फल राज्य ब्यवस्था नै अन्धो र बहिरो भएर होला उसका अनुयायीहरु पनि त्यस्तै थिए । शासकको सुगा रटाइमा उनीहरु पुरै अभ्यस्त भइ सकेका थिए पृ १२७।
निर्ममताको पराकाष्ठा नाघेरै भए पनि जनआन्दोलन दवाएरै छाड्ने मनस्थितीमा शाही सरकार पुगेको छ भन्ने मलाइ लाग्यो । आन्दोलनमा माओवादीको घुसपैठ भन्दै प्रहरीका उच्च पदस्थ अधिकारीको घरबाट आन्दोलनकारी माथी गोली बर्साइयो । सुरक्षाकर्मीको त्यो अनैतिक ब्यवहारले जनता अझ आन्दोलनको आधी बन्दै थिए । आकाश उज्यालो थियो सायद नया वर्षको पूर्वसन्ध्यामा आन्दोलित जनताको साहस देखेर होला । नया युग नया सँसारको आह्वानमा म खुसीले रमाएँ। पृ १३३ ।
जनताको पक्षको आवाज घन्काउदै हामी लोकतन्त्रको पक्षमा नारावाजी गरीरह्यौ । आकाशमा कतै बादल थिएन । चैतको चर्को घाममा सुकेका घाटीलाइ पानीले भिजायौ । प्रतिकार गर्न प्रहरीले हामी तिर गोलि चलाए । तर साथीहरुको छटपटाहटले हामीलाइ बन्दुको गोलीको सामना गर्ने उर्जा प्रदान गर्यो । घाइते साथीहरुको चित्कार सँगै चर्को घामले तातिएको शिरलाइ पानीले भिजाउदै हामी नारा लगाउदै थियौ । हातमा लाठी बोकेर नाइकेहरु हाम्रो बिरुद्द अश्लिल शब्द प्रयोग गर्दै नाराबाजी गर्न थाले पृ १३६।
ठक्कर खादा खादा मेरो हृदय पत्थर भै सकेको थियो । परिस्थितीले मलाइ बन्दि बनाएर मेरो जिवनयात्रालाइ जटिल बनाएको थियो । जीवनयात्रामा म आफ्नै छाया सँग पछारीएँ टुक्रिएँ फुटेँ आफ्नै साथ बाट टाढिएँ। रोएका ति रातहरु मेरा लागि घाउ बनेर दुखि रहे । तिरस्कार र अपमानको थुप्रो लाग्यो । हजार सपना भुलेर एउटै सपना देख्न म अभ्यस्त भै सकेकी थिएँ। सबै सपनालाइ एकातिर थन्काएर गणतन्त्र जनताकव स्वतन्त्रता र स्वाभिमानको खातिर म कालकोठरीमा हास्दै थिएँ । सिङ्गो क्रान्ति नसोचेको उचाइमा पुगे पनि मैले आफुलाइ किन किन बदल्न भने सकिनँ । घरपरिवारको सम्झनाले घरीघरी घाटी अठ्याइ रहन्थ्यो । आमाको सम्झनाले मुटु पोलिरहन्थ्यो आफू महिला भएर पाएको हरेक यातना र पीडाका कारण म आमालाइ भन्न चाहन्थे आमा अर्को जुनिमा मलाइ नारीको रुपमा जन्म नदिनू पृ १४८ ।
चेतनशिल जनता कसरी शासक प्रति प्रस्तुत हुन्छन भन्ने कुराको प्रमाण थियो जनआन्दोलन ६२/६३ जनता कति सम्म सहन्छन त्यो ज्यादति र दमनलाई परास्त गर्दै कसरी आफ्नो अधिकार खोस्न अगाडी बढ्छन भन्ने आदम्य साहसको उदाहरण थियो १९ दिने जनआन्दोलन पृ १४९ ।
