Monday, August 9, 2010

शान्ति हराएकी छन्

शान्ति हराएको पनि बर्सौ भै सक्यो, मर्यो या बाचेको छ कसैले भन्न सक्दैन । कठै अध्यारीरात उत्तिकै छिप्पिएको छ वरी परि । हत्या हिसाँ र आतँकले आफ्नो अस्तित्व नै गुमाइ सक्यो भन्छन सबै , कुरा सुन्छु नाना थरी , मन खेल्छ घरी घरी । कोलाहलले उनिको पहिचान नै बाग्मतिको किनारमा सेलाइ सक्यो कि, कतै पापी नर्कका दानवहरुले उनको अस्तित्व माथी नै खेलवाड गरि रहेछन् की ? शङ्का आशँकाले यो मन भत्भति पोलेको छ । मानिसले मानिस काटे पनि यो पापी मन न हो बाटो हेर्ने गर्छु अझै घरी घरी । उनि हिडे देखि फर्केर आउने दिनको लागी बिच्छ्याएका मेरा यि दुइ नयनहरु अझै पनि उठाउन सकेकी छैन । उनको आगमन नहुन्जेल सम्म उठाउन्न पनि । आश गर्छु अझै शान्ति नआए पनि खवर बोकी आउने छन एक दिन उनकी प्यारी चरी, त्यस पश्चात सबै खवर लैजाने छन नौ डाडा पारि नै भए पनि त्यस पश्चात पुन फर्केर आउने छिन शान्ति आफ्नो जन्म घर । डर त लागेको छ कता कता। बाबै नि त त्यै चरिको पनि पखेटा काटी दिए भने ति पापीष्ट नरभक्षीहरुले । बर्वराउछु म एक्लै एकान्तमा ।



हावाका झोकाहरु सल्लाका पातहरु सँग सुसेलि खेल्दै आउदा लाग्छ शान्तिकै आगमन हो । आभाष न हो एकै छिनमा वास्तविकतामा परिणत भै दिदा फेरी नौ नाडी नै फतक्क गलेर आउछ । सम्झाउछु आफ्नै मन जता ततै कोलाहलले कलिलो शान्तिको मन डराएर लुकी रहेकी होलीन यतै कतै । सिहँदरवार देखी बिरेन्द्र अन्तराष्ट्रिय गृह सम्म पापिष्ट दानवहरुको लर्कोले बाटै कोलाहल मच्चाएका छन् भन्छन । मनभरी पिडाका ज्वालाहरु लप्का लप्का भएर दन्किरहेछन। गर्न सक्ने हुती नभए पछि एक्लै भुन्भुनाउनु सिवाए अरु के नै साहारा छ र ममा ? आफु पनि लँगडो भइयो । न त ति कुबुद्दीले गलेका ब्वासा तथा सुन्दरीहरुको नौटङकी हेर्न नै पाइन्छ, न त तिनका मुखमा कालो मोसो दल्न नै । कठैबरा भन्दिने नि कोही छैनन् हरे के दशा लागेको होला हाम्रो घरलाई ।

हिजो सम्म त एक झिनो आशा थियो शान्तिको खोजी गर्न कोही उठ्लान । कसै न कसैको कानमा त पश्ला र घच्घचाउला भन्ने लागेको थियो तर सबै नरभक्षीहरु रहेछन बाबै सबै जना स्वार्थले लुप्त । देखावटी दुइ दात ङिच्च देखाइ सबै जना एउटै थालमा खादै चुठ्ता रहेछन्। ढुकुटीको खजाना तै बाझे मै बाझे जस्तो गरेर मिलोमतोमा रित्ताउदा रछन। मन अमिलो गरि कुडिए पछि भन्न मन लाग्छ कठै शान्ती तिमी कुन दिनमा यो घरमा जन्मेकी थियौ ? तिम्रा दाजु भाइ दिदी बहिनी काका काकी कसैलाइ तिम्रो मतलब छैन । सबै जना कानमा तेल हालेर बसेका छन।

माङेरै भए पनि खान पाएकै छन्। पल्ला घर माथ्ला घरका कुरौटेहरु आएर कान भरि दिएकै छन् । अरुत के जानेका होउन र? आगोमा घिउ थप्न मात्र जानेका छन तिनले । एकले एकलाई उचाल्छ अर्को आएर अर्कोलाइ, ताल परेमा चर्को गरी थेचार्छ पनि । घरकै दाजु र काका बिचमा कुराहाला हाल गरेर दुश्मनी बढाइ दिएकै छन् अरुले। हुन त तिनको पनि केही दोष छैन । घर भित्रका मानिस आफु आफु मिले पो अरुले हेप्दैनन् । यहा त सबै आफै आफ ठुलो पल्टिन्छन् बाबै कोही छैन सानो । कसैले कसैको कुरो सुन्ने भए त हो नी । घरको मुली कोस्लाइ बनाउने भन्ने कुराको निर्क्यौल गर्न पनि पल्ला घर मात्र हैन पल्ला गाँउ नै पुग्नु पर्ने अवस्था आइ सक्यो । मुलि बिनाको घर र मुखिया बिनाको गाउ कहा बसि सक्नु छ र? साच्चै अव त अति भो । शान्तीको अनुपष्थितीमा कति घटना दुर्घटना भै सके दैव लागे पछि यस्तै हुन्छ भन्थे हो कि क्या हो ?

दिन बिते, रात बिते हुदा हुदा बर्षौ भै सक्यो अह अझै पनि आइनन्। शान्तिको खोजिमा मसिना भाइ बहिनी सधै रोइ रहेछन् । उनका सच्चा अनुयायीहरु अझै बाटो हेरी रहेकै छन्, अरु केही भुस्याहा कुकुरहरु पनि उनकै अनुयायी बनेर धमधडाक तहल्का पनि मच्चाउन थालेका छन्। कहिले उटपट्याङ काम गर्छन त कहिले आफ्नै साथी सँगीलाइ जाल हान्छन । जोरी पारी सबै हासी सके कसैले शान्ति फर्काउन आटेनन् । वास्तविक खोजी घर भित्रकै ठुला बडाले गरे त पक्कै पनि फर्केर आउने थिइन तर के गर्नु बिडम्बना कसैलाइ के को सुर कसैलाइ के को सुर घर ज्वाइलाइ खान कै सुर ।

दिन दिनैको मँहगी, हत्या हिँसा अराजकताले थोरै मात्र बचेको यो आश पनि निभ्ने भो साझको दियो झै गरी । फगत कति लाई सोधु म तिमीले शान्तिलाई देख्यौ भनेर ? कतै देखीन मात्र सुन्नु पर्छ । विना बाबुको छोरोलाइ सबैले हेप्छन हाम्रो समाजमा, हाम्लाइ पनि त्यही दुख हुने भो । दुनिया जोरी पारीले सोघ्छन तिम्रा घरमा के भएको हो अचेल जहिले झगडा कुटाकुट मात्र हुन्छ । म जाबो दुर्वल के जवाफ दिउ खै ? जिस्काउछन अचेल त तिमीहरु त पानीका धनी, स्रोत र साधनका धनि खै त जहिले तिम्रो घर अन्धेरीरातमा चुक घोप्टाको जतिकै । म मुर्ख मनुवा के जवाफ दिउ खै । एउटै कुरा उत्तर दिएर टार्छु सबैलाइ घरकी जेठी छोरी शान्ति हराएकी छ, सबैलाइ उनको चिन्ता छ त्यसैले यस्तो भएको हो । घरको रेखदेख देखि सबै कुरा उनले गर्थिन अहिले उनि केही वर्षका लागी भुमिगत भएकी छन् जव उनी फर्केर आउछिन घरका सबै मपाइको हुँकार डगुरेर बसेका हरुलाइ गलहत्याउनेछन तब सबै ठिक हुन्छ ।

3 comments:

Dambar lungkhim said...

मनु जी लेख निकै रोचक लाग्यो । यो लेखलाई त त्यो चिठ्ठी अदानप्रदान गर्ने चरीलाई दिएर सिङहदरबारमा पठाइ दिनु पर्ने । ता की शान्ति दिदीको हत्यारहरुको चेत आउने थियो की ? मनु जी तपाईंको यो लेखमा मैले गाली गर्ने ठाउ भेट्नै सकिन । तर गाली बाहेक धन्यवाद त दिन सक्छु नी! बधाई छ । फेरी फेरी यस्ता लेखहरु लेख्दै जानु होला ।

दूर्जेय चेतना said...

मेरी गाउँकी, तपाइकी गाउँकी र उनकी गाउँकी सबै सान्तिहरु हराएकी छिन् के गर्नु.. हराउनु र मेटिनु नियती भयो..
साह्रै मन छोयो यो लेखले...

मनु ठाडा मगर (MANU) said...

धन्यबाद डम्वर ज्यु र अर्जुन दाज्यु दुबै जनालाइ ।