Friday, August 6, 2010
उर्गेनको घोडा
पुस्तक: उर्गेनको घोडा
लेखक: युग पाठक
प्रकाशक: साग्रिला बुक्स प्रा लि
पृष्ठ सँख्या: २५४
मूल्य रु: २७५
विधा : उपन्यास
नेपाली इतिहासमा दोश्रो जनयुद्द सकेर अर्ध मृत अवस्थामा देश अगाडी बढी रहेको छ। देशमा राजतन्त्र फालियो गणतन्त्र आयो तर पनि जनताले चाहेको वास्तविक प्रजातान्त्रिक लोकतन्त्र स्थापित भै सकेको महसुस गर्न पाइएको छैन । तर जति पनि परिवर्तन महसुस गरेका छौ त्यसको पछाडी दोश्रो जनयुद्दको ठुलो हात छ भनेर हामी भन्न सक्छौ । राजतन्त्र र राणातन्त्रको दमन पछि उर्लेका बिद्रोहको लहरले उब्जाएको खैलाबैला साथै जातिय दमनको प्रतिशोध बोकेर उत्रेकी एक तामङ युवती म्हेन्दोको सेरो फेरोमा रहेर लेखिएको उपन्यास हो उर्गेनको घोडा। तामाङ वस्तिमा प्रचलित किवँदन्तिलाइ आधारमानेर कल्पनामा उमारीएको एउटा चित्रले उपन्यासकी प्रमुख पात्र (नायिका) म्हेन्दोलाइ उपन्यासको अन्त्य सम्म पछ्याइ रहन्छ । पाँच मुख्य भाग भित्र २६ वटा अँशको उपन्यासले जनआन्दोलन, बिद्रोह, केही अँश जातिय पहिचान, रोमान्स, मित्रता आदी सम्पुर्ण पक्षलाइ समेटेको छ ।
जनयुद्दलाइ मुख्य आधार बनाइ लेखिएको यस कृतिमा साहित्यिक शब्द भण्डारलाइ सके सम्म प्रयोग गर्न लेखक सफल छन। उत्तर तिरको पहाडको चेपबाट फुत्त खोला निस्किएको थियो र बिचमा प्रशस्त बगर फेलाएर दक्षिण पट्टि निकै पर पुगेर पहाडको अर्को चेपमा हराएको थियो । विस्तीर्ण बगरको बीचमा खडेरीको यावेङ खोला दुब्लाएको थियो तै पनि उसले सुसाउन छाडेको थिएन । ठुल्ठुला चट्टानहरु यत्रतत्र थिए । नीहरु बगरै बगर हिँडेर पल्लो भित्ताको सेपबाट बगेको खोलानेर पुगे । पृ ४७
कथामा घोरीएर पढ्ने हो भने कुनै कुनै ठाउमा आफैले देखिरहेको दृष्यझै महसुस गर्न सकिन्छ । लेखकले यस उपन्यास लेख्नमा निकै गहिरो अध्ययन गरेका छन भन्ने कुरा यस भित्र प्रयोग गरिएका तामाङ भाषाका वाक्यहरु तथा तामाङ समाजको वास्तविक चित्रण गरि बर्णन गरिएका बाक्यहरुलाइ लिन सकिन्छ । तामाङ जातिको उत्पिडनलाइ लिएर कथा अगाडी बढेको छ । यसका साथै उनिहरुको चालचलन भाषा शैली तथा सँस्कृतिलाइ सके सम्म उतार्न सफल छन् । आफ्ना जातिय अस्तित्वका लागी आफ्नै जातिय इतिहासको उत्खनन गरेको साथै अन्य जातिकै भए पनि समाज सेवी तथा चेतनाका अग्रदुत रुपचन्द्र बिष्टले नै तामाङ बस्तिका सोझा सिधा जनतालाइ आफ्ना हक हितका बारेमा जागृत गराएइएको कुराहरु पनि मिसाउन भ्याएका छन । चलाउछ तेरा पुर्खाले जङ्गेका कानुनले चलाएको चलन हो यो ।तेरो सँस्कृतिमा दशै पर्छ। दशैको देउता छ कोही उनले उतेजित भएर बोल्न थाले पछि उनका लामा लामा हातहरु रिसाएको सर्प झै हल्लन्थे । ल कतै बाट पत्तालगाएर देखा मलाइ । राणा शासनले चलाएको चलन हो यो । दशै तेरो जातलाइ थोपरिएको थियो । यो कुखुराको सिउर टासेको छस नी पञ्जा छाप लगाएको छस सव राणा शासनलाइ देखाउने प्रमाण हो । तलवार देखाएर चलन चलाइ दियो राणाले आज सम्म पछ्याइरहेको छ । आफ्नो अस्तित्व आफ्नो इतिहास सव भुले पछि मान्छे जनावर नभएर के हुन्छ ?तहरुलाइ जाँड खाने अनेक चाडपर्व चाहिएको छ । अपराधिले चलाएको चलन खुरु खुरु मान्ने कहिले सम्म हो ? पृ ७०