उपन्यास भित्र जेलमा कस्ता कस्ता मानिस बस्दा रहेछन जेलको बातावरण कस्तो हुने रहेछ भन्ने पनि बुझ्न सकिन्छ । "जेलको ढोका खुल्यो प्रिकेटको पनि। हामी भित्र पस्यौ कारागारमा एक्कासि होहल्ला भयो आकाश नै थर्किने गरी, लडाइ जितेका सिपाहीहरुको हल्ला जस्तो कस्तो बिना अर्थको हर्षोल्लास । हामीलाइ देखेर सबै कराए खसी आयो पानी तताओ खसी आयो "
देश र जनताको लागी बर्गीय समानताको लागी लागी परेका तारा जस्तै हजारौ छापामारका कथा छन हाम्रो देशमा । उनिहरुले केही नबुझेरै लागे पनि कतिले बिर गति प्राप्त गरे कसैको अँग भँग भयो कसैले परिवार गुमाए तर खै के पाए उनीहरुले? "म आफुलाइ पार्टीको इमान्दार कार्यकर्ता ठान्थे । जब मैले इलाम जेलको ढोकामा आफु प्रतिको त्यो आरोप सुने त्यो समयमा आफु बाचेको बेकार भयो भन्दै धिक्कारे"। "समयको रफ्तार सँगै बगिरहेका मेरा इच्छा चाहानालाइ समयले ने बगरमा हुत्याइदियो। हजार छालहरुले लुछेर भुलेर गएको बगर झै बनाइ दियो निस्प्राण र विवश मलाई । जति नै चेतनशिल प्राणी हुँ भनेर घमण्ड गरे तापनि मानिस समयको दास रहेछ । बाध्यता र विवशताले हात फैलाएर घाटी अठ्याए पछि सबै स्विकार्नु पर्दो रहेछ । यो दुनियामा कोही खराव बने कोही असल तर जो जस्तो बने त्यहा भित्र बाध्यता र विवशता पक्कै हुदो रहेछ । मानिसले समयको तालमा नाच्नु पर्दो रहेछ । कसैको भाग्यमा सुख पर्छ कसैको भागमा दुख ।" उनको यो भनाइको अँशले पनि प्रष्ट हुन्छ उनीहरुमा पनि कुविचारका मानिसहरुले गर्दा मोर्चामा फाटो आएको हो।
मलाइ छापामार भन्ने बित्तिकै रिस उठ्थ्यो तर जब मैले यो पुस्तक पढे उनिहरुमा पनि दया माया भन्ने कुरा हुदो रहेछ । छापामार सबै क्रुर हुन्न रहेछन भन्ने लाग्यो । हुन त तारामा पनि जब जेलको चिसो क्षिडीले सताए पश्चात दर्दनाक भोगाइले नै यि सबै कुराहरु सिकाए होलान । तर जे भए पनि उनि जस्ता यि अवोध बालबालिकालाई अहिले सरकारमै आएर पनि उनैका पार्टीले केही गर्न सकेका छैनन् । उनैले स्विकारेका छन अहिले कसैले केही वास्ता नगर्दा बेकार जनयुद्दमा होमिएछ जस्तो लागेको छ उनलाई। पुस्तकका अघिल्लो भागमै गिरीश गिरी दाइ लेख्छन "यो सारा घटनाबाट ताराले सिकेको पाठ के हो ? त्यो परिवार पाल्न सेना प्रहरीको जागिर खाने हुन् वा हामी जस्ता तल्लो स्तरका कार्यकर्ता जता पनि ठुलाले सानालाइ प्रयोग गर्ने मात्र रहेछ । उनले बल्ल बुझेको अन्तिम सत्य बताउदै पछुतो ब्यक्त गरिन् कस्तो अन्धकारमा फँसियो कहिले काही त उतिखेरै सेनाले मारिदिएको भए पनि कति जाति हुन्थ्यो जस्तो लाग्छ।"
यो अवस्था हेर्दा माया लागेर आउछ। तर उनकै भनाइ सापट लिएर भन्नु पर्दा साच्चै मायाले न त पेट भरिन्छ न त आङ नै छोपिन्छ । माया त खालि महसुस गर्ने कुरा मात्रै रहेछ । माया मात्र भ्रम हो त? मनले प्रश्न गर्यो मलाई पनि ।

