Thursday, August 19, 2010

म एक्लै रिसले चुर्मुरिएर रन्थनिएर थुनिएकी छु
पछारिएर आफै सँग रिसाएर बिछ्यौनामा पल्टिएकी छु

थरि थरिका मान्छे थरि थरिको आवाज
सुन्दैछु बजारमा हल्ला छ रे नेपालको बारेमा
भन्छन रे सबैले


आफ्नो दुनो मात्र सोझाउन खोज्ने सबै स्वार्थीहरुको देश
भत्ता र दैनिकी टार्न जाने अल्छे र लाछी सभासदहरुको देश
दिन डहाडै मानिस अपहरण गर्दा थाहा नपाउने अन्धाहरुको देश
भारतियहरुले आँगनमै जग्गा लुटिदा हैन भन्दै बस्ने अपाङ्गको देश
छिमेकीले आगो सल्काइ घर जलाइ दिदा पनि वास्ता नहुनेको देश
दिउसै चेलीहरुको अस्तित्व लुटी रहदा ट्वाल्ल परेर हेर्ने मुर्खहरुको देश
महिनौ लगाएर पनि उपयुक्त एउटा मान्छे खोज्न नसक्ने गालपाराको देश

उफ् हाम्रो भाग्य
अरुले आफ्नै मातृभुमिको बद्ख्वाइ गरेर हिड्दा पनि
निर्लज्ज हाम्रो देशको फ्वाक लगाएर हिड्नु परेको छ
भाइ फुटे गवार लुटे आफै आफैको झगडाले
सारा हामी निर्दोषहरु बेइज्जतको माला लगाएर हिड्नु परेको छ।

No comments: