Wednesday, December 24, 2008

भोटेकोशी तिर बरालिदा





























नेपाल एउटा सुन्दर प्रकृतिले दिएको उपहार हो भनेर भनिरहनु आवस्यक छैन तर यहा का सबै सुन्दर ठाउमा पुग्ने घुम्ने मौका भने मिलेको छैन त्यस्मा पनि तातोपानी तिरको यात्रामा धुलिखेल कटेर जाने मौका मिलेको थिएन तर गत सुक्रबार युबा अभियानले पुरा गरि दिएको छ।
बिहानै कहिलै उठ्न नसक्ने भएता पनि कहिले काहि हिड्न भने पछि निन्द्राले पनि समय मै छोड्दो रहेछ । करिव २ महिना जति भएको थियो होला बिहान ८ बजे मात्र उठ्ने गर्थे तर गत Dec 19 (4 सुक्रबार) भोटेकोशीको लागी ६ बजे सबै जना शान्तीनगरमा भेटिनु पर्ने भएकोले म पनि ५ बजे नै उठेर आफ्नो झोला बोकी हिडने तरखर मा थिए जाडोयामको समय ५ बजे पनि राती झै अध्यारो नै भएकोले दाइले शान्तीनगर अफिस सम्म ड्रप गरी दिनु भयो । म कस्तो खालको तालिम गर्न हिडेको हो भन्ने कुरा म आफैलाई पनि थाहा थिएन मलाई यति मात्र थाहा थियो म Civic Leadership School (CLS) मा जादै थिए । तर त्यहा हामीलाई के के सिकाउछ र को को मेरो साथीहरु हुन्छन भन्ने केही थाहा थिएन जव हाम्रो बसले गन्तब्यको लागी प्रस्थान गर्न लाग्यो तब थाहा पाए म मात्र हैन हामी जम्मा २४ जनामा लगभग १९ जना जती म जस्तै रहेछन् मेरो मतलव मै जस्तो अन्योलमा रहेछन् ।

गन्तब्य स्थान भोटेकोशीको किनारमा रहेको The Last Resort मा पुग्दा सम्ममा केही साथी भै सकेका थिए त केही बाकी त्यो पनि एकैछिनमा समाप्त भयो। परिचयको सुरुवात भुवनदाई ले यति प्रभावकारी तरीकाले गराउनु भयो की त्यस पछि एकअर्काको नाम हत्तपत्त बिर्सिएनौ । हामी सहभागी २४ जना २४ वटै अलग अलग क्षेत्रबाट उपस्थित थियौ तापनि ५ दिनको सगै बसाइले यति नजिकको सम्वन्ध स्थापित गरायो जुन हाम्रो बर्सौ देखिको मित्रतामा छ । तालीम त तालीम साच्चै प्रभावकारी छन् ति दिनहरुमा सिकाईएका कुराहरु मानौ मलाई त कुनै समयमा लागी रहेको थियो म कुनै Resort मा आएर होईन कि म कुनै आर्मी तथा पुलिसको तालीममा सामेल छु । त्यहा खानपिन लगाएत सबै कुरा यति समयमा गर्नु पर्ने थियो कि के भन्ने र....................

तर जती सुकै कडा नियम भएतापनि भुवनदाई लगाएत द लास्ट रिसोर्ट टिमका सम्पूर्णदाइहरुको त्यो सहयोग बिर्सीनसक्नु छ । हामीलाई सबै कुरा पुर्वजानकारी बिना गरीने हुनाले कहा कतिखेर के गर्न जानु पर्ने भन्ने थाहा नभएको कारण फोटोहरु खिच्न त्यति पाइएन त्यसमा अलि दुख लागेको छ तर हुन त हामी घुम्न गएको नभइ एउटा कोर्स पुरा गर्न गएकोले चित्त बुझाएकी छु । The Last Resort ले दिएको Surprise treat असाध्यै रमाइलो थियो जसमा विश्वदाई र सुनील जी को साहसीक performance देखेर म त साच्चै मोहीत भएकी थिए। त्यो बेला मलाइ लाग्यो म लाइभ आफ्नै आँखा अगाडी हेरेको नभै कुनै टेलीभिजन च्यानल मार्फत सर्कस हेरी रहेकी छु । अझ सुनील जी को त्यो सुरीलो आवाज अनि फुर्तीलो नाँचको त फ्यान नै भएकी छु र उहाको त्यो सुरलो आवाज सुन्न उहा सँग फेरी अर्को चोटी बन्जी जम्पमा भेट्ने बाचा पनि गरेकी छु किन भने यस पटकको ट्रिपमा बन्जि जम्प गर्न पाएनौ मेरो एउटा रहर बन्जी जम्प पनि हो त्यसैले आशा छ कुनै दिन पुरा गर्ने छु ।

Hiking तथा Rock climbing गर्ने केही महिना अगाडी देखिको मेरो सपना थियो त्यो Last Resort मा गएर पुरा गर्न पाए तर मैले जिवनमा कहिले Rafting र abseiling गर्छु होला भनेर कल्पना पनि गरेकी थिइन त्यो पनि सजिलै पुरा गरे हुनत साथीहरुको हौसला र Organizer को उत्प्रेरणा बिना कुनै पनि कुरा सम्भव थिएन । Rock climbing र Rafting को बेला साथीहरु लगाएत भुवनदाईको उत्प्रेरणाले यति भुमिका खेलेको छ की म यहा वर्णन गर्न सक्दिन । जीवनमा पौडी नखेलेको मान्छे म भोटेकोशीका ती नागबेली परेको कुनाकानी साथै आकाश भन्दा निलो पानीको माझमा पौडनलाई त्यति सजिलै आँट गर्न सकिन तर भुवनदाईको म माथीको बिश्वासले म आफैमा confident बढेर आयो। अन्ततया मैले पौडी मात्र नभइ TITINIC Film मा झै नाउको छेउमा उभिएर करिव १० मिनेट जति लामो जलयात्रा पार गर्न सफल भए । त्यो बेलाको स्वर्निम आनन्द त कहिलै पनि प्राप्त गरेकी थिईन तरपनि राजु दाई, प्रतीक जी, भुवनदाई, बिकाश, लक्ष्मण जी र उमेश जी को त्यो बेलाको सहयोग र आत्मीयपन जीवनभर भुल्ने छैन ।
मलाई यस अघि लाग्थ्यो की म मा यी सबै गुणले भरी पुर्ण छु । मैले सानै उमेरमा धेरै कुरा सिकेको छु र गर्न सक्छु तर जब मैले CLS पुरा गरे बल्ल थाहा पाए की मैले कति गलत सोचाई राखेकी रहेछु, म कमजोर र स्वार्थी रहेछु साथै घमन्डी पनि । यस सीकाइबाट मैले मेरो रिसर्चको बेलामा टिम वर्क होस वा जुन सुकै अवस्थामा साथी भाई सँगको सहकार्यलाई धेरै नै सहयोग मिल्ने ठानेकी छु। साथीहरु बिचमा गर्नु पर्ने विश्वास, साथीहरु सँग हुदा निभाउनु पर्ने कर्तब्य तथा हामी मानीसले समाजीक एकताको लागी गर्नु पर्ने बिविधकुराहरु त्यस मध्य अरुको कुरा सुन्ने बानीको बिकासबारेमा पहिला भन्दा धेरै सजक हुन पाए त्यसको लागी युवा अभियान(YI) परिवार धन्यवादको पात्र त छदैछ साथमा भुपेन्द्र पुलामी दाइ पनि धन्यवादको पात्रबाट मुक्तहुनुहुन्न जसले मलाई त्यहा सम्म पुर्याउनु भयो । म सँग रहेका यी नै केही फोटोहरु भोटेकोशीको सम्झना स्वरुप राखेकी छु ।

Monday, December 15, 2008

केही दिनको गन्थन मन्थन

आज अन्तरािषटय पर्वतिय चलचित्र महोत्सव KIMFF तथा गैरनाफामुखि प्रकाशनहरुको पुस्तक प्रर्दशनीको पाचौ दिन भनौ न आज देखी समाप्त हुदैछ । आज सम्ममा करीव ६६ वटा नेपाली तथा अन्य भाषा भाषीका चलचित्रहरु प्रदर्षण गरिएको छ । जम्मा ३५० भन्दा बढि चलचित्रहरुबाट ६६ वटा लामा तथा छोटा चलचित्रहरु प्रदर्षण गरियो । ति मध्य सम्पुर्ण चलचित्र हेर्ने मौका त पाइएन र पनि धेरथोर चलचित्रहरु हेरियो। डकुमेन्ट्री तेस्तै नै हो कति जानकारी मुलक थिए त कति पिडा दायिक सन्देश बोकेका । कति प्रष्ट बुझिने त कुनै कति पनि नबुझिने ।
मैले हेरेका मध्य चौकैठ ‌‌‌‌ छोटो तर मिठो लाग्यो शहरीया र मधेशी मुलको २ महिलाहरुको कथावस्तुलाई यति मिठो गरी ३१ मिनेटमै देखाउन सफल छ त्यो त कैलाशदिदीले बेलीबिस्तार लगाई सक्नु भएको छ उहाको ब्लगमा । अनि सन्जोग लाफा मगर दाईले बनाउनु भएको जीवसीम पनि जे होस मन छुने नै थियो जुन एक बयोबृद्ध मगरबुवा आफ्ना जिवनका ४० बर्ष कहा भुमिगत बिताउनु भयो उहाले समाज सुधारका लागी कहा कहा के के काम गर्नु भयो र कसरी भुमीगत जीवनबाट फर्केर फेरी आफ्नो घर फर्कनु भो भन्नेबारेमा जानकारी समेट्न सफल छ तर के कारणले भुमिगत रहनु भयो भन्नेबारे अझै पनि खुल्न नसकेको कारण आशा गर्न सक्छौ जिवसीम भाग २ पनि निकट भबिश्यमा बन्न सक्छ ।

