Monday, September 5, 2011

नेपालको बर्तमान अवस्था

भन्नै पर्दा म जस्ता सर्वसाधारणले बुझ्ने र चिन्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएर पनि विश्वसामु आफ्नो सान उच्च बनाउन नसकेको, शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि भएर पनि शान्ति र सद्भाव हुर्कन नसकेको, प्राकृतिक रुपमा विश्वको धनि देशहरु मध्येको भएर पनि दुनियाको दरीद्र राष्ट्रमा सुचिकृत हुन पुगेको, दुनियामा बहादुर गोर्खालीको पहिचान बनाएर पनि आफ्नै मातृभुमिको सिमाना दिन दहाडै मिचीदा लाचार र मुकदर्शक भएर बसिरहनु परेको, संसारमा जहासुकै पुगेर पनि इमान्दार जातिको रुपमा पहिचान बनाउन सक्ने नेपाली जातिको स्वदेश स्वय्ममा भने धुत्र्यार्इ (छली, चेलिवेटि बेचविखान गर्ने देखि स्वदेशी काठपात तस्कर गर्ने एउटा विचित्रको देश हो नेपाल । किन यस्तो हुन गयो त नेपालको स्थिति ? यो स्वाभिमानी नेपालीहरुको निम्ति ज्यादै महत्वपुर्ण र गम्भिर सवाल हो । यस सवाललार्इ सहि तरिकाले विश्लेषण गरिनु, उचित उतर पहिचान गरिनु र निकासको बाटो खोज्नु नितान्त जरुरी छ । मर्निङ्ग सोज द डे भनिए जस्तै अर्थात जस्को वर्तमान राम्रो छ उसैको भविश्य पनि राम्रो हुनेछ भन्ने भनार्इ सँग नेपालको वर्तमान स्थितिलार्इ दाजेर हेर्दा साथै यहांका राजनैतिक पार्टी वा तिनका नेताहरुको हर्कत हेर्दा अनि बहुसंख्यक मानिसहरुको प्रबृति हेर्दा त्यो छाट अझै निक्कै पर देखिन्छ । यसो भनिरहदां म निरासावादि ठहरीन सक्छु तर त्यो अवश्य पनि होर्इन ।


यो त नेपालको वर्तमानलार्इ म जस्तै सामान्य मानिसले बुझ्ने र हेर्ने दृष्टिकोण मात्र राखिएको हो । जहा सम्म लाग्छ कुनै पनि राष्ट्र, एउटा राष्ट्रको रुपमा स्थापित हुंन त्यस देशको निश्चित सिमाना सहितको भुगोलको अपरिहार्यतालार्इ स्विकार गर्दछ । त्यसरी नै कुनै पनि राष्ट्र एउटा गतिशिल, सभ्य र समुन्नत हुनको लागि त्यो देशको भुगोल र प्राकृतिक उपस्थिति वाहेक त्यस भित्र बसोवास गर्ने मानिसहरु र उनीहरुको आवश्यकतालाइ बुझ्न सकिएन भने त्यो राष्ट्र अराजक तथा कुशासनले ग्रष्त हुन जान्छ । नेपालीमा एउटा उखान छ हामी हतारमा बिवाह गर्छौ र फुर्सदमा पछुताउछौं । र्इतिहास देखि वर्तमान सम्म नेपालका राजा महाराजा देखि क्रान्तिकारी नेता सम्मले कुनैपनि दुरगामि महत्वको विषय/कार्यमा विना योजना, विना प्रयाप्त छलफल र गृहकार्य, विना सर्वेक्षण तुरुन्त कामको घोषणा र थालनि गर्ने र केहि समय पछि त्यसलार्इ सुधार/परिवर्तन गर्ने, विगार्ने, भत्काउने कार्य संस्कारकै रुपमा विकसित गराएका छन । यो कार्य दुरदृष्टिको अभाव वा अयोग्यताको कारणले पनि हुने गरेको छ । जस्तो पछिल्लो पटक माओवादीका नेताहरुले कहा के बोले । पछि आएर सच्चाउदै हिड्ने तथा आफ्नो गल्ति सुधार्नु साटो आफै अरुलार्इ विरोध गर्ने, आफै अरुलार्इ दोष लगाउदै हिड्न थाले । के यो आफैले थुकेको थुक चाटे सरह होर्इन र ? क्रान्तिकारी भनाउदा सार्वभौम संस्थाका नेतृत्वदायी समुहको यस्तो हविगत छ भने झन अरु क्षेत्रमा के अवस्था होला ? हुन त माओवादी मात्र नभै अन्य राजनैतिक दलका नेताको पनि चाला उही नै छ । यस्ता केटाकेटि खेल जस्तो कामले जनतामा अविश्वास सृजना हुन पुगेको छ र यो निरन्तर भर्इ रहे निराशा र निराशाको परिणाम त झन ठुलो दुर्घटना हुन सक्ने छ।

