Thursday, April 16, 2009

दन्त शिविरको साथमा हरिसिद्दीको यात्रा साथै तिता मिठा अनुभवहरु


पशुपतिको यात्रा सिद्राको ब्यापार भने झै हामीले पनि हरिसिद्दीको यात्रा साथै निशुल्क दन्त शिविरको आयोजना गरेका थियौ । युवा द्वारा स‍न्चालित सिभिक लिडरसीप स्कुलबाट ग्राजुयट भएका २४ सहभागी मध्ये हामी ६ जना साथीहरु मिलेर विभिन्न स्कुल तथा समाजका विभिन्न उमेर समुहका मानिसहरुलाइ दन्त परिक्षण गर्ने उद्देश्यका साथ सन्चालन गरेको नि शुल्क दन्त शिविरको तेश्रो शिविर थियो यो । यो भन्दा अगाडी २ वटा उच्च तथा माध्यमिक तहका स्कुलमा सन्चालन गरेका थियौ । यसका लागी युवा अभियानले आर्थीक सहयोग गरेको छ भने विभिन्न ECCA लगाएत अन्य विभिन्न संघ संस्थाले केही प्रचा छाप्ने कुरामा सहयोग गरेको छ साथै ओंमकार पोलिक्लिनीक नख्खु तथा सेन्ट्रल डेन्टल हस्पिटल नारायण गोपालचौकले दन्त चिकित्सकहरु उपलब्ध गराइ सहयोग गरको छ ।
यो भन्दा अगाडीका क्याम्पहरु स्कुलमा गर्नु पर्ने हुनाले सुक्रबार सुक्रबार नै गरेका थियौ तर यस पटकको क्याम्पको निशाना भने समाज तिर भएकोले शनिबारे छुट्टिको दिन के गर्ने भन्नु परेन । सधै झै समयमै गन्तब्य स्थान प्रश्थानको लागी लगनखेलमा जम्मा भयौ। आफ्ना सवारी साधन हुनेहरुले आफ्नै साधन प्रयोग गर्ने र म जस्तै साधन बिनाका डुकु लट‍ठकहरु भने साझा यातायातमा जाने हाम्रो निर्णय अनुसार म लगाएत ६ जना साझा यातायात माइक्रो मा गयौ । हामी as a organizer समयमै पुगेर पर्चाहरु टास्नु देखि मानिसहरु बोलाउन पर्ने भयो । म लगाएत केही हामी संग गएका volunteer साथीहरु नेवारी फिटिक्कै नबुझ्ने तर मानिस बोलाउन जानु पर्ने भो पक्का नेवार वस्तीमा परेन फसाद ?? धन्न बिधालयले लोकल शिक्षक शिक्षिकाहरुलाइ volunteer को रुपमा बिहानै बोलाइएको रहेछ र त्यस मध्ये पनि एक जना श्याम महर्जन नाम गर्नु भएको शिक्षकलाइ मात्र राम्रो संग नेवारी बोल्न आउने रहेछ त्यसकारण हामी पनि लाग्यौ उहा कै पछि पछि के के भनेर बोलाउनु भयो मैले त एकै शब्द पनि बुझिन ।


त्यहा पुग्ने बितिकै पनि अर्को एउटा रमाइलो कुरा वा घटना भनौ भएको थिओ । म लगाय्त त्यहा पुगेका प्राय सबै साथिहरु Young नै भएको ले तेहा उपस्थित हुनु भएका schlool Teacher हरु एक छिन असमज्जमा पर्नु भएछ। दान्त जचाउनको लागि Doctor हरु आउने भनेको सबै केटा केटिहरु आयेका छन उनिहरुले के जचाउलान् र? उनिहरु कहाका Student हरु रहेछन अनि Practical को लागि यहा रोजेछन मोरामोरि हरुले भन्ने कुराले मनमा जरो गाडे पछि गाउ डुल्ने क्रममा मिसहरुले मलाइ सोध्नु भो तपाइहरु कसरि आउनु भो यहा? किन यहा नै रोजिओ? सबै कुरा डितेल् मा बताए पछि मात्र ए हामि त एक् छिन् छक्क परेउ नि तेइ भएर सोधेको mind नगर्नु होला भन्नु भएको थियो । हुन पनि ३,४ जना भाइ बहिनि plus २ पढिरहेकाहरु पनि गएका थिए त्यसो त सामान्य अडकल हामी पनि गर्ने थिएउ होला ।



१० बजे नै सुरुवात गर्ने भने पनि डाक्टरहरुको ढिलो आगमनको कारण झण्डै ११ बजे मात्र नाम दर्ता सुरु भयो । काम गरे पछि गाली पनि खानु पर्छ भने झै समयमा कार्यक्रम सुरुनगरेकोमा केही गुनासो पनि सहन गर्नु परेको थियो । भाषागत कारणले पछि नाम दर्ता गर्ने बेलामा पनि निकै कठिन भयो हामीलाइ। टोलको बृद्दा बृद्दा बुवा आमा कति जना त नेपाली पटक्कै नबोल्ने बोले पनि हामीले बुझ्नै नसकिने एक पटक त हिरामाया भन्नु भएको रहेछ तर मैले हेर माया पनि बनाइ दिए मैले बुझे अनुसार त्यस टोलमा ९९ प्रतिशत महर्जनहरुको बस्ती रहेछ त्यो भन्दा एक किलो मि‌ वरपर भने अन्य so called high caste तथा तामाङहरुको बस्ती रहेछ । उपमहानगरपालिका नजिकै भएता पनि साक्षरतादर ठिकै देखियो दातको बारेमा केही समस्याहरु रहेछन् । पहिला स्कुलमा त्यति धेरै दात नै निकाल्नु पर्ने case नआएता पनि यस पटक भने लगभग १७ जना जतिको दात निकालीएको थियो यसमा सबैको समस्या किरा नै पाइएको थियो । तर जति बढि मानिसहरु निशुल्क दन्त शिविरको फाइदा लिन आउछन् होला भनेर हामीले आसा गरेका थियौ त्यसको बिपरित परिणाम देखियो । त्यति मानिसहरुको उपस्थीती नहुनुको कारण त्यसै दिन महागुठि परेको रहेछ त्यसकारण पर्सादीको रुपमा रक्सी खाइसकेको र स्वासमा गन्धआउने डरले पनि उपस्थीत नभएको भन्ने कुरा पछि जानकारीमा आएको थियो ।
हाम्रो समाजमा ब्याप्त एउटा भ्रम निशुल्क परिक्षण पश्चात निशुल्क ओषधीको आषा गर्ने परिपाटी त्यहा पनि पाइयो । कति पय बृद्दबृद्दाहरु केही भा छैन भन्छन ओषधीनै दिदैनन् भन्दै रिसाउनु भएको पनि पाइयो त कति पय भने दात नै छैन के जचाउनु भन्दै रमाइलो गर्ने ब्यक्तीहरुको पनि उपस्थीती थियो । जे होस शनिवारको छुट्टी समाजसेवा संगै रमाइलो अनुभवमा वित्यो नया ठाँउ नया परिवेश तथा नया अनुभव ।




सबै camp को लागि आर्थिक सहयोग जुटाइ दिएकोमा युवा अभियानलाइ हामि सबैको तर्फ बाट धन्यबाद, सहयोगको लागि doctor हरु सबै लाइ धेरै धेरै धन्यबाद। अझ एस्को श्रेय मेरो कलिङ Dr. prateek लाइ जन्छ सबै Doctor हरु उपलब्ध गराउने काम उहा कै थियो । volunteerly साथ दिनु हुने सबै सबै मित्रहरुलाइ पनि धन्यबाद ए volunteer जम्मा गर्ने काम चाइ मेरो कलिङ Bikashko भागमा थियो फोटो उपलब्ध गराइदिएकोमा मेरो कलिङ मुदितालाइ पनि धन्यवाद




विशेष गरि हामीलाइ ठाउ तथा समाज भेला गर्न सहयोग गर्नु भएकोमा श्री हरिसिद्दी उच्चमाध्यमीक बिधालय परिवारलाइ धेरै धेरै धन्यवाद । अबको अर्को क्याम्पको लागी स्कुलको खोजीमा छौ समय मिलेमा फेरी सेयर गर्ने बाचा गर्दै आजको अशं टुंगाउन चाहन्छु।

4 comments:

Unknown said...

यो त भयो काठमाडौं शहर भित्रको सेरो फेरो, यदी साँच्चीकै सोसियलिजम गर्ने हो भने नेपालका प्रमुख संस्थाहरुले गाउँहरुलाई ग्राह्यता दिनु पर्‍छ। खुशी लाग्यो तपाईंको भावनाको लागी,,,,, अझै यस्तै पढ्न पाउँ। धन्यबाद।

Basanta said...

यस्तो सकारात्मक काममा तपाईँको संलग्नता देख्दा साह्रै खुशी लाग्यो।

mgrgeen said...

हजुर खोजी त गर्दै छौ मिल्यो भने गाउ तिरै जानु पर्ला के गर्नु बि जे दाई मन त थिओ नि गाउ बासिको सहयोग गर्ने है तर के गर्नु सानो सहयोग लिएर टाढा जानु पनि नसकिन रहेछ तन मन र धन तीनटै कुरा उतिकाइ आवसेक छ रहेछ तेसै ले तर कोशीस् गर्दै छौ पछि मिल्यो भने सेफ मदर हुड तथा एच आइ भि को कार्यक्रम मिल्यो भने जानु पर्ला गाउवासी को सहयोगमा अनि तपाइहरु को हौसला नै मेरो लागि आगामि बाटो हुनेछ धन्यबाद् बसन्त दाइ

Ramro Nepali News said...

malai ta tapai ladies vayapani gents ko vanda pani ramro kaam garnu vayo ok keep it up blogging