अर्को मन छुने चलचित्र थियो कठपुतली अहो जीवनमा अभी सर संग पहिलो पटक चलचित्र हेर्न बसेकी थिए म त्यस दिन ।चलचित्र जापानीज मानीसले बनाएता पनि नेपाल र नेपाली कै सन्दर्भमा नेपाली नै कलाकारहरुले अभिनय गरेको थियो संवाद तथा अभिनयमा निखारता भने कलाकारहरुमा कमै देखिएता पनि दृष्यहरु साच्चै राम्रा थिए । नेपालको पर्यटन क्षेत्र घोषित धम्पुसको लहलहाउदा तोरीबारीको दृष्यले साच्चै मन छोएको थियो । अनि जापानको पहाडी क्षेत्रमा चलाइने गोरुगाडा र बच्चाहरुकोलागी खेलौना फिरफिरे असाध्य मन परेको थियो । ए अनी आइ बिकेम पनि छोटो तर गहकीलो सन्देश बोकेको चलचित्र हो भन्न मैले रुचाए। वास्तवमा हाम्रो समाजमा ब्याप्त घटनालाई सजिलै उतारेका छन् ले । आफ्नो भोक र प्यासको लागी आफुलाई जतिसुकै मन परेको चिज पनि बेच्न बाध्य हुन्छन मानीसहरु । अब मन नपरेको त नभनौ नबुझिएको मध्य एक खोडा जस्ले ६ मीनटमा के के केके सबै चिज समेटेको छ। त्यस्तो एनिमेसनको कुरा मेरो यो सानो दिमागले केही पनि घुसाउन सकेन । यहाहरु मध्य कसैले बुझ्नु भएको भए कृपया अलिकति भए पनि बुझ्न चाहन्छु ।
अब अरु
अरु जे सुकै जस्तो सुकै भए पनि यी यतिका दिनको फिल्म फेस्टिभलले एउटा भावना भने मेरो मनमा जन्माइ दियो जस्लाइ यहाहरु माझ पनि सेयर गर्न चाहे।

ति बुढो काठमाण्डौ स्वार्थी र सोसकहरुको काखमा ङिच्च दात देखाएर हासेको छ
जिर्ण र असक्त घरहरु लिएर थरथर गोडा कपाउदै बसेको छ
पशुपतिनाथ पनि घात प्रतिघातको भिडमा न्याय र अन्याय छुट्टाउन नसकी अलमल्लमा परेको छ स्वयंभु डाडैमा दुईवटा ठुलाठुला आँखाहरु बालेर
देशको बिध्वंसात्मक र बिनासकारी घटना टुलुटुलु हेर्न बाध्य छन्
मानीसहरु पापी र दुष्ट नै भए पनि सुन्दर र हराभरा प्रकृतीले कम्तिमा मन थाम्न सघाएको छ
कलकल बग्ने ति निर्मल नदि नाला अनि पाहुना आगमनको आसमा
काख फैलाएर बसेका ताल तलैयाले सितलता प्रदान गर्न सघाएकै छन्

तर मेरो मनको एउटा कुनाले काठमाण्डौको अर्कै रुपको कल्पना रचेको छ
बल्खु कालीमाटी कोटेश्वर र कलंकीमा जाम नहोस्
चक्का जाम तोड फोड र धुवा धुलो रहित स्वच्छ काठमाण्डौ होस्
जब बागमतीको पानी स्वच्छ र निर्मल भै कलकल बगोस्
नदी किनारमा यु एन पार्क हरीयाली भै छाओस्
बागमती र बिष्णुमती नदी भरि बोटिङमा जलयात्राको सयर गर्न पाइयोस्
साथै नदी वारीपारी बिभिन्न आराम गर्ने तथा भोजन गर्ने स्थलहरु बनोस्
त्यो बेला पर्यटकहरुको घुइचोले काठमाण्डौ र ललितपुर खचाखच होस्
आहा
नेपाल साच्चै त्यो बेला स्वर्ग संग तुलनात्मक हिसावले दाज्न सकिने थियो तर मेरो मनको लड्डु एउटा चलचित्रको पर्दामा देखिने काल्पनिक चित्रै त हुन् जुन कल्पनागरेर बनाइएका चित्र झै


















Wednesday, December 10, 2008

जीन्दगी

साचि भन्नु पर्दा यसलाई यहा कबिता भन्न मिल्छ या मिल्दैन त्यो पनि थाहा छैन है । तर मेरो सोझो हिसाबले चै कबिता नै लेखेको हो । यहा महान कबिहरुको माझमा खोइ के खोइ के भनेजस्तो हुने होकि? यसो अल्छि लागेको बेला ब्लगमा हाल्ने चिज बिज केही नभेटको सुरमा एउटा भवना कोरी हेरे,लौजा कल्पना नै सहि यस्तो पनि त हुदो हो कतिलाइ ? मौका यही हो,ठेलि दिय मैले पनि।



यो जीन्दगी त के हो र जसो तसो दिनहरु काटेकै छु
जीवन साथी तिमीलाई नै बनाउछु भनि आटेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा बाचेकी छु
मन भरि तिता मिठा सपनाहरुलाई साचेकी छु

मलाई छोडी अन्यत्र नै जाऊ तिमी तर
यो मन मन्दिरमा तिमीलाई नै सजाई राखेकी छु
पुनर्मीलनको लागी देवी देउराली भाकेकी छु
जन्मौ जन्मान्तर तिमी मेरै हौ भनी मागेकी छु

मानीस नै हुँ जीवनमा गल्ती कुनै दिन गरे हुँला
त्यसको लागी पटक पटक तिमी सँग माफी मागेकी छु
यो मनमा माफी गर्छौ भन्ने विश्वास राखेकी छु
यो जीन्दगी घरीघरी तिम्रै नाममा बाचेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा दिनहरु काटेकी छु

Friday, November 28, 2008

श्रद्बान्जली का दुइ शब्द

गुमसुम छ संसार
हजार हेर्ने आखाहरु
बिचित्रका द‌ृष्य सहित
हृदय बिदारक छन् भाकाहरु
फैलिदैछन् रोगब्याधि
बिस्तारीत हुदैछन डाँकहरु
अशान्ती दुर्ब्याबहार र अपराधले
रित्तिदैछन् सयौ काखहरु
हेर्न बाध्य छु आफ्नै अनन्य मित्रका
छुटिदै गरेका साथहरु

यति बेला मेरा थरथर कापेका हृदय बाट बस्
टक्राइ रहेछु मृतक सबैलाइ हार्दीक श्रद्बान्जली

वास्तवमै यति बेला बिभिन्न किसिमका अपहरण पश्चात हत्या र समाजमा घटीरहेका बिबिध अपराधीक घटनाहरुले कैयौ काखहरु रित्तिदैछन् । हत्या पनी एक एक मात्र हैन एकै पटक २ २ जना । पहिला २ जना खेलाडीको र पछि निर्दोस बिद्यार्थीहरु । घरमा रहेका आमा बुवाहरुले घुम्न निस्केका र आफुले बेचेको मोवाइलको पैसा उठाउन गएका छोराहरु आउने आशमा बिच्छाएका आँखाहरु एकै चोटी जंगलमा सास बेगरको लास मात्र भेटाए पछि छोराहरु नआउने पू्र्ण बिश्वासका साथ लोलाएकै भए पनि उठाउन बाध्य छन् । राजधानीका बिभिन्न चोक चोकमा लगातार २ दिन सम्म टाएरहरु जलेर सेलाउनै नपाएका धुवा पूनः २ दिन पश्चात उहि कारणले सडकहरु बलेर आकाशका मडारिन बाध्य छन् । निर्दोश ति बबुराहरुको के गल्ती भन्ने सम्म कसैलाइ थाहा छैन । अब गल्तीनै केही नगरे पनि कहाँ नेर पुग्दा के हुनेहो कहाँ नेर आफ्नो कालले पनि आफैलाइ पनि पर्खीरहेको छ भन्ने त्रास मनमा उब्जिन थालेको छ । राजधानी जस्तो सुबिधा सम्पन्न शहरमै त यस्ता घटना दिन दहाडै घटीरहेका छन् भने राजधानी बाट पर के अबस्था होला सोच्नै पर्ने बेला भएको छ । राज्य यो अवस्थामा पनि टुल‍टुलु हेर्न बाहेक केहि गर्न सकि रहेका छैनन् गृहमन्त्री ज्यू कता हराउनु भयो केहि थाहा छैन प‍‌धान मन्त्री ज्यू शोक सन्तप्त परिवारमा हार्दीक समबेदना र घटना गराउने अपराधी पती घोर भर्तसना ब्यक्त गर्दामै ब्यस्त देखिनु भयो ।यो त भयो हाम्रो देशको घिनलाग्दो राजनीतिको तितो असर। यसका अलावा बिबिध बुदे समझदारी फेरी पनि कार्यान्वयन हुन नसक्दाका कारणहरुले सडक कति दिन अबरुद्द हुने हो कति दिन फेरी जल्नु पर्ने हो कसैले अडकलवाजी सम्म गर्न नसक्ने अबस्था छ । कति दिन सम्म देशका अब्यवस्थीत र घिनलाग्दो राजनीतिको शिकार हामी सोझा सीधा नागरीक बन्नु पर्ने हो? कस‍ैलाइ थाहा छैन ।अब जे नहुनु पर्ने हो हाम्रो देशमा त्यही नै भै रहेको छ ।यो अबस्थामा शोक सन्तप्त परिवार पति म पनि हार्दिक समबेदना तथा श्रदान्जली अर्पण गर्न चाहान्छु । हिजो बेलुकी लगभग न बजे तिर दमकमा बस दुर्घटनामा परि मेरा अनन्य मित्र सुदेशको अल्पायु मै दिवङ्गत भएको छ । दिवङ्गत आत्माको चिर शान्तिको कामना पनि यसै मार्फत ब्यक्त गर्न चाहन्छु ।
आखिरी हामी साथीहरुले श्रद्बान्जलीका दुइ शब्द बाहेक के नै पो दिन सकिदो रहेछ र