अर्कोतिर नेपाल जस्तो गरीव मुलुकमा गठित धेरैवटा पार्टीहरु पार्टीसंचालनको विबिध पक्षमा आर्थिक समस्याहरु ब्यहोरी राखेका (झेल्नु परेको) हुन्छन् । त्यसबखत विभिन्न व्यापारि वा तस्करहरु संगको बाध्यतापुर्ण सम्बन्धले सो पार्टी सरकारमा पुगेको बखत तस्करहरुले अबैध कार्यको संरक्षणको अबसर प्राप्त गर्दछन् । त्यसले राजनितिलार्इ कालाबजारि, घुषखोरी, तस्करी लगाएतका कार्यहरुको पर्र्यायको रुपमा वदनाम गर्ने मात्र होर्इन जनतामा राजनैतिक नेतृत्वप्रति बितृष्ण/घृणाभाव जागृत भर्इ पलाएनवादिताको बिकास हुन थाल्छ । आफ्नो पक्ष्ँको सरकार आएको वखत भरपुर उपयोगको निति लिर्इ कर्मचारीतन्त्र नै राजतिनिकरणको भुमरिमा अनायासै पुर्याउछ । एकपटक निजामति कार्मचारी राजनितिकारणको सिकार भर्इ सरकारमा निजमति कार्मचारीहरुले राजनिति गर्न थाले पछि बुझे हुन्छ देश पतनको बाटो गयो भनेर । नेपालको अहिलेको बिडम्बनायुक्त अवश्थाको धेरै मध्य एक प्रमुख कारण यहि नै हो । देशमा गणतन्त्र आए पछिको यो एक वर्षमा त झन चोरी सीकारी तथा ठगीको विगविगी बढेको छ । अस्ती भर्खर मात्रको घटना हो । ललितपुर नीवासी एक नेवार जातीको घरमा भाडामा बस्ने बस्ने एक परिवारले २ वर्ष सम्म घरभाडा नतिरि घरै मेरै हो भनि जिद्दी गरे पछि न्यायको ढोका ढकढकाउन सर्वोच्च अदालत सम्म पुग्नु पर्यो । सर्वोच्चमा पुगेर फैसला घरवालाको तफ भए तापनि माओवादी निकटका वाइ सी एल भनाउदाहरुले वकिल,समाज र घरवालाहरुलार्इ ज्यान मार्ने धम्कि दिइ रहेको कारण कैयौ महिना सम्म वकिल लगाएत घरवाला लुकेर हिड्ने अवस्था आयो । त्यस बेला न त प्रहरीले नै सहयोग गर्न सके न त अन्य कसैले बल्ल तल्ल आफ्नो आफन्तको सहयोगका कारण माथिल्लै तहमा कुरा पुराए पछि मात्र उक्त ब्यक्तिलार्इ घरबाट निकाला गरियो । आफ्नै घरमा आफ्नो स्थान सुरक्क्षित पार्न त यस्तो महायज्ञ गर्नु पर्छ भने अन्यत्रको त कुरै नगरौ ।

जहा सम्म भन्सार ठगीको कुरा छ, सर्वसाधारण जनताले थोरै झोलामा पोका पारेर ल्याइएका समानको पनि भन्सार कर तिर्नु बाध्य बनाइन्छ भने नेता तथा सरकारमा रहेका मानिसको आफन्तहरुको छ भने ट्रकका ट्रक समानको पनि केही तिर्नु पर्दैन । यसरी हेर्दा नेपालमा बनेका नियम तथा कानुनहरु हामी सर्वसाधारणलार्इ मात्र हो जस्तो छ । जो पार्टी तथा सरकारका माथिल्ला तहमा पुगेका राजनेता तथा नेत्रीका लागि साथै उनीहरुका भाइ भतिजा साखा सन्तानका लागि होइन । किन भने भन्सार छलिएर आयातित सामान होस वा भंसार छलेर निर्यात गरेका सामानमा सरकारमा रहेका मानिसहरुको निकै ठुलो हात रहेको देखिन्छ । भनेको सुनिन्छ, नेपालका विभिन्न नाका तथा भन्सारबाट मल, ग्यास लगाएत विभिन्न प्रकारका सामानहरु ट्रकका ट्रक विना भन्सार तिरी भित्रि रहेकाछन्, भने ट्रकका ट्रक काठहरु निर्यात भै रहेका छन् । कार्वाहिको लागि भन्सारमा पुराइएको सामान पनि माथिल्लो ओहदामा रहेका नेता तथा मन्त्रिहरुले भन्सारका कर्मचारि तथा उक्त क्षेत्रका सुरक्षा कर्मि कहा धम्कि पूर्ण फोन आए पछि विना कार्वाहि छोडिन्छन् ।

