Sunday, August 1, 2010

डु मि फेभर प्लिज



जुन गोरुको सिङ छैन उस्कै नाम तिखे । जुन देशका मान्छे चाही नाइटो झरी नसकी चुरोट र बियर खान्छन, त्यही देशमा कानुन लाउछन १८ बर्ष नपुगी चुरोट किन्न नपाइने, २५ बर्ष नपुगी अल्कोहल (रक्सि) किन्न नपाइने साथै डि भि डि किन्न पनि चलचित्र अनुसार १२ बर्ष १५ बर्ष १८ बर्ष पुरा भएकै हुनु पर्ने रे बिचित्रको नियम कानुन।
हाम्रो देशमा जता सुकै जस्ले सुकै चुरोट होस वा रक्सी किन्न र खान पाइन्छ तर खै बेलायतको कानुन तिनै खैरेले जानुन् । म बेलायत पसेको झण्डै एक बर्ष भयो यति सम्ममा चुरोट र बियर नखाने मान्छेहरु सायदै देखेकी छु । हुन त खाने मुखलाइ जुँगाले कहा छेक्छ र? स्कुले बिधार्थीहरु बुङ बुङती धुवा उडाउदै दगुरी रा छन्,बस भित्र र ट्रेन भित्र धुवा उडाउन नपाइने हुनाले जब बस वा ट्युवबाट बाहिर निस्केर हतार पर्छ मुख झोस्नमा। अफिस भित्र पनि खान नपाइने हुनाले काम गर्यो गर्यो ५ मिनेटको ब्रेक लिएर हतार पर्छ ढोका बाहिर उभिएर धुवा उडाउन तर अचम्म लागेको चाही के भने यहाका जुन तुन पसलमा रक्सि र चुरोट किन्नै पाइन्न । सरकारी लाइसेन्स प्राप्त अफ लाइसेन्स तथा अन्य ठुला सुपरमार्केट जहा पनि २५ वर्ष नाघेकोले मात्र किन्न पाइने । अलि सानो दारको कलिलो जस्तो मानिसको लागी यो पिडा नै हुन्छ । त्यै भएर अफलाइसेन्स पसलको बाहिर तथा सुपरमार्केट वरिपरि स्कुले नानीहरु लाइन लागेर बसेका हुन्छन सहयोग माग्न । एक्सक्युज मी प्लिज, डु यु ह्यभ आइ डी, डु मि फेभर प्लिज? भन्नेहरु टन्नै हुन्छन।



साना उमेर नपुगेकाहरुलाइ त ठिकै छ रे तर उमेर पुगेकै भए पनि साना दारका मानिसलाइ पनि गाह्रो पार्छ यो देशको कानुनले । एक पटक मेरी इन्डीएन साथी मेघना र म बजार गएका थियौ । उनि म भन्दा अझै जेठीहुन उमेरले तर उचाइमा सानी मुहार पनि बच्चा जस्तो भएकीले उनलाइ चुरोट किन्न नदिने रहेछ । मलाइ आफु नखाने हुनाले यस्तो नियम खासै याद गरेकी थिइन तर जब उनले मलाइ उनको काड हातमा थमाइ पिनकोड बताउदै चुरोट किन्न लगाए पछि म दँग परे ।

मेघनाले चुरोट खान थालेको ५ बर्ष भएछ तर उनी यहा आएकी भने भर्खरै मात्र हुन । उनले चुरोट पिउन सिकेको उसकै भारतमै रहेछ । भारतमा पनि रक्सि चुरोट होस वा दवाइ जे पनि नेपालमै जस्तो सजिलै जस्ले पनि साथै जहा पनि किन्न सक्ने हुनाले खासै अप्ठेरो झेल्नु परेन । तर जव उनी बेलायत छिरीन हरेक पटक चुरोट खाने बेलामा अलि ठुलादारका साथीको आवश्यक्ता परेको रहेछ । म सँग पनि आइ डी थिएन त्यो दिन उनले भनिन "आइ डि मागी हाले छ भने चै नकिन्दा हुन्छ"। तर भाग्य त्यसको दह्रै परेछ मलाइ कुनै रोक टोक बिना चुरोट कि्नन दिइयो । उनको बैङ्कको कार्ड र चुरोटको डब्बा हातमा थमाउदै यस्तो सास्ती झेल्नुको सट्टा चुरोट खानै किन छोड्दिनौ मैले प्रश्न पनि गरेकी थिए एक पटक । हतारले चुरोट सल्काउदै बोलिन "लागेको बानी त्याग्न त्यति सजिलो कहा सकिन्छ र?" हुन पनि होला खाइ राख्नेहरुलाइ तलतल त लागी हाल्ला।