Wednesday, November 19, 2008

नेपाली शिक्षा निती र केहि तिता वास्तविकता

होस्टेल बसाइ सकिएको त निकै दिन भै सकेको रहेछ आज अचानक एक जना दिदीले झ्याउ शब्द निकाल्नु भयो र होस्टेलका ति दिनहरुको ताजा स्मरण हुन पुगे लौजा मलाइ पनि यहि बिषयमा केहि गन्थन मन्थन ब्लगमा ठेलि दिन मन लाग्यो।
शनिबार थियो क्यारे बिहानको लगभग आठ बज्न लागेको थियो ।सानी ओच्छ्‍यान भरी किताब फिजाएर बसी रहेकी थिइन्। उसको परिक्षा नजिकिइ रहेको थियो। सृजना ढोकाबाट साम्साम सुम्सुम छाम्दै भित्र छिरीन् कस्तो झ्याउ लाग्दो दिन, ओइ यहाँ को छ? किन दिदि सानीले जवाफ दिइन, ए मलाइ एकछिन तिम्रो किताब देउ न तिमी नपढेको बेला पढ्‍नु पर्‍यो कोर्सको किताब हेर्दा हेर्दा कस्तो झ्याउ लाग्यो । सानी र सृजना दुवै जना विद्यालय निरिक्षकको तयारी गर्दै थिए । परिक्षा नजिकिएकोले दुबैलाइ एउटै बुक पढ्‍नु थियो । सृजना आफै देख्न नसक्ने र पढ्‍न नसक्ने, हुनाले पुस्तक किनेकी थिइनन् तर सानीको पुस्तक नै मागेर अरुलाइ पढ्‍न लगाइ सुन्थिन। सानीको आफ्नो कलेजको पनि परिक्षा नजिकिएकोले गर्दा खाली समयमा सृजनालाइ किताब दिइ सहयोग गर्थिन।
ए केटी हो, खाना पकाइ सक्यौ की हल्ला मात्र गर्दैछौ? बीना पनि छिरिन् सानीको कोठामा । छैन । अरु उत्तर दिइ बस्ने फुर्सद सानीमा थिएन । अनि के के पुस्तक समाइ बसेकी नी सृजनाले चाही? बीनाले सृजना तिर प्रश्न तेर्साइन । ए यो ‌‌ वि.नि.को हउ छोटो उत्तर दिइन सृजनाले । उफ् खोइ सक्नु चै छैन के को बि.नि.को परिक्षा दिनु पर्‍यो नि तिमीलाइ? बीनाले अलि खसालेर बोलिन् हुन त उनको स्वभाबै त्यस्तै हो र पनि सृजनालाइ चित्त बुझेनछ क्यारे प्रश्नको हत्तपत्त उत्तर फर्काइ हालिन् तिमी नदिने मान्छेलाइ के को खस्‍खसनी ? सकुँ या नसकुँ यो मेरो बस्‍को कुरो हो नी । सृजना यो पटक रिसैले कड्‍किइन । होइन तिमी दशठाउ छाम्दै हिड्‍नु पर्छ त्यस्तो मान्छे कति दौडनु पर्छ वि.नि.मा अनि त्यो सक्दै नसक्ने काममा किन भनेको पो त सृजना रिसाएको भान पाएर थमथमाउनलाइ आतुर थिइन् बीना, म त एसो २,४ हजारको सजिलो काम पाएमा जान्थे पो । जागिरमा आफु एक्लो ज्यान त पालिइ हालिन्थ्यो नी , तर के गर्नु आफ्नो त कर्मै हारेको जहाँ गए नी दया गर्ने को छ र यहाँ ? एसो चिनेको कोही छ भने भनी देउ है नानी हो साह्रै भो एम. ए पढेर नी के गर्नु? जागीर नै पाउन गाह्रो म त वाक्क भै सके जीन्दगी देखि । केहि गर्ने जोश जागर पनि मरी सके ।
ति तिनै जनाको चालामाला मात्र हेरेर अवाक थिए म कुनामा । बीनाको यो वाक्यशंले सृजनालाइ फेरी पोलेछ क्यारे ह्या...........तिमी पनि जाबो २, ४ हजारले के नै आउछ र यो समयमा ? हेर नमरी बाचे एक न एक दिन आउला नी त हाम्रो नी पालो । अब त झन नया समाबेशी सरकार बन्दैछ । यस पालिको सभासदमा हाम्रा नी मान्छे जालान, संविधानमा हाम्रो हक अधिकारका बारेमा नी केही उल्लेख गर्लान्। किन तिमी यसरी हतास भएकी? म संसार नदेख्ने मान्छेमा त केही गर्ने आट छ, तिमीले त देख्या छौ नी बीना सम्पुर्ण कुरा । गर्न नसक्नु अलग कुरा होला तर यसरी तिमी हतास भएको देखेर चाहि झ्याउ लाग्यो मलाइ । कथाका दुबै पात्र शारिरीक रुपले अशक्त छन् जस मध्य एक आँखा देख्न सक्दिनन् भने एक स्पष्ट बाेल्न र साह् चिज निल्न सक्दिनन् तर दुबै जना त्रि बि बि मा सिङ्गल मात्र नभै डबल डिग्री गर्दैछन् । सृजना आँखा नदेख्ने नै भए पनि साहसिली छिन् केहि गरौ भन्ने भावना उनमा जिवित छ उनैको यो झ्याउ भन्ने शब्द भने थेगो नै छ ।
कुनामा बसि रहेको म नबोलु भनेको पनि सृजनाको साहस देखेर केहि बोलु बोलु लागेको थियो, उनको उत्साहमा खै किन हो केही कुरा थपुँ थपुँ लागेको थियो। तर दुबै जनाको गफ सुनेर एक मन भने त्यसै भारी भै रहेको थियो ।
आफ्नै आखाले टुलु टुलु ती २ साथीहरुका अवस्था नीयाल्न बाहेक केही गर्न सक्ने अवस्था छैन । म सँग रहेका यी त २ जना तर यस्ता सयौ अशक्तहरु यसरी नै संर्घष गर्दै गर्दै त्रि बि. बि. परिसरमा हल्ली रहेका छन् । यहा सम्म यतिका मेहनत, संर्घष र कष्ट गरेर आइ पुगेका उनीहरुको उच्च शिक्षाको कुनै कदर छैन । न त उनिहरुलाइ कुनै पकारको स्वरोजगार छ नत उनिहरु अन्य हामी सवलङ्गहरु झै दौड धुप गर्न नै सक्छन् । अझ कुनै ठाउमा जागीर खुल्यो भने उनीहरुले पनि हामी सवलङ्गहरु सगँ बराबरीमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । धन्य त्रि बि. बि. एउटा निशुल्क शिक्षा चाहि दिएको छ । तर सयौ सृजनाहरुले गरेका आशा कहिले पूरा होला? नेताहरु आफै कुर्सीका लागी लडि राखेका छन् यो देशमा संविधान कहिले लेखिने होला र ति संविधानमा अपाङ्ग र अशक्षमहरुका लागी अधिकार सुनिश्चित गर्ने होला? बल्ल बल्ल समाबेशी सरकार त बन्यो तर खै त नेपालमा रहेका सयौ सृजना र बीनाहरुको लागी अधिकार?
जस्तो सुकै परिस्थिती आए पनि Always be Positive and Always think Positive रे अब भोलीबादले गाँजेको यो नेपाली समाजमा फेरी पनि सबैकुरा भोली हुने गतिलो आशाका साथ भन्न मन लाग्यो

जय भोली।।

Friday, November 14, 2008

मगर मारुनि नाच

यो दृष्य एउटा मगर समाजको रमाइलो नाँचको हो। जसमा पूरुषहरु नै महिलाको भेष धारण गरेर नृत्य गर्ने गर्दछन् । आउनुस् यसै बिषयमा अलिकती जानकारी बाड्न मन लाग्याे।

मानव सभ्यताको विकास जंगली युगबाट भएको हो भन्ने कुरा त हामीले विभिन्न एतिहासिक लेख रचनामा पाउन सक्छौं । त्यस युगका मानिसहरु भोजनका लागि बनजंगलमा पाइने फलफुल, कन्दमुल तथा जंगली जीबजन्तु हरुको शिकार गर्दथे रे । ति खाने कुरा अथवा शिकारलाइ भेला गरेर आगो बाली शिकारीहरु वरिपरि नाच्दै घुम्दै रमाउने खाने पिउने गर्दथे रे गीत, संगीतसँग मगर समाजको अत्यन्त गहिरो सम्बन्ध छ भन्ने कुरा पनि सुन्नमा पाइन्छ । मगरहरु गाएर, नाचेर कहिल्यै नथाक्ने र दर्शकहरु हेरेर कहिल्यै न अघाउने हुन्छन रे । मानिसले अनेकौ घटना, आस्था, विश्वासलाइ जोडेर परापुर्व काल देखि नै आफनो कला संस्कृतिलाई जीवन्तता प्रदान गरेको पाइन्छ।

Friday, November 7, 2008

आफ्नै दुइ पल

दिन आफनै रफ्तारमा दौडिएछ । रात सुलुलु चिप्लिएछ म भने भुसुक्कै निदाएको खरायो झैँ पल्टि रहेछु । तन्द्राबाट ब्युझिएर यसो हेर्दा आफु एक्लै रन्थनिएर ढल्कि रहेकी रहेछु । वास्तवमा सबैको त होइन मलाई लाग्छ संसारका केहि व्यक्तिहरुको दिनाचर्या पनि यसरी नै चिप्लिएको होला । आज व्लग Update नगरेको पनि करिव करिव २ महिना हुन लागेछ यतिका दिन वितेको पत्तै पाइन, साच्चै म निकै हराएछु । आफै लाई खोजीमारे, आफैले नभेट्‍ने ठाउमा लुकी बसेकी रहेछु । ताजा कुरा नै गर्नु पर्दा भुपेन दाइ इण्डिया फनफनि घुमेर फर्कि सक्नु भएछ, मेरै सोल्टिनी दशै तिहार मानेर कति जील्ला चहारेर फर्कि सक्नु भएछ । देशमा गृह मन्त्रिज्यू ले नाइट रेष्टुरेन्ट क्यासिनो मात्र नभै फुटपाथका पसल हटाइ सकेछन्‍ । हुँदा हुँदा अमेरीकामा बाराकले राष्ट्रपतिय चुनाब जिती नयाँ इतिहास रचि सकेछन्‍ म भने जहिको तहि थलिएछु ।
साथीहरुको ब्लग हेरी हेरे प्रगतीका शिखर चुम्न दौडिएर निकै नै अघि पुगी सक्नु भएछ, म भने जहिको तहि मात्र हैन १० कदम धकेलिएर निकै पछि परेछ र पनि ममा कुनै नयाँ जोश जाँगर र उमंगले जन्म लिनै सकेन, खैर केही छैन जीन्दगी हो चलुन्जेल चल्न दिनु पर्छ चल्न छाडे पछि जबर्जस्ति नै सहि चलाउनु पर्छ र चलाउँदै आएकी पनि छु। कुनै ठुलो बज्रपात पछि अतल्लिएको, अर्धमृत मानिस जस्तो । हुनत वास्तवमै मनमा आघात पुगे पछि चाहेको कुरा नपुगे पछि भनौ न पूर्ण हुन लागेको कुरा पूर्ण नभै दिए पछि निकै निराशाले मन छाउदो रहेछ साथै मनका जोश जाँगर मरेर आउदो रहेछ । रफ्तारमा हिडी रहेको बेला अचानक Track change भए पछि पुन Track मा आउन निकै कठिन पर्दो रहेछ । म पनि यहि Track मा आउने कोशिस मै निकै दिन विताइ दिए ।
वास्तवमै सपना देख्नु आफैमा नरामो कुरो त पक्कै पनि होइन तर देखिएका सपना अनि रचिएका कल्पना साकार नभए पछि मानीस एक पकार भित्र भित्र टुट्दो रहेछ । यसरी टुटिँदा डोरी र मेटासीटको साहारा लिइ आफैलाई समाप्त पार्दा रहेनछन् । म पनि यस २ महिनाको दौरानमा एउटा ठुलो सपना देखेर दौडी रहेँ कुनै दिन उफ्रिरहेँ कसैले सपना देखाइ दिदैमा म लाटी पनि हो न हो देखिइ रहे तर अचानक त्यो सपना विपना भइ चकनाचुर भइ टुटी दियो त्यहि देखि म पनि केही मात्रामा टुटिन पुगे आफैलाई धिक्कारी रहे । तर फेरी आफै न्यायधिश वनि आफैलाई कसुरदार ठहर्याइ अदालतको कठघरामा उभ्याइ दिए । यसरी उराठ जीन्दगी लिइ हरीयाली वसन्तको खोजीमा पंख फुकाइ फेरी अगाडी आइरहेकी छु ।

