Monday, May 4, 2009

कबिता

खास गरि यो कबिता दश बर्षमा नेपाललाइ स्वीट्जरल्यन्ड बनाउने बचन दिनेहरुको लागि

बचन माग बचन दिन्छु
माया माग माया दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर सितलता दिने
बृक्ष सहितको छाया दिन्छु ।

जीवन माग जीवन दिन्छु
जोवन माग जोवन दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर ताल परेमा
मायाको दोमन दिन्छु ।

सुख माग सुख दिन्छु
खुसी माग सारा खुसी दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर जीन्दगीको
यात्रा सँगै तिम्रै नाममा बन्दग बसी दिन्छु ।

1 comment:

Unknown said...

क्या झक्कस पोस्ट अलि ढिलै भए नी हेर्न पाएँ मन बुझ्यो, बहिनी हो नेपालमा दुखीहरुलाई सपना देखाएर सानो सानो बहाना बनाउदै आफ्नो टाउको जोगाउनेलाई यो मजाको झट्का रहेछ खुशी लाग्यो हो कलमबीरले कहिले काहीँ यस्ता झटका दिन पनि सक्नु पर्छ।