त्यो थियो मैले लण्डनमा पहिलो पटक चुरोट किनेको । त्यस पछि पनि एक दुइ पटक भाइहरुको लागी चुरोट किनी दिएकी थिए बिना आइ डी नै । आफै नखाए पनि हामी जनजातीको कोसेली बोक्नु पर्ने बानी दिदीहरु सँग पसल जादा घर प्रयोजनको लागी होस वा कोसेली लैजान धेरै पटक नै वियर,ह्विस्की अनि पोर्ट किनेकी थिए। तर आज धेरै दिन पछि फेरी घरमा पाहुना आउने हुनाले नजिकैको पसल गएकी थिए, तर दुर्भाग्य आइतबार भएकोले ४ बजे नै बन्द भै सकेको रहेछ । त्यसैले अलि टाढाको सुपरमार्केटमा गए । अन्य सरसामान सहित एउटा ह्विस्कीको बोटल पनि साथमा राखेकी थिए,सबै समानको हिसाव जोड्दै जादा मेरो अनुहार तिर पुलुक्क हेर्दै फुच्ची कर्मचारीले भनिन डु यू ह्वाभ योर आइ डी प्लिज?
सानी सानि चिटिक्क परेकी ति फुच्चिले मलाइ खै किन त्यस्तो प्रश्न गरीन मै खँग्रङ्ग भए । म सधै झै लागेर केही नबोकी हिडेकी थिए । सरी आइ डोन्ट ह्यभ माइ आइ डी नाउ भने पछि उसले मिसिक्क हास्दै बोटललाइ उता राखेर भनि सोरी वि कान्ट सेल यु विदाउट योर आइ डी ।

म छक्क परे,घरमा पाहुनाहरु आइ सक्नु भएको छ । मैले जसरी पनि लानु छ। त्यसैले म २५ नाघेको जानकारी गराउदै बेच्न अनुरोध गरेँ । मैले भने मलाइ हेर्दा तिमीलाइ त्यस्तो बच्चा जस्तो लाग्छ? पहिला पनि मैले धेरै पटक किनेकी छु । उनले नजिकैको अर्को साथीलाइ सोधिन सालिनी लुक एट हर वान्स, क्यान वि सेल दिस अल्कोहल विदाउट एनी आइ डी? हतारमा ग्राहकको विल काट्दै बोलि सरी डार्लीङ वि कान्ट सेल यु विदाउट आइ डी ।
हे भगवान सधै अरुको लागी किनी दिने मान्छे आज आफै भन्न बाध्य भइयो डु मि फेभर प्लिज ।

3 comments:

वेदनाथ पुलामी said...

हाहा हाहा ...... !! मनु जी ... यो नियम कानुन पनि गजब को हुने .........
बुझेरै नसकिने !
जेहोस मज्जाले आफ्नो कुराहरु सुनाउनु भो ...राम्रो लाग्यो ! यस्ता कुराहरु फेरी फेरी पनि लेख्दै गर्नुस है !

मनु ठाडा मगर (MANU) said...

धन्यबाद बेद जी । हो नी है यो नियमले पनि कैले काही त अप्ठेरो नै पार्छ । सके सम्म लेख्ने कोशीश गर्ने छु ।

Amrit Rupak said...

मनु जि मैले पहिलो पटक तपाईंको ब्लग पढ्ने मौका पाए, लेख, रचना अनी लेखन सैली निकै राम्रो लाग्यो, हुन त मैले पहिलो पटक हेर्दाइ छु सबै हेर्न बकिछ, तपाईंको बारेमा नेपालको ठेगाना, अनी त्यहाँको बसोबास्को बारेमा हेर्न कहाँ क्लिक गर्नु पर्छ?