मानीसको जीन्दगी न हो कुनै दिन निकै ठुलो सपना देखिदो रहेछ । जुन जीन्दगीका गोरेटोहरुमा भेटीदा रहेछन्‍ । साथ साथै चाडै नै मेटिदो पनि रहेछ । मेरो पनि यहि मात्रामा केहि विर्सन नसकिने गरी घटनाहरु घटे धेरै साथीहरुले Blog update नगरेकोमा गुनासो पोखाउनु भयो । आफै नै सजिव न निर्जीव भै रहेको अवस्थामा मैलै Blog update गरि निर्जिव तुल्याउनै सकिन । यस्तै क्रममा हामो कैलाश दिदीको कुरोले भने निकै घत पारेर छाड्‍यो मनमा । उहाँ पनि कुनै समयमा blog बन्द गरी अरुको Blog मा लेख्ने सोच बनाउन भा थियो रे, जडित जीले उहाँलाई जिवित पार्ने खालको केहि शब्दहरु उपहार दिनु भयो रे फलस्वरुप दिदीको Blog आज हाम्रो साम' विविध ख'राकका साथ अगाडी छ । जडित जीकै शब्दहरु सापटी लीएर मलाइ उक्साउनु भयो साच्चै चित्त वुझ्यो । उहाले भन्नु भएको बेला त खासै केही भएन तर जब घर फर्किएर आए त्यहि कुराहरु मनमा खेल्न थाल्यो। मध्यरातमा काम गरी रहेको वेला पनि बारम्वार दिमागमा आउन थाल्यो साँच्चै अरुको घरमा गएर बेस्सरी रोएर के पाइन्छ र ? लौ जा यसै बाहानामा तब थाले मनका भावना कपिमा पोखाउन, जति बेला रात निकै छिप्पिइ सकेको थियो, बाहीर कार्तिके चिसोले सम्पूर्ण संसार कठांग्री रहेको थियो, यहि चिसोलाई भगाउन बुनी रहेको मखलरको धागो र काटालाई फाली मेरा हातले कलम समाउन पुग्यो अनि कोरीन थाले यसरी यिनै मनका बहहरुः

कुनै दिन बायोडाटा बनाउदैमा त कुनै दिन University को Form भर्दैमा विताइ दिए
कुनै दिन पासपोर्टको लाइनमा त कुनै दिन सभासद ज्युसँग भेट गर्दैमा विताइ दिए
कुनै दिन डा....संगको भेटमा त कुनै दिन Internet धाउनैमा विताइ दिए
कुनै दिन कसैको शुभकामना त कुनै दिन कसैको बधाइ लिदैमा विताइ दिए
कुनै दिन घरमा दशै त कुनै दिन काठमाडौमा तिहार मनाउदैमा विताइ दिए

जीन्दगीको रफ्तारलाई यसै गरी विताइ दिए

कुनै दिन ठुला वडा भनाउदाको फोन पतिक्षा गर्दैमा विताइ दिए
कुनै दिन फोन त कुनै दिन सबैलाई मेल गर्दैमा विताइ दिए
कुनै दिन बा, आमा संग त कुनै दिन साथी संगै विताइ दिए
कुनै दिन बाहिर पढन जादैछु भनि Interview दिदैमा विताइ दिए
कुनै दिन आफ्नै सपना टुटेको खवर संकलन गर्दैमा विताइ दिए
कुनै दिन आफ्नै भाग्य र कर्मलाई दोष दिदैमा विताइ दिए
यसै गरि जीन्दगीका चारपल मात्र हैन मेरा २ महिना नै विताइ दिए

Thursday, September 18, 2008

प्रदुसित धुवा र मेरो परिवारको हरेक साँझ

स्वास्थ्य नै मानवको सबै भन्दा ठुलो धन हो तर आजका युवाहरुमा खासै आफ्नो स्वास्थ्यको चिन्ता देखिन्न । हुनत अरुको स्वास्थ्यको विषयमा मलाइ के को खस खस भन्नु होला तर विषय मेरो आफ्नो स्वास्थ्य सँग पनि सम्बन्धित छ । नेपाल एक आफ्नो देशको जनताको स्वास्थ्यको बारेमा चिन्तालिने देश भनेर पनि चिनिन्छ । तर पनि नेपाली जनता विश्वमा सबै भन्दा कम्ति प्रतिब्यक्ति पौष्टिक आहार उपभोग गर्नेहरु भध्ये पर्दछन। विचित्रको कुरो त के छ भने स्वास्थ्यका लाग हानकरक चित्र धुम्रपान भन्ने कुरा संसारले स्विकारे पनि चुरोटको उत्पादन गर्न र सेवन गर्न पनि नेपाली सरकारले नै उकासी रहेको देख्न सकिन्छ ।

खैर कुरो जति गर्‍यो उति लम्विने चिज हो अब प्रबेश गरौ विषय वस्तु प्रति म र मेरो परिवारका केही सदस्य सानै बाट धुम्रपान नगर्ने भए पनि बाल्यकाल बाटै चुरोटको धुवाको संसर्गमा हुर्कदै आएकी छु । गर्भवति हुनुहुदा मेरी आमाले पनि चुरोट निकै पिउनु हुन्थ्यो रे तर अहिले छोडी सक्नु भएको छ । म घरमा रहुन्जेल धुम्रपान चाही गर्दिन थिए तर धुम्रपान गर्ने मेरो वुवा संग संगै बसेर त् ख् हेर्ने गर्थे त्यसर्थ म लगाएत मेरो सम्पूर्ण परिवार अप्रत्यक्ष धुम्रपानेमा पर्न जान्थ्यौ । तर त्यसको मतलब अहिले चाही प्रत्यक्ष धुम्रपाने भएको चाही अवस्य होइन । त्यो वेला मैले बुवालाइ चुरोट त्याग्ने आग्रह गर्दा धुवा लागेको काठ कति वलियो हुन्छ तलाइ थाहा छ ? म पनि त्यस्तै बलियो हुन्छु भन्नु हुन्थ्यो तर त्यसको परिणम अहिले आएर विस्तारै देखिन थालिएको छ गजबले खोकी आउन थालेको अनुभव छ । अब घर छोडेर अन्तै डेरामा बस्दा त धुवाबाट टाढा होला भन्ने भ्रम थियो त्यो पनि कैलाश दिदिको भनाइ झै विन्दास डेरावालले हैरान्। प्रत्यक दिन साँझ ८ बजे पछि Ground Floreका दाइभाइहरुको धुम्रपानबाट निस्किएको प्रदुसित धुवा सिधै हाम्रो Flore मा आउने हुनाले मेरो सानो ५ वर्षकी बहिनी लगाएत मेरो परिवारका पाँचै सदस्य हैरान छौ ।
घर वा सार्वजनिक स्थलहरुमा धुम्रपान गर्ने यि मानीसहरुलाइ छुट्टै राख्ने ब्यवस्था नभएकाले तिनीहरुको संसर्गमा रहने हामी जस्तो पिडीतहरुले धुम्रपान नगरे पनि के नै जोगीयो र ?

धुम्रपान तथा मध्यपान बढि गरेको आरोपमा पहिलो महिना निकलिएका अनिशको परिवार भन्दा अहिले इन्जिनियरिङ्गका विद्यार्थी भनाउदा भाइहरुको धुम्रपान तथा होहल्लाको कारण प्रदुषत भएको वातावरणको कारण म र मेरो परिवारको हरेक साँझ धुम्रपान नगरे पनि धुम्रपान गरे सरहको परिणमबाट पिडित छौ ।धुम्रपानकै विषयमा केहि कटुता नबढेको पनि हैन ।शिक्षत ब्यक्तिहरुलाइ धुम्रपानबाट हुने खतराबारे भनि रहनु नपर्ने हो धेरै नेपालीहरुले मध्यपानलाइ गम्भिरता पुर्वक लिए पनि धुम्रपानलाइ खासै वास्तै गर्दैनन्। आजका युवाहरु त झन ओठमा दुध सुकेको हुन्न चुरोट उडाउदै हिड्‍छन । आजका युवाहरुमा त fashion नै भएको छ चुरोट तान्ने, चुरोट नपिउने र Social Drinks नगर्नेहरु त लाज हन्छ रे ।

धुम्रपान र ब्यक्ति वा पारिवारिक विनासका कुरा गर्ने मानिसहरु शिक्ष र पर्याप्त ज्ञानको अभावमा धुम्रपान र विग्रदो स्वास्थ्य विच सिधा सम्पर्क भएको बुझि दिएको भए म जस्ता लाखौ पिडितहरुको दैनिकी अलि सुखमय हुने थियो अझ भनौ मेरो जस्तो दैनिक दुर्गन्धित वा दुषत हावाको स्वास प्रस्वास लिइ हरेक साँझ गुजारा गर्नु पर्ने थिएन र निशुल्क धुवा सेवन नगरी स्वास्थ्यमा अलिकति भए पनि राहत महसुस गर्ने थिए होला

Monday, September 15, 2008

युवाहरुको लागी उपयुक्त फिल्म सानो संसार


विन्दास जीन्दगीमा रमेकी एउटी शहरीया शभ्रांन्त परिवारकी युवती र एक सोझो सीधा युवाको जीन्दगीको सेरोफेरोमा तयार पारिएको सानो संसार मेरो शनिबारे छुट्टीको लागी उपयुक्त छनौटमा परेको थियो । तर यो अबसर जुटाइ दिएकोमा मेरो एउटा साथी विशेष धन्यबादका पात्र बनेका छन्। ख्याल ख्यालमा उबिल बनाएर हेर्न दौडिएकी म लाइ शहरीया युवाहरुको परिवेशमा तयार भएको यो चलचित्रले प्राय फिल्म अबधि भर नै हसाइ रह्‍यो । उरन्ठेउला र नारीहरुको सम्मान गर्न नजान्ने शहरीया धनाढ्‍य परिवारको कुपुत्र संग love चक्करमा फसेकी एक उच्च ओहदामा रहेका प्रहरी अधिकत बुवाकी लाड्‍ली छोरी विचको Love tragedy बाट सरु भएको फिल्मले 2.30 घण्टा विताउन साह्रै गाह्रो पर्दैन । फिल्ममा कसैलार्इ आँखा चिम्लेर माया गर्दा पाइएको धोकाका कारण सबै केटाहरुलाइ हेर्ने दृष्टिकोण एउटै हुन्छ तर यो समाजमा सबै बद्‍मास र फटाहा मात्र नभइ रवि जस्तो सोझो सिधा युवाहरु पनि हुन्छन भन्ने विषय बस्तुलाइ निक्कै राम्ररी चित्रण गर्न सफल भएको छ । फिल्ममा color combination चाँही बडा गजबको छ । color combination मात्र नभइ scene हरु पनि निकै मन लोभ्याउने खालकै छन ।
जे होस शहरीया तलाइ केन्दि्रत गरी युवानिर्देशक आलोक नेम्वाङ्गको निर्देशनमा बनाइएको यो फिल्ममा अहिलेको युवा जमातमा बढेको chatting प्रकृया र प्रभावलाइ राम्रै सँग उतार्न सकेका छन भने आधा उमेर कटिसकेका प’रुषहरु पनि मध्यरातमा चोरी चोरी F TV हेरी मनोरञ्जन लिन्छन भन्ने कुरालाइ पनि समेत प्रमाणित गर्न भ्याएका छन