पहाडी जनजीवन, तामाङ जातीको इतिहास, महिला छापामारको कथा सबैलाइ एकै ठाउ समेट्न सफल छ । युद्द कसरी गरे, युद्दमा हिडेका क्रान्तिकारीहरुले कस्तो कस्तो दुख भोगे, उनिहरुको मानसिकता लडाइका बेलामा कस्तो हुन्छ भन्नेकुरालाइ समेत राम्रो सँग चित्रण गर्न सफल छन लेखक। पात्रहरुको दर्दनाक दुखलाइ साच्चै युद्दमा होमिएका पाठकहरुले आफ्ना कथा र ब्यथालाइ सजिलै सँग दाजेर आफैलाइ काल्पनिक पात्र बनाइ उभ्याउन सक्ने गरी साहित्यिक छन्दले बाधिएको छ । हाल नेपालका बिभिन्न भागमा जातिय प्रान्तको घोषणा र कतै कतैका बिधालयहरुमा आफ्नै भाषाबाट अध्ययन अध्यापन सुरु गरेको कुरालाइ पनि समेट्न सफल छ । " खरायोसे सोँच्दिजी निन्द्राकी नुङसी पङस्यै ङै थेदा छ्योङसी टाँला । कछुवा विचारा लानन् थारेङ लिच्छा घिस्रिदिवल्येङ मुबला । थे मेर्जी अनि थे भुसुक्कै निन्द्राहाजीम् ।" पृ ४३ (यहा निन्द्र कछुवा र खरायोलाइ उहि नै नाम दिइएको छ तामाङ भाषामा यिनीहरु सबैको आफ्नै नाम थियो जस्तो लाग्छ मलाइ हुनत मेरो गाउको भाषा र मकवानपुर तथा त्रिसुली तिरको तामाङ भाषामा अलि फरकता पाइन्छ)
उपन्यासको सुरुवात एक पाठकले भुमिगत पत्रिकामा छापिएको उर्गेनको घोडा नामक उपन्यासको पहिलो भाग बाट सुरु हुन्छ। उपन्यासको एक पहिलो खण्ड सलल बगेको छ । सरल र सरस भाषाशैलीमा लेखिएको छ कथालाई आम पाठकले सजिलै बुझ्न सकिन्छ भनौ कथा कथा जस्तै भएर अगाडी बढेको छ । उपन्यासको दोश्रो भाग तथा अँश ६ सम्म सजिलै बुझिए पनि अँश सातबाट कथा अन्तै तिर मडारिन पुग्छ । कथा भित्र पनि अर्को कथा थपिएको भान हुन्छ । कथा कथै भित्र सिगौरी खेलेर यता र उता हुदै जादा विर साहसी योद्दा कमरेड म्हेन्दोले साहदत प्राप्त गर्छिन र उनको कोखबाट जन्मिएकी सानी फुच्चिको नाम पनि म्हेन्दो नै राखिएको छ ।
हरेक कुराका दुइवटा पाटा राम्रो र नराम्रो पक्ष त हुन्छ नै । काम गर्दै जादा हरेक कुरालाई सहि तरिकाले लैजान्छु भन्दा भन्दै पनि केही गल्ति कमजोरी त भै हाल्छ । यस उपन्यासका पनि केही थोर बहुत कमजोरीहरु देखिन्छन। हुन त म एउटा पाठक त्यसमाथी भर्खर भर्खर साहित्य भन्ने जन्तुलाई चिन्ने कोशिस गरी रहेकी छु यसर्थ मेरा दिमागले जति भ्याए त्यति हो अरु सामु राख्ने भनेको । लाखौ पाठकले रुचाएर करिव ३ महिना मै दोश्रो सँस्करण निकाल्न सफल छ त्यसकारण हुन सक्छ यो पुस्तकमा खासै गल्ति कमजोरी नहोलान तर पनि मेरा साना दिमागले के भन्छ भने यो उपन्यास भित्र ज्यादै धेरै कुरा समेटिए जसले बिषय बस्तु नै गजाँगोल बनाइ दियो । कथा भित्रका पात्रहरु यति धेरै भए कि यो कुन पात्र कहाबाट आयो भन्ने कुरा खोतल्न पुन अघिल्लो अँश पुग्नै पर्ने हुन्छ ।
