Showing posts with label सन्स्कृति. Show all posts
Showing posts with label सन्स्कृति. Show all posts

Wednesday, September 9, 2015

Newar People of Kathmandu: United through the Gyanmala Bhajan Khala



Introduction:
When I was looking for the topic of the essay, religious and rituals appear in my mind. Comparing to Hindu temple I prefer Bauddist temple to go so it drive me to Swoyambhu. Although, I have been heard few about Gyānmālā Bhajan khalah’s activities in Swoyambhu area, I was unknown about the meaning of Bhajan in their community. That is why I choose this topic for my mid-term paper. I have used different theories to describe on this paper. Greertz theory of deep play/cock fight to thick description, theory of kula to analyse the reciprocity, Communitas theory of V. S. Turnor to describe Bhajan as a communitas and the On Key symbol of Otner’s to give the meaning of Bhajan as a symbol. For instance, I have taken a sociological theory of George Simmel to analysis social interaction. Although the Gyānmālā Bhajan khalah’s working area is broad, the Bhajan is one of the major components which is helping to bind Newar society since long period of time.
Gyānmālā "garland of wisdom" Bhajan Khalah :

Saturday, July 7, 2012

भाषिका र लवजको विबिधता



म मगर, मगर गाउमै जन्मि हर्कि बढेर भाषामा पोख्त भएर आएकी हुँ । मलाई मेरो क्षेत्रमा बोलिने भाषिका सबै आउछ तै पनि कहिले काहि आफै असमज्जमा पर्छु कि म भाषा जान्दछु कि जान्दिन । जान्दिन भनौ भने सबै आउछ, जान्दछु भनौ भने कति कुरै बुझि्दन । मगर जाति भित्र ३ वटा भाषिकाहरु छन्। काइके, खाम पाङ र ढुट, काइके र खाम त कुन चराको नाम हो पनि थाहा छैन तर म ढुट सबै जान्दछु तर वास्तबिक अर्थमा जान्दिन पनि । गोलमाल.........................। किन त भन्दा खेरि लवज फरक छन् हाम्रो । मगर बस्ति स्थानान्तरणका कारण लवज फरक हुन पुगेको छ जसले गर्दा मातृ भाषा जान्दछु भन्दा भन्दै पनि नजानिदो रहेछ । पर्वि पहाडी जिल्लाहरुमा बोलिने ढुट भाषिका प्राय एउटै हुन्छन् र लवज पनि केही थोरै भिन्नता भएता पनि ८० प्रतिशत मिल्न जान्छ । तर भौगोलिक हिसाबले हने हो भने पव र पश्चिमी भु भागका एउटै भाषिकामा पनि कति धेरै फरकपना छ । हामी हाम्रो पर्ूर्वी क्षेत्रको ढुट सबै ठिक छ भन्दछौ तर पश्चिम तिर त्यहि गलत भइ रहेको हुन्छ त्यसैले पनि हाल बनि रहेको पाठ्यक्रमलाई अध्यापन गराउनमा धनकुटाका मगर शिक्षकहरुलाई हम्मे हम्मे परेको छ ।

Monday, May 14, 2012

Myths and prediction need to discuss and finalize


The Magar's are largest indigenous people in Nepal. They have 16,22,421 Population in total (within Nepal, Source: wikipedia). They have their own language and culture,770116 speak a Magar language as their mother tongue they called themselves as " Bhumiputra" (son of land) in Nepal but still they are fighting for the their own territory and the federal stat. Since a 1990, influencing with Buddhism and they started to saying that all the Magars are Buddist and they must fallow the Buddist religion and become Buddist. Before they were Hindu and all of them fallowed the Hindu rituals. But having seen their own traditional rituals or culture and their behavior we can say they are neither Hindu nor Buddist, But they are Naturalist (Prakriti Pujak). Because they worship for the stone, wind, water, land and Jungle even they believe the spirit and ghosts. If somebody dead in a society then the priest or Dhami (a powerful person) predict that what he or she become after dead. In Magar society, they purify within 10 days and the last day of purification they know the dead person rebirth or not? To know that they need a ash or water (its depend up on region, some where they look in ash and some where they used clean water from the tap). In our context (eastern part of Nepal) most of them uses the ash to know that things and they called it Migya bhakki or Ugya bhakki (to separate the soul). Having their own power they start to calling the dead persons soul and that spirit left the symbol in ash just like mark of Dog, cat, cow, mouse, birds and etc etc. if the mark as like cat then they believe the dead person become a cat after dead (it means he or she rebirth being as a cat) same as like other.