अन्य नेपाली फिल्ममा भन्दा sequence मिलाएरै गीतहरु पनि हालीएको हुदा खासै नराम्रो भन्न मिल्दैन . अरुले के भन्लान त्यो त मलाइ थाहा छैन तर केहि Music Video र यो फिल्म हेरेको आधारमा भन्नु पर्दा सफल निर्देशकको स्थान आलोक जीले सुरक्षित् राख्न सक्ने छ ।

यति हुदा हुदै पनि केहि कमजोरीहरु पनि छन जस्तै load shedding
को वेला desktop सँगै laptop पनि एकै चोटी बन्दहुनु , पोखरामा रहेका रीतुका बुवा अचानक रविलाइ समात्न मलेखु पुग्नु तर छोरि ले थाहै नपाउनु , अनि रीतु वेहोस अबस्थामा हुदा सोझो पनमै किन नहोस रविले रीतुले लगाइ रहेको paint खोली दिन सोझो के यो हाम्रो समाजमा यो पच्ने अबस्था आइ सकेकै हो त?

रीतुले अर्धनग्न शरिरमा पल्टिनु के यो Scene नहाली फिल्म बन्दै नबन्ने हो र?

तर जे होस कलाकारहरुको पहिलो नै चलचित्र भए पनि भुमिका बेजोड नै छ भन्दा खासै फरक नपर्ला । समग्रमा भन्नु पर्दा नेपाली चलचित्र उद्योगमा थप एउटा इटाको रुपमा यो फिल्म तयार भएको छ ।

Sunday, September 14, 2008

सुन्दर अनि शान्त लुम्बिनि तिर केही दिन घुम घाम का क्रम मा कैद गरेको केही तस्वीरहरु

माया देबी मन्दिर दुबोमा नटेक्ने चेतावनी सहितको notice

lotus garaden

chinese मन्दिर लुम्बिनी शान्तिदिप जर्मनी मन्दिर अगाडिको बुद्द मुर्ति




माया देबी मन्दिर पछडिको पिपल गाछि जर्मनी मन्दिर एक झलक
नेपालगन्जमा पाइने असलि कमलको फुल जर्मनी मन्दिर अगाडिको मुर्ति हरु

Tuesday, September 2, 2008

गल्ति

पूर्णिमाको रात , टहटह जुनको उज्यालोले चन्द्राको नशा नशामा आफ्नै प्रकारको अनुभुति दिलाइ रहेको थियो । जताततै बनावटी बस्तुहरु मानिसलाइ जिस्काइ रहेका थिए । जहातति मानिसहरुको भिड र होहल्लाबाट आज चन्द्रा टाढा थियो नितान्त टाढा विलकुल एकान्तमा, शहरको होहल्ला धुवाधुलो र भिडबाट धेरै टाढा उसको आफ्नै गँउमा, जहा कृतिमताको आभाष केहिमा हुन्न थियो न त त्यहा गाडीहरुको घार्रघुर्र आवाज, न त फोनको घण्टि, चकमन्न गाउँहरु बति नपुगेकोले बस्तीहरुमा सानो सानो धिपधिपे दियालो बलेको मात्र देखिन्थ्यो । वरपर निकै अध्यारो गाउँ,यसो नियालेर हेर्दा सातकोष पर जति मसिनो मिलिमिली बत्त बलेको धरान बजारको एउटा छेउ देखिन्थ्यो त्यहाबाट । त्यसैले आकाशमा जून पनि आज मस्ति सँग आफ्नो उज्यालो प्रकाशको शक्ति देखाउदै नाची रहेको थियो ।चन्द्रा बाहिर बरण्डामा उभिएर वरपरका सुनसान गाँउलाइ नियाली रहेकी थिइन् कतै कतै भ्वाङ भ्वाङ भोटे कुकुरको भुकाइ बाहेक पारी जगंलमा कोइलीको एकोहोरो कुहु कुहु आवाज सुनिन्थ्यो,राती कराउने किरिरिरि किराको आवाजले अलि कति सगिंतमय बनेको थियो वातावरण। अनि नजिकैको खोला बहदाको कलकल आवाज आहा कति सुनसान,कति एकान्त कति शान्त साच्चै मैले चाहेको र खोजेकै जस्तो शान्त वातावरण, यहा बसेर पढे ता सबै दिमागमा बस्छ होला मन मनै वात मार्छिन् अनि अलि परतिर पट्टिको झ्यालबाट निस्केर बार्दलिमा उभिन पुग्छन् एकटकले नजिकैको मुलबाटोलाइ निकै बेर हेर्छिन अनि खै मनमा केके सोचे जस्तो गरि जून तिर हेरेर मुसुक्क मुस्कुराउछिन्, निकै वर्ष भै सकेको रहेछ उनि त्यहा नपुगेकी पनि समय कति चाडो वित्दो रहेछ । हिजो अस्ति भरखर जस्तो लागेको थियो छोडेर बाबा ममि सँग काठमाण्डौ गएको त्यहाबाट फर्केर त्यो जन्मभुमिलाइ चुम्ने सौभाग्य उनलाइ मिलेको थिएन ।

Friday, August 29, 2008

मधेश डुबान मा मेरो यात्रा

यो साता भनौ महिना पनि रमाइलो मै बित्यो ।पाँच महिना पछि बाबा आमा सङ को भेट्ले मन् निकै प्रफुल्ल भयो तर देश् ले भोगि रक्हेको दैबि प्रकोप् को बिपत्ति ले भने निकै मन् चिन्तित् तुल्यायो। देशको बिसम् परिस्थिति नै भन्नु पर्ल दश बर्सको जनयुद्द पचि बल्ल सान्ति छायेको मौका पारि बेलायत् बाट नेपाल् आउनु भयको दाजु भाउजु सग घर् जाने जमर्को गरि तयार् परे मधेस् बन्दले बिजोग् नै बनायो फेरि बल्ल् खुल्यो पुर्ब बन्दले दश दिन् सम्म अनिस्चित् बसाइ फेरि थपियो। थोरै दिनको बिदामा घर आउनु भयको दाजु परिवार झन्नै बार्ह बर्स मा उन्यु फुलेको खोइ के को बासना भने झै भको थियो । अनिस्चित् पुर्ब बन्दको कारण झन्डै घरै नपुगि फर्कनु परेको थियो।
बल्ल तल्ल पुर्ब खुल्यो हतार् हतार मा प्लेन् टिकेट मिलाइयो त्यहा पनि ठगिन पर्यो र पनि घर जानु थियो गयौ एक बजेको time को flight भए पनि हामी १२ बजे नै पुग्यौ तर नेपालको प्लेनहरु भनेको समयमा उडान भर्न सक्यो भने त धन्न .............................समय सर्यो २ बजेको लागि
यहाँ को महान्गी एही हो तेस्माथि झन Airport दुईटा पाउरोटी को सानो पिस् Sanweech पनि 100rs, blackcoffee 35rs, recharch cardको बाहिर तिर लिने ५ रुपैयाँ त ५० मेरी बास्सै एस्तो पो त नयाँ नेपाल। बल्ल तल्ल २ बज्यो अब त उडाउला भनेको त के को फेरि पनि सर्यो झन् ३.केटा केटीले दुक्ख दिन थल्यो अब खेल्ने ठाउँ पनि सानो तेइ माथि नचिनेको नयाँ अनुहार धेरै के चाँहीयो र बच्चा लाई ? अब थाल्योउ Tv हेर्न तिर
यता प्रधान मन्त्री तथा भनौ न पहिलको कमरेड प्रचन्ड ज्युको सपथ TV मा देखाइ रहेको थियो । बल्ल तल्ल खेल्दै के गर्दै बित्यो त्यो समयए पनि बल्ल आयो हाम्रो नाम Buddha Air 710 brt...केही दिन को लागि Kathmandu लाई बाइ बाइ गरी हामी उडेउ
धन्न अरु ले भन्दा अलि थोरै समय मै land गराउने हुनाले समय हुँदै Biratnagar Airport,Gyan त्यहाँ दाई ले पर्खि रहनु भएको रहेछ समान हरु खाद खुद गरी Biratnagar को गर्मी लाई छाडेर घर तिर लाग्यौ
नेपालमा पेट्रोल को अभाव त सबै लाई थाहै छ धरान के कटेको थियो गाडीमा तेल् सकियो धन्न दाइले गिलेन् मा रखेर लनु भाको रहेछ अलि कति तेस्लै हालिओरि भेडेटारको उकालो लग्यौ।बल्ल अद्यारो को ८।३० तिर घर् पुग्यौ गफ् गाफ् पछि सुतेउ बिहान् को समाचार् आयो सुनसरि सप्तकोशिले डुबायो...phone, Mobile, Internet सबै ठप्प...
आफ्न्तहरु सँग को भेट्घाटका साथ एउटा सस्था सँग मिलेर केहि राहत् सन्कलन पनि गरेउ तर पुन अन्य आफन्त हरुकोमा जनु पर्ने हुनाले पुरा समय सथिहरुलाइ दिन सकिन TV News ले देखौन थाल्यो दर्दनाक मधेस् डुबान्, सबै सबै दुबेर बिजोग मनिषको बिचल्ली, प्रकृति पनि बेला बेला अन्धो हुदो रहेछ अरुले राहत सन्कलन गरेर दिएको ले कतिन्जेल खाने कतिलाई पुराउने? कहा बस्ने? आफन्त कहा छन्? आउने दिन् कसरि गुजरा चलाउने? नेपल् लाइ बर्सेनि किन दसा लागिरहेको छ?घर गएको पनि पाछौ दिन बिती सकेछ अब फेरी फर्कने बेला भयो आउँदा धरान को बास्, गर्मी मा पाक्दै सुत्यौ बिहान को खाना साना पछि पुन Airport प्रस्थान गर्यौ
हिंड्ने बेला समान छुतौने मेरो सानो देखि को बानिले यो साल पनि छोडेन, तयर् परि हिडेको मान्छे, तरहरा मा आइपुग्दा मात्र सामान छोडियेको थाहा भयो,अब परेन फसाद.... फर्कौ भने ढिलो हुन लागि सकेको छ नफर्कु त Important Documentहरु भको झोला, गाडि नै फर्काइ लिन गयौ mobile लागेको भय त त्यो समस्य समाधन् गर्न सकिने थियो,तर....
फेरी ....Airport मा पुगेउ हामी समयमा १.१५ बजेको Flight तर उडेउ २.१५ मा, ६ दिन अघिको त्यो सुन्दर कोशी नदी ६ दिन पछी फर्कदा धमिलो अनि जता ततै बगेको देख्दा TV Screen केही दिन अगाडि देखाएको त्यो दृस्य झल्झली आँखामा आयो. जस्को आँखा बोलिरहेको थिओ आवज थिएन, जस्को मन रोइ रहेको थिओ आखा होइन,बस् ........... त्यो अबस्थमा हामि ले गर्न सक्ने के ही थियन
Kathmandu मा land भयौ फेरि सुरु भयो Taxi को खिचा तानी यता र उता को तानातान ले झन्नै मेरो फेरी अर्को पनि ब्याग हरएको थियो,
नियम् कानुन् बिनाको नेपाल को अब्यबस्थित् स्थिति कैले सुद्रने होला??
अब कैले नेपाली जनता ले सुरक्षित महसुस् गर्न पाउने होला ?
कैले देखि नेपाली जनता को चेतना आउने होला ?

Saturday, August 16, 2008

दुइ टुक्रा

निश्चल आकाशमा उडुझै लाग्छ
धर्तिका ति फाटिला टारमा गुडुझै लाग्छ
थाहा छैन आजभोली खै किन हो कुन्नि
तिम्रो चोखो मायामा अलि कति चुडु झै लाग्छ

रात पनुको के अर्थ भो र
यदि विहानी हुदैन भने
शुरुवात गर्नुको के अर्थ भो र
यदि अन्त्य निश्चित छैन भने
बाचा गर्नुको के अर्थ भो र
जब विश्वास टुट्‍छ भने
साथ लाग्नुको के अर्थ भो र
यदि विचैमा साथ छुट्‍छ भने

मेरो एक महिना

मेरो व्लग अपडेट नभएको पनि करिव एक महिना हुन हुन लागेछ । यस विचमा म तपाइहरु विचबाट चटक्क टाढा रहेर आफ्नो कामका साथ देशलाइ पनि हेरि रहेकी थिए । यसै बारेमा केहि कोरु कोरु लाग्यो । व्लगकै लागी भए पनि कनिकथि दुई चार हरफ कोरी दिए ।

विगत बाह्र बर्षमा माओबाद समर्थक कमरेडहरु विद्रोहका बिगुल फुक्दै जगंलमा बसेर राजतन्त्रफाल्नका लागी दलबल,मुडेबल तथा ह्तहतियार सहित जुर्जमुराइ लागी परेर अगाडी आएको छ । एक प्रकारले सफल पनि भएको छ । जनताका छोरा छोरी कति मरे कति अन्धा अपाङ्ग भए कति टुहुरा टुहुरी भए त्यो त अलग पाटो छदैछ त्यसलाइ छुदै नछोउ। पुराना संरचना ध्वस्त पार्दै नया संरचना निर्माण गर्ने क्रममा नेपालको तीन सय वर्ष पुरानो जतन्त्रको जरै देखि उखेलेर फाली नया गणतन्त्र उदय गराइ छाडेको छ । हामीले यसलाइ नेपालीहरुको साहसीक कदम मान्नै पर्छ ।

सरुमा प्रजातन्त्र थियो देशमा, लोकतन्त्र आयो , गणतन्त्र पनि आयो रे । करोडौ नेपाली जनताहरु सडकमा उत्रिए, के महिला? के परुष? के वालबालिका? सम्पर्ण नेपाली एकजट भै गणतन्त्रीक नेपाललाइ स्वागत गरे । जताततै खसियाली छायो, जताततै उमंग छायो देशमा तीन दिन सम्म सार्वजनिक विदा दिइयो । सामै पिच्छे दिप जलाइयो । सविंधान सभाको चुनाव सकियो ।

यसै वेला राष्ट्रपतिको चुनाव भयो तीन जना रामहरुको प्रतिस्पर्धाले एक राम देशकै शर्वोच्च व्यत्ति मानिन पुग्यो भनौ न जनताका छोरा पहिलो पटक राष्ट्र पति बने, देशमा हर्सोल्लास मनाइयो । जनतामा आशाका दिप सल्किन थाल्यो । अबका आउने दिनमा शान्तिको महसस गर्न पाउने भयौ भन्नेमा विश्वस्त हुन थाल्यो ।व्यापारिहरु व्यापार बढाउने आशमा, विधार्थीहरु शैक्षिक संस्था सुचारु रुपले सञ्चालन हुन आशमा, सर्बसाधारण जनताहरु शान्ति आउने आशमा रमाउन थाले तर दुर्भाग्य दोश्रो ठुला व्यत्ति उपराष्ट्र पति जनताका छोरा छोरीले चुनेर कुर्सिमा पुर्‍याए, कुर्सिको मातले हो वा अहंकारले म विशुद नेपाली हु भन्दै झुसिलो डकार गर्दै हिन्दीभाषमा सपथ खाए ।

फेरी सडक वल्न थाल्यो



जताततै विरोधका आवाजहरु उठ्‍न थाले ओभरहेड बृज (आकाशे पुलमा पुतला झुन्डाइयो र जल्यो पनि



तर पनि सरकार निरिह बनेर चुपचाप मुखमा गम चपाउदै बस्न बाध्य छन्। जताततै अत्याचारले सिमा नाघिसके । दिनडहाडै बस लुटिन थाले । दिनडहाडै जनताका छोराछोरी अपहरणमा पर्न थाले । जताततै अशान्ति, अशुरक्ष र त्रासले गर्दा धर्ना र अनसन आवश्यक मानिन थाले । मानिसहरु मरिन र मारिन दैनिकी बन्न थाले जहा जसले जे गरे पनि हुने जे बोल्न पनि हुने भयो हुनत कानुन विनाको देशमा यो भन्दा बढि हामिले के आशा राख्ने?

दश बर्षसम्म अशुरक्षका कारण घरसम्म पुग्न नसकेका छोराछोरी आमा बाब भेट्‍न जादाजादै गरेको आधा बाटैमा रोकिएको बेला कस्तो हालत भएको होला ? उता घरमा छोराछेरी, नातानातीनीको मुहार हेर्ने धोकोले विछ्‍याइएका आखाहरु उठाउन नपाइ पर्खीरहनु पर्दा कस्तो भएको होला रुहप्तौ देखिको बन्दले उत्पादित बस्तु विक्री गर्न नपाइ कुहिएर जादा के हालत भएको होला? महंगीले डाँडा काटेको बेला बिकट र कस्टकर जीवन यापन गर्न‘ पर्दाको पिडा उनिहरु बाहेक कसले बुभेको होला ?तर यि भातमारा नेताहरुलाइ के थाहा यी यावत कुराका ? आफै आफै कर्सिमा लडाइ गर्दै व्यस्त रहेका छन्। देशमा गणतन्त्रै आए पनि व्यवहारमा छैन। सोचमा भएता पनि काममा छैन भनौ न बाहिरी बोटलको रुप फेरीए पनि भित्री रक्सि उहि नै छ धन्य गणतन्त्र ।

तर अलिकति फेरी पनि आश गर्ने वाटो हाम्रो सामु खुलेको छ। किन की जनादेशलाइ पालना गर्ने,केहि बर्षमै नेपाललाइ स्वीजरल्याण्ड बनाइ दिने हाम्रा कमरेड ज्युको काधमा सरकारी दायित्व हिजो देखि बढेको छ । सरकार चुनाव सकिएको महिनामा बल्ल एउटा प्रधानमन्त्रि चयन गर्न सफल भएको छ । जे होस ढिलै सहि व्यत्ति चाहि च’निएको छ । म बिदेशिन नसक्ने एक पिडित भए पनि चाडै नै विदेशी स्वरुप नेपालमै देख्न पाउने नया सपना देखि ढुक्क छु। ए साच्चै हाम्रो कमरेड प्रचण्ड ज्यूलाइ नया जिम्मेवारी अनि नया नेपालको प्रथम राष्ट्रपति नवनेता पनि प्रथम प्रधानमन्त्रि बननु भएकोमा नया नेपालको गणतान्त्रिक बधाइ ।।

Friday, August 1, 2008

आँखा

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन त्यसैले म घृणा गर्थे म उनलाइ । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलार्इ खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन। त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।

Sunday, July 27, 2008

हुर्रा नाच


मगर समाजमा विशेष गरि नाचिने नाचहरु मध्ये कौडा, सोरठी, घाटु, कडुवा, पैसेरु, मारुनी, हुर्रा आदी आदी भएतापनि पुवली मगरहरुको गहनाको रुपमा हुर्रालाइ लिन सकिन्छ । यो एउटा सामुहिक नत्य हो । कार्तिक महिनाको काकआसीको भोलिपल्ट देखि पूणमा सम्म लगातार १५ दिन नाचिने गरिन्छ । यो नाच देउसी भैलो खेल्दा खेल्दै सुरु भएता पनि हाल पुवर्ली मगरहरु माझ छुट्टै संस्कतिको रुपमा स्थापित भैसकेको छ । यहा तिहारमा देउसी भैलोको अवसर पारेर हुर्रा नाच्ने गरिन्छ । यसलाइ स्थानिय भाषमा भैलो खेल्नु भनिन्छ । टोलभरि के महिला, के बुढापाका, के केटाकेटी सम्पूर्ण मिलेर खेलिने यो हुर्रानाचबाट उठेको रकमले सुगुर, रक्सि, आदी विभिन्न खाने कुरा किनेर पछि कुनै एक दिन निश्चित गरि भैलोभोज मनाउने गर्दछन। भैलो भोजमा उपस्थित हुन नसक्नेहरुको घरै गएर भाग पुर्‍याइ दिने प्रचलन छ । यो हुर्रा नाच तिहारको अवसरमा मात्र नखेली अन्नवाली भियाउने समय कुलपुजा, छेवर, पास्नी, तथा विवाह जस्ता शुभकार्यमा पनि ठूलो संख्यामा युवा युवती भेला भै नाच्ने गरिन्छ । तर यस्तो बेलामा चाही दान दक्षण दिदैंनन मात्र मनोरञ्जन माया प्रीतिका कुरा साटासाट गन गर्दछन।

Monday, July 14, 2008

मान्छेहरु

आज मन मस्तिस्कैबाट अफिसको काम गर्ने जाँगर हराएर आएकोले व्लग तिरै आँखा दौडाए । व्लगमा के गर्ने त? सोचे कविताको पालो आए जस्तो छ ,तर कस्तो कविता हाल्ने त? सोच्दासोच्दै दैनिक पत्रिकाहरुमा प्रकाशित समाचारहरु सँग मिल्ने आफ्नै कविता सँग्रहको एउटा कविताको याद आयो, लौजा एउटा आफ्नै कविता सँग्रहको कविता हाली दिए समय सान्दर्भिक छ या छैन थाहा छैन अनि यो कविता भन्न मिल्छ वा मिल्दैन त्यो पनि थाहा छैन । त्यसैले यो छुट्‍याउने काम चै तपाइहरुलाइ नै जिम्मालाइ दिए