यसरी संविधान निर्माण कर्ताहरु काठ तस्कर तथा विभिन्न सरसमान विना कर भित्राउन तिरै लागि रहने हो भने कस्तो होला हाम्रो नेपाल ? जब भन्सार छलिको काम सुरु हुन्छ त्यहि बाट घुसखोरीहरुको पनि जन्म हुन जान्छ साथै यहि कारणबाट असन्तुष्ठि र सामाजिक अपराध पनि । आफ्नो पेशा प्रतिको बफादारीता निभाए तापनि जस नपाइने हुनाले कर्मचारीहरु नचाहदा नचाहदै पनि सामाजिक अपराध तिर धकेलिन थाल्छन् । कर्तव्य पालनाको क्रममा केही भन्सार छलि आयात तथा निर्यात गरेको पाइएमा कार्वाही गर्न तिर लागेमा मन्त्रि तथा सांसदको धम्किपूर्ण फोन आउन थाल्छन । आफुले गलत काम न नगरी धम्की सहनु पर्दाको पिडा त छदैछ फेरी सरुवा या त ज्यानै मार्ने धम्कि पनि आउन सक्छ किन भने नेपालमा मानिस मार्नु एउटा सडकको भुस्याहा कुकुर मार्नु सरह भएको छ । नेपालमा अहिले नत शान्ति छ न त सुरक्षा नै ? केही नभए पछि आफनो ज्यानको सुरक्षा गर्नका लागि नै भए पनि अपराधी गिरोहका नाइकेहरु संग मिल्नु पर्ने बाध्यता नै हुन सक्छ । तर जे सुकै भए पनि नेपाल जस्तो संयुक्त परिवारको पृष्ठमुमी भएको देशमा ती पहिले शासन गरेका र नयां आउने शासकहरु विचमा पुस्तौनि वा सगोत्रिय नाता सम्बन्ध कायम रहने हुदां सामाजिक दवावकै कारण पुरानो ब्यवस्थाका अपराधिहरुलार्इ कार्वाहि गर्न नसक्नु तथा दण्डहिनताले प्रश्चय पाएको छ । राज्यको उच्च तहमा नै दण्डहिनता प्रस्ट देखिएपछि तलसम्म कानुनलार्इ अटेर एवं अपमान गर्ने कार्यको बिजारोपण भर्इ राज्य अराजकताको बाटो तफ धकेलिएको प्रष्ट छ ।

राज्यको महत्वपुर्ण अवयवहरु र व्यवस्थापनमा परिवर्तन आएता पनि संस्कार, चिन्तन र दर्शनमा परिवर्तन नआएको कारण जनतामा पुरानै रक्सि नयां शिशि भन्ने गहिरो छाप परेको छ । गणतण्त्र नै आए पनि सरकार नै फेरीए पनि सरकारमा पुगेका नेताहरुको काम गर्ने सैली अझै फेरीएको छैन । यी पुरानो संस्कार र चिन्तनको गन्धका उदाहरणहरु हजारौको संख्यामा देखिसकेका छन् । खुला सिमाना भारतिय अतिवादिहरुको समर्थन तथा घुसपैठ र बेरोजगारीको सम्ास्या लगाएतका विभिन्न गंजागोल अहिले नै शान्त होला जस्तो छैन । पार्टीहरुको हालको हर्कत वर्गत हेर्दा अब पनि घुसखोरी अपराधिहरुलार्इ कार्वाहि गर्ने छाट देखिदैन । त्यसको मतलब राजद्रोहि शक्तिहरु र हिजोका सामान्ति शक्तिहरु फेरीपनि फुक्का रहने र नेपालको अशिक्षित समुदाय अनि निरास समुहहरुलार्इ परिचालन गरि देशमा एक किसिमको आतंक वा राष्टि्रय अस्थिरता फैलार्इरहन सक्ने सम्भावनालार्इ अहिले कम्तिमा नकार्न सकिदैन ।

मुल्य बृद्धि र देशमा बढ्दै गएको बेरोजगारिको कारण उत्पन्न हुने सबैखाले बिकृतिहरुलार्इ परिचालन गरि आफनो पक्षमा प्रपोगाण्डाको लागि होस वा र्युमरको लागि निश्चित रुपमा कुनै पनि अपि्रय घटनाको संभावना रहिरहन्छ । ब्यक्ति ब्यक्ति मिलेर परिवार बन्छ, अनि परिवार परिवार मिलेर गाउ/समाज बन्छ अनि त्यो गाउ/समाजहरु मिलेर बल्ल राष्ट्र बन्ने हो । अब राष्ट्र बन्न लार्इ समाज बन्नु पर्यो र समाज बन्नलार्इ परिवार बन्नु पर्छ ।

ब्यक्ति ब्यक्तिमा परिवर्तन आएन भने सिंगो राष्ट्र बन्नलार्इ ब्यक्तिको स्वभाव, चिन्तन, वानि व्यहोरा अनि क्षमतामा बृद्धि र बिकास हुनु पर्दछ । त्यसनिम्ति देशवासिले सुझबुझका साथ बृहत रुपमा राष्ट्रलार्इ समाहित गर्न सक्ने पार्टी वा नेतृत्व छनौट गर्नु पर्ने र समानुपातिक प्रतिनिधित्वको समावेसि वा समुहिक अवधारणा विकास गराउन जरुरी छ । त्यहि क्रममा आजहामीले बाबुराम भट्टराइलाई प्रधान मन्त्रिको रुपमा पाएका छौ जो बिचारका लागि योजना बनाउनका लागि र देशलाई सहि दिशामा लैजानका लागि अरु भन्दा उपयुक्त प्रधानमन्त्रि हुनेछ भन्नेमा जनता बिश्वस्त छ । सुरुवात राम्रो रहेतापनि अघिल्ला सरकारले भोगेका तिता ठक्करहरुलाई लत्तारन सकियोस हाम्रो शुभकामना। चुनौति कम छैनन् आफ्नै पार्टी भित्रपनि अन्तरद्वन्द चर्किरहेको छ । आफै आफै विचमै बैमनस्यता उब्जाइ बाझो हाल्नेकाम सुरु भै सकेको छ । तापनि हामीले देखेको सँभावनालाइ पुरा गर्ने प्रधानमन्त्रिको प्रमुख दायित्व हो । यसर्थ शान्ति प्रकृयालाई अघि बढाउने स‌विधान बनाउने प्रकृयालाइ चाडो भन्दा चाडो बिन्दुमा पुराउने लगाएत झिना मसिना लाग्ने कुराहरु लाई पनि प्राथमिकतामा पार्नु टटकारो आवश्यक्ता हो । गरिव निमुखा जनतालार्इ चर्का भन्सार असुल्ने, सामान्य जनताले चेलिबेटि बेचविखन गरेको भेटेमा कार्वाही गर्ने तथा सरकार संचालनमा रहेको ब्यक्ति निकटका मानिसहरुले जत्रो सुकै अपराध गरे पनि दण्ड नहुने हो भने यो देशले कहिले पनि कोल्टो फेर्न सकिदैन ।

त्यसैले अहिले गठित नया सरकारले यो दण्डहिनताको अन्त्य गरिनु पर्छ र म जस्ता सर्वसाधारणले पनि चैन र आरामको जीवन ब्यतित गर्न पाउनु पर्छ । देशले राजनैतिक निकास मात्र खोजी रहने, ६, ६ महिनामा पालो फेरी फेरी सरकार मात्र फेरी रहने र एक अर्का संग नमिलेर अरुको खुट्टा तान्ने प्रयत्न मात्र गरि रहने हो भने म जस्तै करोडौ नेपालीको भविष्य अन्धकार छ । त्यसैले शान्ति सुरक्षा र अमन चैनको स्थीति सृजना गराउनु सरकारको अहिलेको तात्कालिन कर्तव्य हो । शान्ति सुरक्षा नै अहिलेको आवश्यकता पनि हो त्यसैले बन्द, हडताल र दोषारोपनको राजनीति बन्द गरिनु पर्छ । आपराधिक घटनामा संलग्न दोषिहरुलार्इ नेता तथा मन्त्रि नै भए पनि कार्वाही गरिनु पर्छ । अब नया ढंगले सहमति खोजिनु पर्छ नत्र पुरानै सैलीका ब्यवहार भर्इरह्यो भने फेरि पनि विकासले छलाङ मार्ने सम्भावना कमै रहन्छ ।
जय होस नेपाल र नेपालीको अनि जय होस हामी सबैको

1 comment:

Anonymous said...

Excellent article. I will be facing many of these issues as
well..

My web site; football 3rd kit