Friday, August 6, 2010
उर्गेनको घोडा

पुस्तक: उर्गेनको घोडा
लेखक: युग पाठक
प्रकाशक: साग्रिला बुक्स प्रा लि
पृष्ठ सँख्या: २५४
मूल्य रु: २७५
विधा : उपन्यास
नेपाली इतिहासमा दोश्रो जनयुद्द सकेर अर्ध मृत अवस्थामा देश अगाडी बढी रहेको छ। देशमा राजतन्त्र फालियो गणतन्त्र आयो तर पनि जनताले चाहेको वास्तविक प्रजातान्त्रिक लोकतन्त्र स्थापित भै सकेको महसुस गर्न पाइएको छैन । तर जति पनि परिवर्तन महसुस गरेका छौ त्यसको पछाडी दोश्रो जनयुद्दको ठुलो हात छ भनेर हामी भन्न सक्छौ । राजतन्त्र र राणातन्त्रको दमन पछि उर्लेका बिद्रोहको लहरले उब्जाएको खैलाबैला साथै जातिय दमनको प्रतिशोध बोकेर उत्रेकी एक तामङ युवती म्हेन्दोको सेरो फेरोमा रहेर लेखिएको उपन्यास हो उर्गेनको घोडा। तामाङ वस्तिमा प्रचलित किवँदन्तिलाइ आधारमानेर कल्पनामा उमारीएको एउटा चित्रले उपन्यासकी प्रमुख पात्र (नायिका) म्हेन्दोलाइ उपन्यासको अन्त्य सम्म पछ्याइ रहन्छ । पाँच मुख्य भाग भित्र २६ वटा अँशको उपन्यासले जनआन्दोलन, बिद्रोह, केही अँश जातिय पहिचान, रोमान्स, मित्रता आदी सम्पुर्ण पक्षलाइ समेटेको छ ।
जनयुद्दलाइ मुख्य आधार बनाइ लेखिएको यस कृतिमा साहित्यिक शब्द भण्डारलाइ सके सम्म प्रयोग गर्न लेखक सफल छन। उत्तर तिरको पहाडको चेपबाट फुत्त खोला निस्किएको थियो र बिचमा प्रशस्त बगर फेलाएर दक्षिण पट्टि निकै पर पुगेर पहाडको अर्को चेपमा हराएको थियो । विस्तीर्ण बगरको बीचमा खडेरीको यावेङ खोला दुब्लाएको थियो तै पनि उसले सुसाउन छाडेको थिएन । ठुल्ठुला चट्टानहरु यत्रतत्र थिए । नीहरु बगरै बगर हिँडेर पल्लो भित्ताको सेपबाट बगेको खोलानेर पुगे । पृ ४७
कथामा घोरीएर पढ्ने हो भने कुनै कुनै ठाउमा आफैले देखिरहेको दृष्यझै महसुस गर्न सकिन्छ । लेखकले यस उपन्यास लेख्नमा निकै गहिरो अध्ययन गरेका छन भन्ने कुरा यस भित्र प्रयोग गरिएका तामाङ भाषाका वाक्यहरु तथा तामाङ समाजको वास्तविक चित्रण गरि बर्णन गरिएका बाक्यहरुलाइ लिन सकिन्छ । तामाङ जातिको उत्पिडनलाइ लिएर कथा अगाडी बढेको छ । यसका साथै उनिहरुको चालचलन भाषा शैली तथा सँस्कृतिलाइ सके सम्म उतार्न सफल छन् । आफ्ना जातिय अस्तित्वका लागी आफ्नै जातिय इतिहासको उत्खनन गरेको साथै अन्य जातिकै भए पनि समाज सेवी तथा चेतनाका अग्रदुत रुपचन्द्र बिष्टले नै तामाङ बस्तिका सोझा सिधा जनतालाइ आफ्ना हक हितका बारेमा जागृत गराएइएको कुराहरु पनि मिसाउन भ्याएका छन । चलाउछ तेरा पुर्खाले जङ्गेका कानुनले चलाएको चलन हो यो ।