आज भोली मानिसहरु फेरी हास्न छाडेका छन्
किन हो कुन्नी कुराहरु मन मै राख्न थालेका छन्
हिमाल चढ्‍न चालिएका पाइलाहरु शिखरमा कहिल्यै नपुग्ने भएका छन्
आफैले हिड्‍न थालेका बाटाहरु आफैले विर्सन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

एउटा लक्ष लिएर बाटो लागेकाहरु लक्षमा पुग्न छाडेका छन्
थालिएका काम पनि अधुरो अधरै छाड्‍न थालेका छन्
देश बनाउछु भनि लागेका नेताहरु देशै छाडी भाग्न थालेका छन्
धिकार दिलाउन लागेकाहरु आफै घर भत्काउन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

मानवताको अर्थ नबुभी रहरहरुको लहर बोकी दौडन थालेकाहरु
आफुले गर्न सक्नेकामहरु पनि विचैमा छाड्‍न थालेका छन्
आफ्नै स्वार्थ पुरा गर्ने मात्र ध्येय राखी अरुलाइ कन्याउन थालेका छन्
न्‍षड्‍यन्त्रको जालो बुनि सुन्दर सपनाको पालुवा भाच्न थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्

जन्मने वितिकै थालिएका कामहरु अनि आफ्नै कर्तव्य विर्सेर
जो पनि अरुलाइ भाजोहाल्न मात्र सिक्न थालेका छन्
एक पटक एकतान्त्रिय तानाशाहिको गन्ध फैलाउन खोजेका छन्
आफ्नै गाउँघर बनाउछु भनि लागेकाहरु आफ्नै पेट भर्न लागेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
मान्छे माथि मान्छेको भिडमा आफै आफै हराउन थालेका छन्

Sunday, July 13, 2008

घुमघाम

विविध कारणले गर्दा ब्लग अपडेट गर्न पाइ रहेकी थिइन । आज धेरै दिन पछि अपडेट गर्न कम्प्युटरमा बसे । तर खासै ब्लगमा हाल्ने सामग्री त जुटाउनै सकिन अनि यसो सोच बनाए कहिले काही त पुराना तस्बिरलाइ पनि सदुपयोग गरौ । यसो पुरानो खिचेको केहि तस्बिरहरु वल्टाइ पल्टाइ गरी यहा राखीदिए
घुमघाम गर्न चाहनु हुने साथीहरुलाइ यो सुन्दर स्थलहरुले भरिपूर्ण धनकुटा पनि एउटा राम्रो गन्तव्य बन्न सक्छ । यहाँ धेरै नै राम्रा ठाउँहरु छन जिल्लामा रहेका केही घुम्नै पर्ने ठाउँहरु तपाइहरुको सामु पस्केको छु एक चोटी यतै जाउँ न त? म तपाइहरुलाइ एउटा सुन्दर ठाउँ लैजान्छु एक छिनसगँ यात्रा गरौ न है ?तपाइहरु जहाँ हुनुहुन्छ त्यहिबाट सिधै धनकुटा,हिले सम्मको रात्री बस उपलब्ध छ । हैन त्यसरी रात्रीवसमा जान सकिन्न भने पनि केहि छैन तपाइ धरान सम्मको (दिवा तथा रात्री) बसमा जान सक्नु हुन्छ । जादा धरान नै पनि एउटा राम्रो गन्तव्य बन्न सक्छ । या एउटा नेपालकै सुन्दर नगरी हो । जहाँ तपाइको १२ घण्टाको बसको यात्राले थकित मन पनि त्यसै फुरुङ्ग बनाइ दिन्छ । अब जाउ धरानबाट १६ कि.मी. उकालो.... यो धरानको उत्तर समुद्रसतहवाट १४२० मी. को उचाइमा पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर ठाउँ जुन भेडेटार बजारको नामले परिचित छ । यसलाइ म पुर्वको नगरकोट भन्न रुचाउछु। चिसो ठाउँ,स्वच्छ वातावरण,नागबेली सडक तथा मनमोहक दृष्यहरु यहाँका प्रमुख आर्कषण हुन। यी एक चोटी नजर लगाउनुस त यहाँ । छैनत सुन्दर ?
यो धनकुटा जिल्लाको दक्षिणी प्रवेशर पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ । भेडेटारबाट ओरालो र उकाला करीब १० वटा जति नागबेली घुम्तीहरु काटेर धनकुटा पुगिन्छ ।
हजुर यी माथीका डाडाँहरु धनकुटा बजारको एक भलकहरु हुन् । अब यो धनकुटा नगरपालिका स्थीत धनकुटा बजार छोडेर हामी फेरी उकालै लागौ । धनकुटा बजारको बसपार्कबाट करिब १२ कि.मि. अगाडी लगभग भेडेटार जतिकै चिसो ठाउँमा पुग्न सकिन्छ जसको नाम हो हिले । यो समुद्रसतहबाट करीब १९५० मीटर उचाइमा अवस्थित छ । यस हिलेबजार धनकुटा नगरपालिका वडा नं. १ मा अवस्थीत परदछ । कोशी राजमार्गमा पने हिले बजारबाट अघि बढेर तेह्रथुम, संखुवासभा तफ गएको छ भने भोजपुर तथा तुम्लिङ्गटार तफ जाने सडक पनि यहाँबाटै छुट्टिएको छ । हिले एक सानो पहाडी बजार हो । हिले एउटा व्यापारीक केन्द्र पनि हो । यहाँको तोङ्गवा र सुकुटी निकै प्रसिद छ । यदि तपाइहरुले पनि यहाँ पुगेर यहाको सुकुटी अनि तोङ्गवाको स्वाद लिनु भएन भने तपाइले जीवनमै निकै महत्वपूर्ण कुरा मिस गर्नु हुनेछ । यहाँ पर्यटकहरुकालागि सुविधाजनक होटल, लजहरु उपलव्ध छन। वर्षभरी चिसो हावापानी रहने हुनाले हिलेमा पनि चिसो वातावरणमा रमाउन चाहने मानिसहरु वर्ष भरी नै आइरहन्छन त्यसैले त तपाइहरुलाइ पनि सगैँ लान लागीरा छु नी ।







अव वाया तफको तेह्रथुम जाने बाटो छोडेर दाया तफ मोडौ अनि करिब १२ कि.मि. अगाडी बढौ त अब................. एक पटक यो भित्तालाइ पनि नियाल्ने कि त ????
हजुर यो हो पाखि्रबास, यी भित्ताहरु सदैव तपाइहरुको स्वागतमा हासी रहेको हुनेछ । मैले आज लैजान खोजेको ठाउँ पनि यहि सम्म हो, यो घुम्न जानेहरुको लागी उपयुत्त गन्तव्य स्थल । यी रङ्गिन भित्ताहरु आफै पनि मनमोहक छ यो एउटा कृषी अध्ययन अनुसन्धान केन्द्र पनि हो । यहाँ भित्र तपाइहरुले विभिन्न प्रकारका बनस्पति तथा जनावरहरु पनि नियाल्न सक्नु हुन्छ भने यहा विभिन्न किसिमका बोट विरुवा निसुल्क वा ससुल्क प्राप्त गर्न सकिन्छ । नीकै वष देखि यो क्षेत्र एउटा रमाइलो पारिवारिक पिकनिक स्पटका रुपमा पनि विकसित हुदै आएको छ । यहाबाट अगाडी गयौ भने अरुण पुग्न नि सकिन्छ तर यात्रा यहि विसर्जन गरौ । कस्तो लाग्यो त यो पहाडी यात्रा?एक चोटी जानेकी त यहा सम्म ?

Monday, June 30, 2008

गम्भीरमान

पूर्णिमाको रात कटेर बिहानीको सुर्योदय हुनै लागेको छ। डाँडामाथी गोलो तर मधुरो चन्द्रमा अस्ताउनै लागेको छ। उता गभिंरमानको जीवनले पनि उस्तै गति र मोड लिएको छ। अर्धाङ्गीनी कमला भित्री कोठामा कुम्लो कुटौरो तयार पारीरहेकी छिन्। उता छोरा पवन र बुहारी हेमा पनि गह्रौँ मन बनाएर आफ्नो पूर्खा देखिको सुख भोग गरेर बसेको घर छाडी अन्तै कतै सुकुम्वासी हुन जान तयारी हुदैछन्। नाती हिमाल भने अहिले सम्म मस्त निन्द्रामै छन्। हेमाले उठाउदा पनि रिसाउदै, झर्कदै बालापन प्रर्दशन गरिरहेका छन् उनी। उसो त गभिंरमानको मन आज वास्तवमै अति गभिंर बनेको छ। छितिजबाट अस्ताउन लागेको चन्द्रमालाई एकटकले हेर्दै मनभरिका कुन्ठाहरु केलाउनमा मस्त छन् । यो चन्द्रमा त आजै, अहिलेनै यसैबेला अस्ताउन लागी रहेछ, एकछिनमा अस्ताएर जानेछ पनि। तर फेरि एकैछिनमा सुर्यको नौलो किरण सगैं अर्कै सुनौलो विहानीको आगमन हुनेछ। त्यो विहानीले नयाँ दिन, नयाँ जोस जाँगर, नयाँ उमंग, नयाँ संसार लिएर आउने छ तर... म चाँहि आज यतिकै सधैको लागी अस्ताउने नै भँए त? मेरो आफ्नो अस्तित्व केही छैन? अझै मनका कुना कन्दरामा दुखेका घाउहरु चर्‍याउन थाल्छ र थचक्क भुर्इमा बस्न पुगे। पुर्पूरोमा हात पूराउदै फेरी सोच मग्न देखियो।

Tuesday, June 24, 2008

बागमति नदी


विगत एक हप्ता देखिको लगातारको वर्षाले बल्ल बागमति नदी नदी जस्तो देखिएको छ । बर्ष भरि गन्ध सहितको कालो लेदो मात्र बग्ने यो वागमति अब भने नदिको रुपमा पानी सहित बग्न थालेको छ । धमिलो पानी सहित वरिपरिको छाया पनि देखिन थालेकोले अब भने पक्कै वर्षा याम लागेछ भन्ने भान मलाई पनि भएको छ ।

अब्यवस्थित यु एन पार्क



तपाईहरुले कुनै पनि पार्कमा अब्यवस्थित वस्तिहरु देख्नु भएको छ ? छैन भने आउनुस् यो हो थापाथली पुल नजिकैको यु एन पार्क, जहा अन्य पार्कमा जस्तो सफा वातावरण र फुलका बोटहरु नभै अव्यसस्थीत झुप्राझुप्रिहरु सहितको सुकुम्वासी वस्तिमात्र देख्न सकिन्छ । मलाई लाग्छ यो नया नेपालको नया रुप हो, नया पार्क अनि नया बस्ति । धेरै दिन देखि एउटा कुराले मनमा खटपट पैदा गरि राखेको थियो, लाग्छ यो फोटो हेरी सके पछि केही कौतुहलता तपाईमा पनि जन्मिने छ । एक दिन रमेश दाई र म घर फर्कदै थियौ, मेरो मनको खटपट उहाँलाई पनि सुनाए, दाईले 'हैन यो कुरा हामी मात्र गर्ने की अरुलाई पनि सुनाउने त?' भन्नु भयो, अरुलाई सुनाउने उपाय त म सगँ केहि थिएन तर रमेश दाईले यो फोटो खिचि दिनु भएको कारण सधन्यबाद यहाहरु माझ प्रस्तुत गर्ने जमर्को गर्दैछु । कस्तो लाग्यो त यो नया पार्क??

Tuesday, June 10, 2008

सुन्दर प्रकृतिको छटा उत्तरपानी

उत्तरपानीस्थित प्राविधिक शिक्षालय ।

उत्तरपानीको मुख्य बजार (हिजलेबजारबाट छिन्ताङतर्फ जाँने बाटो)

धनकुटा एउटा प्राकतिक सुन्दरताले धनी ठाँउ हो भन्दा खासै फरक नपर्ला, जिल्ला भित्र रहेका भेडेटार, हिले, कुवापानी, पाख्रीवास नाम नसुन्ने ब्यक्तिहरु कमै पान्छन्। तसर्थ अझ यसलाई केलाएर हेर्दा अन्य ठाँउहरु पनि हामी पर्यटकीय क्षेत्रको रुपमा पाउन सक्छौ। यसै जिल्ला भित्र पर्दछ सुन्दर ठाउँ उत्तरपानी जुन जिल्लाको चुङवाङ गा.वि.स. अन्तगर्त पर्दछ। तर यो सतही रुपमा लाम्चो आकारले बगेर रहेको वस्तीको कारण भौगोलीक विभाजन गर्ने क्रममा आधा पाटो बेलहारा गा.वि.स. र आधा पाटो चुङवाङले समेटेको छ। उत्तरपानी सदर मुकामबाट १८ कि.मी. गाडीको यात्रा तय तरे पछि पुग्न सकिन्छ। यहाँबाट उत्तर तिर मकालु हिमाल र दक्षिणतिर धनकुटा बजारको मनमोहक दृष्यलाई नियाल्न सकिन्छ। यो एउटा पहाडी क्षेत्रको रमणीय स्थल भएको हुनाले यहाँ पुगेका जो कोही व्यक्ति पनि एक छिन आफ्नो पीरव्यथा भुलेर त्यहाँ रहेको प्रकृतिको सुन्दरतासँगै हराउन पुग्छन्। लाग्छ त्यहाँ पुग्दा जो कोहीलाई कि ति लम्पसार परेर रहेका माछापोखरी, वरीपरी डाडाँमा लहरै उभिएका सल्लाका बोटहरु अनि छेउमा अनि छेउमा रहेको दुर्गा मन्दिरले आगन्तुकहरुलाई स्वागत गरिरहेको भान हुन्छ। अझ प्राविधिक शिक्षालय परिसरमा रहेको हेलिप्याडमा पुगेर सबै ठाउँ नियाल्न पाउँदा त स्वर्गको टुक्रा नै खसेको रहेछ भन्ने अनुभूति हुन्छ। त्यहाँ वरिपरि रहेका चियाको बुट्टा लहरै सजिएर रहेका ति सल्लाका रुखहरुले जो कोहिलाई सँगै बसेर फोटो खिचौं है भनि रहेको भान हुन्छ।

पर्यटकिय दृष्टिले पूर्वाञ्चलकै एउटा रमणीय ठाँउ उत्तरपानी पिकनिक स्पोर्टको रुपमा वर्षौदेखि विकसित हुदै आएको छ। धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारबाट १३ कि.मि.को सडक यात्रा पछि हिले बजार, हिले बजारबाट फेरि ५ कि.मि. पश्चिमतिर सडक यात्राको तय पश्चात सजिलै पुग्न सकिन्छ। विशेष गरी वर्षायाममा बाटोको कठिनाईले हिलेबाट सवारी साधन नपाइने हुनाले २०-२५ मि.को पैदल यात्रापछि पनि त्यस ठाँउमा पुग्न सकिन्छ। ति १८ कि.मि. को बिचबिचमा पाइने चियाको बगान, डाँडाकाँडाले पनि उत्तिकै मन आकर्षित पारेको हुन्छ। अझ ति चिया बगानमा लहरै बसेर चियाका कलिलो मूना टिप्दै गरेको दृष्यहरुले नव आगन्तुक पाहुनाहरुको मन सजिलै जित्न सकिन्छ।

यसलाई पर्यटकीय क्षेत्र मात्र नभै अन्य क्षेत्रले पनि महत्वपूर्ण स्थलको रुपमा लिन सकिन्छ। पहाडी क्षेत्रको सानो गाँउ नै भएतापनि यहाँ यातायात, सञ्चार, शिक्षा क्षेत्रले सुविधा युक्त नै छ। यहाँ बोर्डिङ्ग, अपाङ्ग स्कूल, टेक्निकल स्कूल, प्राविधिक शिक्षालय पनि रहेको छ। जहाँ जे.टि.ए. र जे.टि. दुईवटा कोर्षको पढाई हुन्छ। यी विषय पढ्‍नका लागि नेपाल गणराज्यभरिका विद्यार्थीहरु एक ठाउँमा जम्मा भएको पाइन्छ। यस मध्ये शिक्षालयमा २ वटा विषय कृषि र पशुसम्बन्धि अध्ययन अध्यापन गरिन्छ। यहा दशकक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई दुई वर्षे कोर्ष र एस.एल.सी उत्तीर्ण गरिसकेकाहरुका लागि एक वर्ष छुट्टाछुट्टै कोर्षहरु छन्। यहाँ अध्ययन गर्न आउने विद्यार्थीको सहुलियतको लागि छात्रावासको पनि छुट्टाछुट्टै व्यवस्था छ। छात्रवास अगाडी ४ वटा ठूला ठूला पोखरीहरु छन् जहाँ विभिन्न जातका माछाहरु पालिएका छन्। ति पोखरीलाई अझ सुन्दर बनाउन वरिपरि विभिन्न जातको गुलाफका फूल रोपेर सिंगारिएका छन् पोखरीको विचबाट छात्रावास तथा कर्मचारी आवास आवत जावत गर्ने बाटो बनाईएको छ। मानिसको आवतजावतमा माछाहरु एक आपसमा साउती गरिरहेका झै दृष्यहरु देख्न सकिन्छ। कृषि र पशु दुवै क्षेत्रको अध्ययन अनुसन्धान उत्तरपानीमा हुने हुनाले वारिपारिका गाउँका किसानहरु निकै आभान्वित भएका छन्। गाइवस्तुलाई कुनै प्रकारको रोगलागेमा वा अन्य कृषिसम्बन्धि नयाँ जानकारी चाहिएमा उनीहरुलाई नयाँ नयाँ खेती गर्ने प्रविधि वा नयाँ विउ विजनको जानकारी लिन धेरै सजिलो परेको छ।

पर्यटकीय हिसाबले पनि यो उत्तिकै महत्वपूर्ण छ। यहाँबाट दक्षिणतिर झरेको अरुण नदिको दृष्य र पूर्व दक्षिण हुदै सप्तकोशीसम्म मिसिन पुगेको तमोर नदीको नागबेली दृष्यहरु उत्तिकै मनमोहक छ। मकालु हिमालको न्यानो काख साथै पश्चिमी क्षितिजमा देखिने ट्‍याम्के डाँडो, अझ हिउँद महिनातिर डाँडै ढाक्ने हिउको सेताम्मे दृष्य, भोजपुरको ति भिरालो पाखामा अवस्थित घोरेटार बजार र नजिकै रहेको थामडाँडा तथा त्रिसुले डाँडा, पाख्रीवासको रङ्गिचङ्गि भित्ताभरि टाँसिएको घरहरु अलि तल देखिने ति मुगाफाँटलाई पनि सजिलै अवलोकन गर्न सकिन्छ। यहिबाट पूर्वतिर देखिने कुवापानीको चियाबगान, तल देखिने नागबेली सडक र लहरै रहेको धनकुटा बजार पनि उत्तिकै मनमोहक छन्। छिमेकी गाउँहरु खोकु, छिन्ताङ्गका खाद्यान्नका ढुवानी गरी रहेका भरियाहरुको ताँती, मौसम अनुसारको फलफुल बेच्न बाह्रैमास त्यही उत्तरपानी भएर जाने गर्दछन्। यहाँ मौसम अनुसारको फलफुलको स्वाद न्यूनतम मूल्यमै लिन सकिन्छ जस्तै आँप, केरा, लिच्चि तथा नेपालमै विख्यात खोकुको सुन्तला यही बाटो भएर बेचबिखनको लागी हिले तथा अन्य बजार लाने हुदा यहाँ पनि सुफत मुल्यमा किन्न पाइन्छ। यहिबाटो भएर धनकुटाकै चर्चित मन्दिर छिन्ताङ्ग देवीथानसम्म पुग्न सकिन्छ। यहाँ विशेषगरी तामाङ्गहरुको बस्तिको बाहुल्यता पाइन्छ। तर मिश्रित बसोबास भएका कारण राई, लिम्बू, मगर, नेवार, ब्राम्हण, क्षेत्री तथा अन्य दलितहरुको पनि बसोवास पाइन्छ। विकासको हिसाबले सुस्त रुपमा अघि बढिरहेको यो स्थान अहिले देशको विषम परिस्थितिका कारण बसाई सर्ने क्रमले दिनानुदिन शहरीकरणतर्फ उन्मुख भइरहेको छ तर यसलाई संरक्षण र सम्बर्द्धन गर्नका निमित्त शहरीकरणले मात्र पुग्दैन। यस क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने हो भने सडक कालोपत्रे गर्नु, दैनिक दिवा तथा रात्री (काठमाडौं सम्म) थप बस सेवा सञ्चालन गर्नु तथा त्यहाँ रहेका केही होटल तथा लजको संख्या बढाउनु नितान्त आवश्यक देखिन्छ। जसले गर्दा हामी चुङ्गवाङ्गबासीमात्र नभै सम्पूर्ण नव आगन्तुक पाहुना तथा त्यस क्षेत्र भएर टाढाटाढासम्म जाने यात्रीहरुलाई समेत लाभान्वित गर्ने गर्छ।