Saturday, February 21, 2009

मगर भाषा र साहित्यको विकास संक्षिप्त जानकारी

जाति, धर्म र भाषाको विविधता रहेको हाम्रो देश नेपालमा बहुलता भित्र पनि एकता खोज्ने बेला आएको छ । वि.सं २०५८को जनगणनाले पहिचान गरेका करिब १०० भन्दा बढि जात जातिको बसोबास नेपालमा पाइन्छ । यिनै सयौं जात जाति भित्रको एउटा जाति हो मगर । आफ्नै विशिष्ट भाषा र सँस्कृतिका धनि मगरहरु नेपालको कुल जनसंख्याको ७ प्रतिशत भन्दा पनि बढि छन्‍ । उनीहरुका आफ्नै भेषभुषा तथा मातृभाषा अहिले सम्म अस्तित्वमा रहेको पाइन्छ । वि.सं २०५८को जनगणना लाइ हेर्ने हो भने नेपालमा मगरभाषा बोल्ने मगरहरु प्रतिशत पाइन्छन तर त्यसमा पनि शहरबासी मगरहरु भन्दा ग्रमीण भेगमा बसोवास गर्दैआएका मगरहरुले बढि मातृभाषा बोल्ने गर्दछन । मगरहरु अहिलेको यो सिंगो नेपाल निर्माण हुनु अघि मगरातभूमीमा आफ्नो सार्वभौम सत्ता सम्पन्न भएर आफ्नै तरिकाले राज्य गरेर रहेका थिए । तर समयक्रम सँगै बढेको स्वार्थ र लोभको कारण सोझो मगरहरुको सोझोपनको फाइदा उठाउदै अन्य जातिहरुले सत्ता कब्जा गर्न पुगेको कुरा अझैपनि विभिन्न पुस्तकहरुमा पढ्‍न पाउछौ ।

Friday, November 14, 2008

मगर मारुनि नाच

यो दृष्य एउटा मगर समाजको रमाइलो नाँचको हो। जसमा पूरुषहरु नै महिलाको भेष धारण गरेर नृत्य गर्ने गर्दछन् । आउनुस् यसै बिषयमा अलिकती जानकारी बाड्न मन लाग्याे।

मानव सभ्यताको विकास जंगली युगबाट भएको हो भन्ने कुरा त हामीले विभिन्न एतिहासिक लेख रचनामा पाउन सक्छौं । त्यस युगका मानिसहरु भोजनका लागि बनजंगलमा पाइने फलफुल, कन्दमुल तथा जंगली जीबजन्तु हरुको शिकार गर्दथे रे । ति खाने कुरा अथवा शिकारलाइ भेला गरेर आगो बाली शिकारीहरु वरिपरि नाच्दै घुम्दै रमाउने खाने पिउने गर्दथे रे गीत, संगीतसँग मगर समाजको अत्यन्त गहिरो सम्बन्ध छ भन्ने कुरा पनि सुन्नमा पाइन्छ । मगरहरु गाएर, नाचेर कहिल्यै नथाक्ने र दर्शकहरु हेरेर कहिल्यै न अघाउने हुन्छन रे । मानिसले अनेकौ घटना, आस्था, विश्वासलाइ जोडेर परापुर्व काल देखि नै आफनो कला संस्कृतिलाई जीवन्तता प्रदान गरेको पाइन्छ।

Sunday, July 27, 2008

हुर्रा नाच


मगर समाजमा विशेष गरि नाचिने नाचहरु मध्ये कौडा, सोरठी, घाटु, कडुवा, पैसेरु, मारुनी, हुर्रा आदी आदी भएतापनि पुवली मगरहरुको गहनाको रुपमा हुर्रालाइ लिन सकिन्छ । यो एउटा सामुहिक नत्य हो । कार्तिक महिनाको काकआसीको भोलिपल्ट देखि पूणमा सम्म लगातार १५ दिन नाचिने गरिन्छ । यो नाच देउसी भैलो खेल्दा खेल्दै सुरु भएता पनि हाल पुवर्ली मगरहरु माझ छुट्टै संस्कतिको रुपमा स्थापित भैसकेको छ । यहा तिहारमा देउसी भैलोको अवसर पारेर हुर्रा नाच्ने गरिन्छ । यसलाइ स्थानिय भाषमा भैलो खेल्नु भनिन्छ । टोलभरि के महिला, के बुढापाका, के केटाकेटी सम्पूर्ण मिलेर खेलिने यो हुर्रानाचबाट उठेको रकमले सुगुर, रक्सि, आदी विभिन्न खाने कुरा किनेर पछि कुनै एक दिन निश्चित गरि भैलोभोज मनाउने गर्दछन। भैलो भोजमा उपस्थित हुन नसक्नेहरुको घरै गएर भाग पुर्‍याइ दिने प्रचलन छ । यो हुर्रा नाच तिहारको अवसरमा मात्र नखेली अन्नवाली भियाउने समय कुलपुजा, छेवर, पास्नी, तथा विवाह जस्ता शुभकार्यमा पनि ठूलो संख्यामा युवा युवती भेला भै नाच्ने गरिन्छ । तर यस्तो बेलामा चाही दान दक्षण दिदैंनन मात्र मनोरञ्जन माया प्रीतिका कुरा साटासाट गन गर्दछन।