तेरो सँस्कृतिमा दशै पर्छ। दशैको देउता छ कोही उनले उतेजित भएर बोल्न थाले पछि उनका लामा लामा हातहरु रिसाएको सर्प झै हल्लन्थे । ल कतै बाट पत्तालगाएर देखा मलाइ । राणा शासनले चलाएको चलन हो यो । दशै तेरो जातलाइ थोपरिएको थियो । यो कुखुराको सिउर टासेको छस नी पञ्जा छाप लगाएको छस सव राणा शासनलाइ देखाउने प्रमाण हो । तलवार देखाएर चलन चलाइ दियो राणाले आज सम्म पछ्याइरहेको छ । आफ्नो अस्तित्व आफ्नो इतिहास सव भुले पछि मान्छे जनावर नभएर के हुन्छ ?तहरुलाइ जाँड खाने अनेक चाडपर्व चाहिएको छ । अपराधिले चलाएको चलन खुरु खुरु मान्ने कहिले सम्म हो ? पृ ७०
पहाडी जनजीवन, तामाङ जातीको इतिहास, महिला छापामारको कथा सबैलाइ एकै ठाउ समेट्न सफल छ । युद्द कसरी गरे, युद्दमा हिडेका क्रान्तिकारीहरुले कस्तो कस्तो दुख भोगे, उनिहरुको मानसिकता लडाइका बेलामा कस्तो हुन्छ भन्नेकुरालाइ समेत राम्रो सँग चित्रण गर्न सफल छन लेखक। पात्रहरुको दर्दनाक दुखलाइ साच्चै युद्दमा होमिएका पाठकहरुले आफ्ना कथा र ब्यथालाइ सजिलै सँग दाजेर आफैलाइ काल्पनिक पात्र बनाइ उभ्याउन सक्ने गरी साहित्यिक छन्दले बाधिएको छ । हाल नेपालका बिभिन्न भागमा जातिय प्रान्तको घोषणा र कतै कतैका बिधालयहरुमा आफ्नै भाषाबाट अध्ययन अध्यापन सुरु गरेको कुरालाइ पनि समेट्न सफल छ । " खरायोसे सोँच्दिजी निन्द्राकी नुङसी पङस्यै ङै थेदा छ्योङसी टाँला । कछुवा विचारा लानन् थारेङ लिच्छा घिस्रिदिवल्येङ मुबला । थे मेर्जी अनि थे भुसुक्कै निन्द्राहाजीम् ।" पृ ४३ (यहा निन्द्र कछुवा र खरायोलाइ उहि नै नाम दिइएको छ तामाङ भाषामा यिनीहरु सबैको आफ्नै नाम थियो जस्तो लाग्छ मलाइ हुनत मेरो गाउको भाषा र मकवानपुर तथा त्रिसुली तिरको तामाङ भाषामा अलि फरकता पाइन्छ)
उपन्यासको सुरुवात एक पाठकले भुमिगत पत्रिकामा छापिएको उर्गेनको घोडा नामक उपन्यासको पहिलो भाग बाट सुरु हुन्छ। उपन्यासको एक पहिलो खण्ड सलल बगेको छ । सरल र सरस भाषाशैलीमा लेखिएको छ कथालाई आम पाठकले सजिलै बुझ्न सकिन्छ भनौ कथा कथा जस्तै भएर अगाडी बढेको छ । उपन्यासको दोश्रो भाग तथा अँश ६ सम्म सजिलै बुझिए पनि अँश सातबाट कथा अन्तै तिर मडारिन पुग्छ । कथा भित्र पनि अर्को कथा थपिएको भान हुन्छ । कथा कथै भित्र सिगौरी खेलेर यता र उता हुदै जादा विर साहसी योद्दा कमरेड म्हेन्दोले साहदत प्राप्त गर्छिन र उनको कोखबाट जन्मिएकी सानी फुच्चिको नाम पनि म्हेन्दो नै राखिएको छ ।