मैले यहि पुस्तक अध्ययन गर्दै गर्दा इन्सेपस्न भन्ने चलचित्र हेरेकी थिए । त्यस चलचित्रमा कथाका पात्रहरु सपनामा प्रवेश गरेर अझै त्यो भित्रको पनि सपनामा आफैहरु छिरेका हुन्छन। सपनाको तह तह भित्र छिर्दै गएर आफै आफै योजना बनाउछन् यसले गर्दा कथा कहानी कहा पुग्यो कुन सपना र कुन बिपना हो भन्ने कुरा छुट्याउन दर्शकहरुले एकदम गहिरिएर ध्यान दिएर हेर्नु पर्ने हुन्छ । यो उपन्यास पनि त्यस्तै खालको छ । यस उपन्यास भित्र पनि उपन्यास छ उर्गेनको घोडा जहा पात्र म्हेन्दो नै छिन तर फेरी त्यही उपन्यास पढ्ने मध्यको एक पाठक पनि म्हेन्दो नै छिन । उनिमात्र एक पात्रको नाम दोहोरिएको हैन सोनाम दलसिङ आदी आदि नामका पात्रहरु डबल डवल छन जसले गर्दा पाठकहरु सजिलै झुक्किन्छन । कुनै कुनै भागमा म कुन सन्दर्भमा कहा के पढी रहेकी छु भन्ने बुझ्नलाइ अघिल्लो अँश पल्टाउनु पर्छ । उपन्यास भित्रका पात्रहरुले लाल पाइलो पढ्दा पड्दै उर्गेनको घोडाको कुरा उनि उप्केको छ । कुनै कुनै कुरा असाध्यै अपत्यारिलो पनि छ जस्तै उपन्यासको कथामा लप्टन धर्म बिर क्षेत्रीले म्हेन्दोलाइ मन पराइ लेखेको चिठी म्हेन्दोको हात परि सकेको थियो तर कसरी कर्नेलले पढ्न पायो भन्ने कुरा मैले बुझिन । एक त धर्मबिरको क्याम्प आक्रमण गर्न गएकी पनि म्हेन्दो थिइन र उनैले उसलाइ गिरफ्तार गरेर १३ दिन सम्म बन्दग बनाइ राखेकी थिइन दिगबिजयले लप्टन धर्मबिरले म्हेन्दोलाइ कसरी मन पराएको थाहा पाए भन्ने कुरा पनि अप्ठेरो छ ।
जे जस्तो भए पनि हालको नेपाली बजारमा मूल्य पनि खासै धेरै छैन त्यसैले जनआन्दोलन भाग दुइको केही अँश थाहा पाउन भने यस पुस्तकले निकै सहयोग गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
4 comments:
Good review. mero bichar ma yo political upanyas pani ho yesle nepali sahitya ma prachalan ma raheko PRAGATISHEEL sahitya ko ajha vanne ho vane pathak ma pro maoist dristikon banauna khojeko dekhin6......jasko pakhsa n bipaksha ma aa aafnai tarka huna sak6an...
Thankyou friend for your comment.i agree with you. please don't forget to leave your Name next time.
Manu, thanks for this review. Obviously, Yug represents a Maoist point of view. In their view, all problems are related to differences, they magnify differences between people to people. For example, if Jung Bahadur oppressed Rana Bahadur, in their view, it is not an individual Jung who oppressed Rana. It is his caste or class. In this way, they manage to blow a small problem, and provide an excuse for war, separation and division of society or country. It is generally a waste of time to read their work, because it so predictable. I thought the book was my waste of time.
धन्यवाद तपाईंलाई यो जानकारी को लागि मैले यो किताब पढ्न लाई धेरै कोशीश गरेको थियो आज सराश मा भने पनि पढ्न पाइयो
यम बहादुर तमाङ
चितवन पदमपुर
Post a Comment