हरेक कुराका दुइवटा पाटा राम्रो र नराम्रो पक्ष त हुन्छ नै । काम गर्दै जादा हरेक कुरालाई सहि तरिकाले लैजान्छु भन्दा भन्दै पनि केही गल्ति कमजोरी त भै हाल्छ । यस उपन्यासका पनि केही थोर बहुत कमजोरीहरु देखिन्छन। हुन त म एउटा पाठक त्यसमाथी भर्खर भर्खर साहित्य भन्ने जन्तुलाई चिन्ने कोशिस गरी रहेकी छु यसर्थ मेरा दिमागले जति भ्याए त्यति हो अरु सामु राख्ने भनेको । लाखौ पाठकले रुचाएर करिव ३ महिना मै दोश्रो सँस्करण निकाल्न सफल छ त्यसकारण हुन सक्छ यो पुस्तकमा खासै गल्ति कमजोरी नहोलान तर पनि मेरा साना दिमागले के भन्छ भने यो उपन्यास भित्र ज्यादै धेरै कुरा समेटिए जसले बिषय बस्तु नै गजाँगोल बनाइ दियो । कथा भित्रका पात्रहरु यति धेरै भए कि यो कुन पात्र कहाबाट आयो भन्ने कुरा खोतल्न पुन अघिल्लो अँश पुग्नै पर्ने हुन्छ ।
मैले यहि पुस्तक अध्ययन गर्दै गर्दा इन्सेपस्न भन्ने चलचित्र हेरेकी थिए । त्यस चलचित्रमा कथाका पात्रहरु सपनामा प्रवेश गरेर अझै त्यो भित्रको पनि सपनामा आफैहरु छिरेका हुन्छन। सपनाको तह तह भित्र छिर्दै गएर आफै आफै योजना बनाउछन् यसले गर्दा कथा कहानी कहा पुग्यो कुन सपना र कुन बिपना हो भन्ने कुरा छुट्याउन दर्शकहरुले एकदम गहिरिएर ध्यान दिएर हेर्नु पर्ने हुन्छ । यो उपन्यास पनि त्यस्तै खालको छ । यस उपन्यास भित्र पनि उपन्यास छ उर्गेनको घोडा जहा पात्र म्हेन्दो नै छिन तर फेरी त्यही उपन्यास पढ्ने मध्यको एक पाठक पनि म्हेन्दो नै छिन । उनिमात्र एक पात्रको नाम दोहोरिएको हैन सोनाम दलसिङ आदी आदि नामका पात्रहरु डबल डवल छन जसले गर्दा पाठकहरु सजिलै झुक्किन्छन । कुनै कुनै भागमा म कुन सन्दर्भमा कहा के पढी रहेकी छु भन्ने बुझ्नलाइ अघिल्लो अँश पल्टाउनु पर्छ । उपन्यास भित्रका पात्रहरुले लाल पाइलो पढ्दा पड्दै उर्गेनको घोडाको कुरा उनि उप्केको छ । कुनै कुनै कुरा असाध्यै अपत्यारिलो पनि छ जस्तै उपन्यासको कथामा लप्टन धर्म बिर क्षेत्रीले म्हेन्दोलाइ मन पराइ लेखेको चिठी म्हेन्दोको हात परि सकेको थियो तर कसरी कर्नेलले पढ्न पायो भन्ने कुरा मैले बुझिन । एक त धर्मबिरको क्याम्प आक्रमण गर्न गएकी पनि म्हेन्दो थिइन र उनैले उसलाइ गिरफ्तार गरेर १३ दिन सम्म बन्दग बनाइ राखेकी थिइन दिगबिजयले लप्टन धर्मबिरले म्हेन्दोलाइ कसरी मन पराएको थाहा पाए भन्ने कुरा पनि अप्ठेरो छ ।
जे जस्तो भए पनि हालको नेपाली बजारमा मूल्य पनि खासै धेरै छैन त्यसैले जनआन्दोलन भाग दुइको केही अँश थाहा पाउन भने यस पुस्तकले निकै सहयोग गरेको छ ।
Subscribe to:
Posts (Atom)